वीरेन्द्रनगर । राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको माग बिहिबार राजावादीहरुले ¥यालीसहित प्रर्दशन गरेका छन् । स्वतन्त्र नागरिक संघर्ष समिति नाममा राजावादीहरुले ¥यालीसहित प्रर्दशन गरेका हुन् ।
राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको आफ्नो माग भएको देशमा राजा विनाको राज्यको कल्पना गर्न नसकिने स्वतन्त्र नागरिक संघर्ष समितिका सदस्य प्रेम बिसीले जानकारी बताए ।
प्रर्दशनमा करिब पाँच हजार नागरिकको सहभागिता रहको स्वतन्त्र नागरिक संघर्ष समितिका सदस्य बिसीले बताए ।
हिन्दु राष्ट्र राज संस्था पुर्नस्थापना संघर्ष समिति सुर्खेत नामक ब्यानरमा भएको प्रदर्शनका सहभागीले पूर्वराजा ज्ञानेन्द्र शाहको तस्वीर अंकित प्लेकार्ड समेत बोकेका थिए ।
प्रदर्शनका सहभागीहरुले ‘राजा आऊ, देश बचाऊ’, ‘गणतन्त्र चाहिँदैन, देश बेच्न पाइँदैन’ जस्ता नारा पनि लगाएका थिए । उनीहरुले राजतन्त्र र हिन्दु राष्ट्र पुर्नस्थापनाको माग समेत गरेका थिए ।