Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कृषि

अधिकारीचौर अर्थात् ‘तरकारी गाउँ’

By रासस१९ पुष २०७९, मंगलवार ०२:५८
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

ढोरपाटन। अधिकारीचौरगाउँ अर्थात् ‘तरकारी गाउँ’। गाउँभरी प्लास्टिकका टनेल। टनेलभित्र लटरम्म फलेका गोलभेँडा, फक्रिएका बन्दा र काउली। एकदशक अगाडिसम्म गहुँ, जौ, धान र मकै फल्ने अधिकारीचौरका खेतीयोग्य जमिनमा अहिले तरकारीखेती भइरहेका छन्। अहिले ती बारीमा सेताम्मे प्लास्टिका टनेल छन्। पहिले गहुँ, मकै उत्पादन गरे परिवार पाल्न गाह्रो हुने किसानलाई अहिले लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन्।

ढोरपाटन नगरपालिका-५ मा पर्ने अधिकारी चौर र नाथुरी गाउँका अधिकांश नागरिक तरकारी खेतीमा आबद्ध छन्। विसं २०७५ देखि गाउँलेले सुरु गरेको व्यावसायिक तरकारी खेतीले अहिले ठूलो रुप लिएको छ।

कृषकले तरकारी खेतीलाई विस्तार गरेपछि गाउँका बाँझो जमिन पनि प्रयोगमा आएका छन्। युवाले रोजगार पाएका छन्। गाउँमा दुई सय २० घर परिवार छन्। उनीहरू सबै तरकारी खेतीमै आबद्ध छन्। यहाँ प्लास्टिक टनेल नहालेको कुनै परिवार छैन। बुर्तिबाङ बजार नजिकै रहेको अधिकारीचौर तथा नाथुरी गाउँका अधिकांश नागरिक तरकारी खेती गर्दै आएका छन्।

बजारीकरणको समस्या नभएको हुँदा यहाँका कृषकले वार्षिक न्यूनतम एक लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको स्थानीय कृष्णलाल कँडेलले बताए। कँडेलले गाउँका स्थानीयमा उद्यम गर्नुपर्छ भन्ने सोँच विकास भएपछि अधिकारीचौर र नाथुरीगाउँ ‘तरकारी गाउँ’का रुपमा विकास भएको बताए। पछिल्लो समय यहाँ तरकारीखेती फस्टाउँदै गएपछि गाउँले नै यसतर्फ आकर्षित भएको उनी बताउँछन्।

‘गाउँलेलाई पहिले बारीमा उत्पादन भएको धान, मकै र गहुँले खान पुग्दैनथ्यो, अहिले यहाँका कोही पनि नागरिकलाई किनेर खानुपर्ने अवस्था छैन, सबैको बारीमा तरकारी फलेको छ, पैसा चाहिए एक डोका तरकारी बजारमा लगेर बेचे भइहाल्छ, केही होलान् गाउँमा तरकारी खेती नगरेका तिनीहरू पनि तरकारी खेतीमा जोडिँदै छन्’, कँडेलले भने, ‘अहिले यो गाउँमा टनेल नबनाएको घर नै छैन, तरकारी खेतीले दैनिकी फेरिएको छ।’

व्यावसायिक तरकारी खेतीले जीवनशैली नै बद्लिएको कँडेलको भनाइ छ। उनले आफूहरूले उत्पादन गरेको तरकारीले पनि राम्रो बजार पाएको भन्दै कृषक थप उत्साहित भएर लागेको बताए। तरकारी खेती गर्न कृषि ज्ञान केन्द्रले पनि राम्रो सहयोग गर्दै आएको उनी बताउँछन्। गाउँमा खाली जग्गामा पनि विस्तारै तरकारी खेती हुन थालेको कँडेलको भनाइ छ।

‘विगतमा यहाँका जनताको अवस्था कस्तो थियो, अहिले कस्तो भयो हामी चकित पर्छौँ, लगनशीलता र परिश्रमले जीवन फेरिँदोरहेछ, पहिले धेरै जसोले मजदूरी गरेरै जीविकोपार्जन गर्नुपथ्र्यो, अहिले आफ्नै बारीमा पैसा फलेको छ’, उनले भने, ‘बजारको समस्या छैन, गाउँमै मोटरबाटो आएको छ, त्यसले गर्दा व्यापारी बारीमै तरकारी खरिद गर्न आउँछन्।’

स्थानीय जनकराज पाण्डेले तरकारी खेतीबाट वार्षिक तीन लाख बढी आम्दानी गर्ने गरेको बताए। आफ्नो बारीमा ११ वटा अस्थायी एउटा स्थायी टनेल निर्माण गरेर तरकारी खेती गर्दै आएको पाण्डेलको भनाइ छ। कृषि ज्ञानकेन्द्र बागलुङले तीन लाख सहयोग गरेको भन्दै त्यसबाट तरकारी खेती विस्तारमा ठूलो राहत मिलेको उनी बताउँछन्।

पाण्डे भन्छन्, ‘मेरो तरकारी फार्म केही लेकमा पर्छ, टनेलमा खेती गर्दा राम्रै उत्पादन हुँदो रहेछ, मैले बाह्र वटा टनेलमा तरकारी खेती गरेको छु, वार्षिक तीन लाख आम्दानी हुने गरेको छ, गाउँमा अरु किसानले पनि राम्रो आम्दानी गर्नुभएको छ, पहिले यस्तो तरकारी खेती गर्ने चलन थिएन, मोटरबाटो आएपछि मात्रै यसरी व्यावसायिकरुपमा खेती हुन थालेको हो।’

कृषकले उत्पादन गरेको तरकारीले उचित मूल्य पाउन नसकेको पाण्डेले गुनासो गरे। उनले बजारको समस्या रहेको हुँदा व्यापारीले भनेकै मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहेको बताए। पाण्डेले हिउँदका समयमा तरकारी बजार पुर्‍याउन सहज भए पनि बर्खामा ठूलो समस्या पर्ने गरेको बताउँछन्।

‘यहाँ उत्पादन भएको तरकारी सबै बुर्तिबाङ बजारमा पुर्‍याउँछौँ, बजारमा भारतबाट आएका तरकारीले गर्दा हामीले उत्पादन गरेको तरकारी कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था छ, व्यापारीले भनेको मूल्यमा दिनुपर्ने अवस्था छ’, उनले भने, ‘खोलामा पुल छैन, बर्खाको समयमा डोकोमै बोकेर बजार पुर्‍याउनुपर्ने अवस्था छ, असार लाग्यो भने बाटो बन्द हुन्छ, असोज कात्तिकसम्म बोकेरै बजार पुर्‍याउनुपर्छ।’

स्थानीय शालिकराम कँडेलले तरकारी खेती गरेपछि आर्थिक समस्या भोग्नु नपरेको बताए। तरकारी खेतीबाट परिवार चलाउन सहज भएको बताए। उनले कृषि ज्ञान केन्द्रबाट चार लाख अनुदान प्राप्त भएको भन्दै त्यसबाट टेनल व्यवस्थापन गरी थप खेती विस्तार गरेको बताए। ज्ञान केन्द्रले सहयोग गरे पनि ढोरपाटन नगरपालिकाबाट अहिलेसम्म सहयोग प्राप्त नभएको उनको भनाइ छ।

कँडेल भन्छन्, ‘सिङ्गो गाउँ नै तरकारी खेतीमा लागेको छ, तर हामीलाई नजिकको सरकार (नगरपालिका)ले सहयोग गरेको छैन, किसानका थुप्रै समस्या छन्, केही सहयोगको अपेक्षा त हुँदो रहेछ तर भएन, तरकारी खेतीले सानो सानो रकम कसैलाई माग्न परेको छैन, परिवार सजिलैसँग चलाउन सकिएको छ।’

अधिकारी चौर र नाथुरी गाउँ तरकारी खेतीका लागि उर्वर भूमि रहेको हुँदा कृषक पनि सक्रिय भएर लागेका छन्। गाउँका सबै स्थानीय तरकारी खेतीमा आबद्ध हुँदा वार्षिक गाउँमा ५० लाख रुपैयाँभन्दा बढी भित्रिने गरेको छ। कृषकलाई समयसमयमा परामर्श, तालिम तथा आवश्यक अनुदानसमेत दिँदै आएको कृषि ज्ञानकेन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए।

उनले यहाँका कृषकले निकै मेहनतका साथ तरकारी खेती गरेको बताए। यहाँको माटो र वातावरण तरकारी खेती सुहाउँदो भएको हुँदा उत्पादन पनि राम्रो हुने गरेको भट्टराई बताउँछन्। कृषि ज्ञान केन्द्रले यहाँ तीन सयभन्दा बढी प्लास्टिक टनेल निर्माण गरिदिएको उनको भनाइ छ।

‘अधिकारीचौरका किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण प्रयोजनाअन्तर्गत व्यावसायिक कृषि उत्पादन केन्द्र तरकारी ब्लकबाट दुई वर्षमा ५० लाखको सहयोग गरिसकेका छौँ, यहाँका धेरै किसान तरकारी खेतीमा आबद्ध हुनुहुन्छ’, भट्टराईले भने, ‘उहाँहरू निकै मेहनतका साथ लाग्नुभएको छ, ज्ञान केन्द्रको सहयोगले उहाँहरूलाई ठूलो राहत पुगेको छ।’

Author

  • रासस

    राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

आजको मौसमः देशैभरी मेघगर्जनसहित बर्षा हुने

१४ असार २०८२, शनिबार १०:४१

प्रधानमन्त्री ओली आज साँझ स्पेन प्रस्थान गर्दै

१४ असार २०८२, शनिबार १०:३९

रिमेक गीत ‘काँटा लगा’ बाट चर्चित भएकी अभिनेत्री शेफालीको ४२ वर्षको उमेरमा निधन

१४ असार २०८२, शनिबार १०:३७
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति