सुर्खेत । सुर्खेतमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश अस्पताल सुर्खेतमा उपचाररत सुर्खेत चिङाड गाउँपालिका–५ का ७३ वर्षीया महिलाको मृत्यु भएको हो ।
शरिर सुन्निएको र सास फेर्न गाह्रो भएको अवस्थामा ती महिला प्रदेश अस्पतालमा पुस ६ गते भर्ना भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । ‘अस्पताल भर्ना भएपछि कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको थियो ।’ उनले भने,‘आइसियुमा भर्ना गरिएकी महिलाको बुधबार राती ८ बजे मृत्यु भएको छ ।’
कर्णालीमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृतकको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेत र नेपाली सेनाले शव व्यवस्थापन गर्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।