सुर्खेत । कोरोनाका कारणले सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ का ८२ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । असोज १५ गते बिरामी भएपछि अस्पताल भर्ना गरिएको र उपचारका क्रम बुधबार बेलुका ६ः३५ बजे मृत्यु भएको भेरी अस्पताल नेपालगंजले जनाएको छ ।
मृत्यु भएकी महिलामा लामो समयदेखि मधुमेहको बिरामी भएको कोरोना पोजेटिभ भएपछि सबै प्रकारका बिधिबाट उपचार गरिएको अस्पताल स्रोतले जनाएको छ ।
मृतक महिलाको शव व्यवस्थापन लागि बाँकेका प्रमुख जिल्ला अधिकारीले समन्वय गरिरहेका छन् ।