Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

स्मार्ट सिटी व्यथाः जहाँ बिजुली आउने–जाने ठेगान छैन

By आयो रैबार संवाददाता१८ मंसिर २०७७, बिहीबार १३:१६
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email


जुम्ला ः नेपाल विद्युत प्राधिकरण जुम्ला शाखाले बिजुली नियमित प्रवाह नगरेपछि जुम्लावासी आक्रोशित बनेका छन् । एक सातासम्म पनि जुम्ला खलंगा अन्धकारमा बस्दा विकल्प खोज्न नसक्ने विद्युत प्राधिकरणको शाखा जुम्लामा बस्नुको औचित्य नरहेको उनीहरूले बताएका छन् ।
जिल्ला प्रशासनमा भएको सर्वपक्षीय छलफलमा प्राधिकरणले जसरी पनि जुम्लामा बिजुली नियमित गर्नुपर्ने माग राखेका हुन् । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले जेनेरेटरबाट भएपनि जुम्लावासीलाई बत्ती दिनुपर्ने बताए । उनले भने, ‘विद्युतगृहको मेसिन बिग्रेपनि दुईवटा डिजेल प्लान्टबाट विद्युत आपुर्ति गर्नुस या नियमित बत्ति दिनुस् । नसक्ने भए कार्यालय बन्द गरेर फिर्ता जानुहोस्, हामी अन्धकारमै बस्न सक्दैनौँ, विद्युत नियमित गर्न जुम्लावासी सधैँ साथ दिन तयार छौँ, तर काम गर्नुस् ।’
उनले सबै भीआइपी लाइन काटेर एकै प्रकारको विद्युत सेवा दिन पनि आग्रह गरेका छन् । बजारमा विद्युतका कर्मचारीले तलब नपाउँदा विद्युत बन्द गरिएको हल्ला फैलिएको बताउँदै अध्यक्ष महतले भने, ‘भिआइपीको लाइन काट्नुस, कर्मचारीको आन्तरिक समस्याका कारण विद्युत बन्द गर्नुपर्ने अवस्था तत्काल बन्द गर्नुहोस् ।’
बिजुली अभावले सञ्चारमाध्यम प्रभावित
नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष बरमबहादुर महतले बिजुली अभावले यहाँस्थित सञ्चारमाध्यम प्रभावित भएको बताए ।
उनले भने, ‘पत्रपत्रिका प्रकाशन गर्न कठिन छ, रेडियो सबै बन्द हुने अवस्थामा पुगिसके, मोबाइलमा चार्ज नहुँदा निकै ठूलो समस्या छ, विद्युत प्राधिकरणले विकल्प दिनुपर्छ ।’
स्मार्ट सिटीको नारा दिएको नगरपालिका वर्षौंदेखि अन्धकार
स्मार्ट सिटीको नारा दिएर बनाइएको चन्दननाथ नगरपालिकामा बिजुली प्रवाहको अवस्था निकै दयनीय छ ।
जुम्ला विद्युत गृहमा रहेका दुई मेसिनबाट २ सय ४० किलोवाट विद्युत निस्कन्छ । तीन हजारभन्दा बढी ग्राहक छन् । २०४० सालमा स्थापना भएको विद्युतगृह जीर्ण हुँदै जाँदा पनि प्राधिकरणले कुनै विकल्प अघि सारेको छैन ।
प्रयोग भइरहेको तार पुरानो हुँदै जाँदा उत्पादन भएको विद्युत प्रवाह कम हुने समस्या भइरहेको नेपाल विद्युत प्राधिकरण जुम्ला शाखाका प्राविधिक प्रमुख हिमन्त शाहुले बताए ।
जुम्लाको गाउँतिर बत्ती झिलिमिली हुँदा बजार अँध्यारो हुनेगर्छ । सुक्ष्म तवरले अनुसन्धान गरी दीर्घकालिन रूपमा समस्या समाधान निम्ति पहल गर्न राजनीतिक दल र सरोकारवाला सबैलाई जुम्लावासीले आग्रह गरेका छन् ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

राष्ट्रियसभा बैठक बस्दै

१ जेष्ठ २०८२, बुधबार ०१:३६

कर्णाली प्रदेश सरकारकाे ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र

१ जेष्ठ २०८२, बुधबार ०१:२१

स्मार्ट कार्डको विकल्पमा रसिदमै फोटो र क्युआर

१ जेष्ठ २०८२, बुधबार ०१:१२
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति