Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
मुख्य समाचार

‘लाली गुराँस’को दोस्रो सम्बोधन अनु शर्मालाई

By आयो रैबार संवाददाता१२ श्रावण २०७८, मंगलवार १२:३५
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email


प्रिय अनु, खुशी लाग्यो – हामीले अपेक्षा गरेको मार्ग तर्फ नै तिम्रा सांगीतिक पाइलाहरु अघि बढेको देख्दा । वर्ष दिन अघि जनगायक जीवन शर्माको युटुव च्यानलबाट तिम्रो सुमधुर स्वरमा ‘सागर भेट्न जाँदैछ नदी’ गीत सुनेपछि तिमीलाई नै सम्बोधन गरेर केही पंक्ति कोरेको थिएँ । अहिले तिम्रो आफ्नै युटुव च्यानलबाट स्टुडियोमा रिर्कड गरिएको तिम्रो स्वरको पहिलो गीत “लाली गुराँस” आएको रहेछ । बरिष्ठ जनगायिका निलिमा पुनको शब्द र संगीत, आशिष अविरलको संगीत संयोजन, मनोज परियारको मिक्सिङ र तुलसी बास्कोटाको सम्पादनमा आएको सो गीत सुनिसकेपछि तिमीलाई नै सम्बोधन गरेर फेरि यी पंक्तिहरु कोर्न मन लाग्यो ।

May be an image of 1 person, hair, sitting and outerwear
अनु शर्मा

अनु, शुरु मै एक राष्ट्रिय भावको गीत स्वरांकन गरेर तिमीले जनपक्षीय सांगीतिक यात्रा तर्फ नै आफ्ना पाइलाहरु अघि बढेको प्रष्ट संकेत दिएकी छौ । यो जनसंगीत प्रति अभिरुचि राख्ने हामी सबैका लागि हर्षको विषय बनेको छ । शुरु मै जुन गीत तिमीले छनौट गरेकी छौ-त्यस गीतका शब्दहरु जति सरल देखिन्छन्, त्यसभित्रको भाव निकै ओझिला छन् । राष्ट्रप्रेमको गम्भीर भाव बोकेका छन् ती शब्दहरुले-
सँगसँगै हुर्कियौ हामी सँग सँगै रहौला
नेपालीकै सन्तान हामी नेपाली भै बाँचौला
लाली गुराँस फुल्यो बनैमा, सुनखरी फुल्यो पाखैमा
गीत गाउँ सँगै बसेर, सुनिरहुँ मिठो भाकैमा…..

प्रिय अनु, देश तिमी हाामी सबैको साझा घर हो । हामी त्यही घर भित्रका पारिवारिक सदस्य हौं । यो देश नेपाल जोगिन सक्यो भने मात्र तिमी हामी सबै नेपाली भएर बाँच्न पाउने छौं । त्यसैले देशको हितलाई हामी सबैले सधै उच्च प्राथमिकतामा राख्नु पर्दछ । नेपाल देश नामको यो हाम्रो साझा घर निर्माणमा हाम्रा पूर्खाहरुले धेरै रगत र पसिना बगाएका छन् । वीर पूर्खाहरुको त्यो गौरवपूणर् इतिहासलाई हामीले कहिल्यै बिर्सनु हुँदैन । स-साना बाबु नानीहरु जो विभिन्न गाउँ ठाउँबाट एकै पाठशालामा पढ्दै हुर्कने गर्छन् । समयक्रमसँगै उमेर बढ्दै जाँदा उच्च शिक्षा, जागिर या व्यवसायको सिलसिलामा उनीहरु देश विदेशका विभिन्न ठाउँमा छरिनु पर्छ । तर जो जहाँ पुगे पनि आखिर मन सबैको नेपाली ने भइरहनु पर्दछ । आफ्नो मातृभूमिलाई विर्सने गल्ती हामी कसैले पनि गर्नु हुँदैन । देशको माटो र स्वाधिनतालाई सधै आफ्नो हृदयमा सजाइरहनु पर्दछ ।

जब देशमाथि संकट आइलाग्छ, त्यस्तो बेला हामी नेपाली नेपाली हातेमालो गर्दै अगाडि बढ्नु पर्छ । चाहे त्यो प्राकृतिक विपत्ति होस या राजनैतिक विपत्ति नै किन नहोस् हरेक खालका अप्ठाराहरुमा हामी एकताबद्ध भएर अगाडि बढ्नु पर्छ । तिमीले पनि देख्यौ नि अनु-२०७२ सालको वैशाखमा नेपालमा महाविनाशकारी भुकम्प आयो । जनधनको ठूलो क्षति भयो । खेत, वारी र खुल्ला चौरमा पाल टाँगेर बस्नु पर्ने स्थिति सिर्जना भयो । मानवीय संकटको त्यो घडीमा विश्वका अन्य देशमा रोजगारकिा सिलसिलामा पुगेका नेपालीहरुले समेत हृदय खोलेर सहयोग गरे । भुकम्पले दिएको आलो घाऊ नेपाली जनमनमा चहराइरहेका बेला हाम्रो दक्षिणी छिमेकी भारतले नेपाल माथि नाकाबन्दी लगायो । त्यो अमानवीय नाकाबन्दीका बेलामा पनि नेपालीहरुका बीचमा अभूूतपूर्व एकता देखियो । नेपालीहरु बरु भोकै बस्न तयार भयौं तर त्यो अमानवयि नाकाबन्दी सामु झुकेनौं । रोजगारीका सिलसिलामा विभिन्न देशहरुमा पुगेका नेपालीहरुले समेत त्यो अमानवीय नाकाबन्दीका विरुद्धमा बुलन्द आवाज उठाए । नेपाली मनहरु जो जहाँ भए पनि एक देखिए त्यो बेला । त्यस्तै दरिलो एकता २०६२/६३ सालको जनआन्दोलनमा पनि देखिएको थियो । निरंकुश राजतन्त्रका विरुद्धमा नेपाली जनता जनसागर बनेर सडकमा उर्लिए । त्यही जनभेलले २४० वर्षदेखि नेपाली जनतालाई रैति बनाइरहेको राजतन्त्रलाई सदा सदाका लागि नेपाली धर्तीबाट विदा गरिदियो । देशमा गणतन्त्र आयो । सबै नेपालीहरु एकताबद्ध भएर अगाडि बढ्दा नै त्यो काम सम्भव भएको थियो । त्यसैले हामी सारा नेपालीहरु हरेक संकटका बेला एकताबद्ध भएर मुकाविला गर्नुपर्छ ।

May be an image of 3 people, hair, people playing musical instruments, people standing, people sitting, outerwear and guitar
माता पिताकाे साथमा अनु

अनु, तिमीले गाएको यो गीतले देशका कणर्धार, पाठशालाका ती स-साना नानीहरुमा त्यही चेतना र सन्देश प्रवाह गर्न खोजेको छ ! आफ्नो देश, देशको संस्कृति, गौरवपूणर् इतिहास र देशको स्वाधिनतालाई सधै उच्च प्राथमिकतामा राख्नु पर्ने सन्देश प्रवाह गरेको छ यस गीतलेः-
पूर्वदेखि पश्चिमसम्म एउटै आँगन मानौला
मारुनी र सोरठीमा ताल मिलाई नाचौंला
लाली गुराँस फुल्यो बनैमा……

रगत र पसिनाले देशकै माटो भिजाउला
स्वाभिमानी शिर हाम्रो सधै उच्चो राखौंला
लाली गुराँस फुल्यो बनैमा…….

हो अनु, हामीले आफ्नो रगत र पसिनाले आफ्नै देशको माटो सिंगार्नु पर्छ । यही माटोलाई उर्बर बनाउनु पर्छ । तर विडम्बना, नेपालीको रगत पसिनाबाट संसारका धेरै देश सिंगारिएका छन् भने आफ्नै देश नेपाल उराठिलो र उजाडिएको भूमि बन्दै गैरहेको छ । देशको शासनसत्ताको साँचो हातमा लिएर बसेकाहरुले ठीक नीति लिन नसक्दा देशको श्रमशक्ति दिन प्रतिदिन विदेशतिर पलायन भैरहेको छ । देशभित्रै रोजगारीको अवसर पाउने हो भने कोही पनि नेपाली विदेशी भूमिमा रगत पसिना बनाउन जाने थिएनन् । प्रकृतिले नै उपहार दिएका अथाह सम्पादाहरु छन् हाम्रो देशमा । तर त्यसको उचित संरक्षण, सम्बद्र्धन र देशहितमा तिनलाई उपयोग गर्ने काम हुन सकिरहेको छैन ।

विभिन्न जातजाति, भाषा भाषी र संस्कृतिको लोभलाग्दो संयोजन छ हाम्रो देशमा । हिमालदेखि तराईसम्म, पूर्व मेची देखि पश्चिम महाकालीसम्म जो जहाँ रहेता पनि आखिर ती सबै हामी, एउटै नेपाल आमाका सन्तान हौं । ती प्रत्येक भागका संस्कृतिहरु हामी सबैका साझा संस्कृति हुन् । ती सबै संस्कृतिहरुको हामीले संरक्षण र सम्बद्र्धन गर्नुपर्छ । हो, समयकालसँगै हामीले आफ्ना संस्कृतिलाई पनि परिमार्जन र परिस्कृत गर्दै लैजानुपर्छ । हाम्रो धर्म संस्कृति भित्र रहेका रुढीगत मान्यता, गलत र अवैज्ञानिक प्रवृत्तिहरुलाई हामीले त्याग्नै पर्दछ । तर रुढीगत, गलत र अवैज्ञानिक मान्यताहरुलाई त्याग्ने नाममा आफ्नो संस्कृतिलाई नै तिलाञ्जली दिने गल्ती हामीले कहिल्यै पनि गर्नु हुँदैन । आफ्नो संस्कृतिलाई हामीले कहिल्यै बिर्सनु हुँदैन । देशको स्वाभिमानलाई हामीले कहिल्यै झुक्न दिनु हुँदैन । देशका शासकहरुले के गरिरहेका छन् ? कस्ता नियम कानुनहरु बनाइरहेका छन् ? यो कुराको हेक्का हामीले सधै राखिरहनु पर्छ । त्यसप्रति हामीले सधै चासो राख्नुपर्दछ । शासकहरुले बाटो बिराउन लागेका बेला, देश र जनताप्रति घात गर्न लागेका बेला हामीले खबरदारी गर्नु पर्दछ । त्यही नै एक सचेत नागरिकको कर्तव्य हो । एक सचेत नागरिकको आफ्नो देश प्रतिको कर्तव्य हामीले कहिल्यै पनि बिर्सनु हुँदैन । अनु, तिमीले गाएको गीत ‘लाली गुराँस’ले त्यही सन्देश दिएको छ ।


प्रिय अनु, गीतका शब्दहरुले जुनप्रकारको उच्च राष्ट्रप्रेमको भाव बोकेका छन्, त्यसप्रति पूणर् न्याय गरेर तिमीले स्वर दिएकी छौ । तिम्रो गाउने कला र शैलीबाट गीतकी रचयिता तथा संगीतकार वरिष्ठ जनगायिका निलिमा पुन पूणर् सन्तुष्ट देखिनु हुन्छ । “गीतको शब्दभावमा अनु शर्माको स्वर एकदमै म्याच गरेको छ । मैले त अनुको स्वरले गीत प्रति पुणर् न्याय गरेको महशुस गरेकी छु ।” गीतमा तिम्रो स्वरबारे मैले जिज्ञासा राख्दा वरिष्ठ जनगायिका निलिमा पुनले भन्नुभयो -“अनुले गीतका शब्द भावलाई महशुस गरेर गाएकी छिन, उनको गायन शैली र कलाबाट म एकदमै खुशी छु ।” अनु, यो गीतको रचना आजभन्दा चार वर्ष पहिले गर्नु भएको रहेछ उहाँले । विभिन्न पाठशालाहरुमा सर्‍साना नानी बाबुहरुलाई गीत/संगित सिकाउँदै गर्दा उनीहरुको जमघट देखेर सिर्जित भएको रहेछ यो गीत । “आज भन्दा त्यस्तै चार पाँच वर्ष अगाडि विभिन्न स्कूलहरुमा बच्चाहरुलाई गीत/संगीत सिकाउने सिलसिलामा यो गीतका शब्दहरु कोरेकी थिए ।” गीतको रचनाकाल र पृष्ठभूमिबारे जनगायिका निलिमा पुनले भन्नु भयो-“स-साना बालबालिकाहरुमा राष्ट्रप्रेमको भाव जगाउनकै निम्ति लेखिएको थियो यो गीत ।”

हिमालदेखि तराईसम्म, पूर्व मेची देखि पश्चिम महाकालीसम्म जो जहाँ रहेता पनि आखिर ती सबै हामी, एउटै नेपाल आमाका सन्तान हौं । ती प्रत्येक भागका संस्कृतिहरु हामी सबैका साझा संस्कृति हुन् । ती सबै संस्कृतिहरुको हामीले संरक्षण र सम्बद्र्धन गर्नुपर्छ । हो, समयकालसँगै हामीले आफ्ना संस्कृतिलाई पनि परिमार्जन र परिस्कृत गर्दै लैजानुपर्छ ।


प्रिय अनु, अब त तिमी नि ठूली भैसकेकी छौं, शायद तिमीले पनि अब बुुझिसकेकी छौ- सांगीतिक फाँट कठिन साधना गर्नुपर्ने क्षेत्र हो । गाउने नाँच्ने रहर प्रायः सबैलाई हुन्छ । तर रहरले मात्र यो क्षेत्रमा टिक्न सकिंदैन । आफ्नो कला र गलामा निखारपन ल्याउन निरन्तर साधना गरिरहनु पर्दछ । विगत वर्षमा तिमीले जनगायक जीवन शर्माको चर्चित गीत “सागर भेट्न जाँदैछ नदी” गाएर नै सिद्ध गरेकी थियौं- निरन्तरको साधनाबाट नै तिमी सांगीतिक क्षेत्रमा अगाडि बढेकी छौं । अहिले “लाली गुराँस” सम्म आइपुग्दा तिम्रो स्वरमा झनै निखारपन र मिठास आएको छ । गीत/संगीत प्रतिको आफ्नो साधना र अभ्यासलाई यसैगरी निरन्तरता दिंदै गयौ भने एक दिन तिमी सांगीतिक क्षेत्रकी चम्किलो तारा बन्न सक्नेछौं, अनु !


प्रिय अनु, तिमीले देशप्रेम र जनपक्षीय गीत संगीतको जुन क्षेत्रमा पाइला अगाडि बढाएकी छौं-यो झनै कठिन संघर्ष गर्नुपर्ने फाँट हो । यो क्षेत्रमा लाएका मुर्धन्य व्यक्तिहरु कालान्तरमा हराएको, थाकेको, बाटो बदलेको प्रशस्त उदाहरणहरु भेटिन्छन् इतिहासमा । यस्ता गीतहरुबाट नगद आििर्थक मुनाफा आर्जन हुन सक्दैन । दरिलो आत्मबल, सिद्धान्त प्रतिको उच्च निष्ठा र निरन्तरको संघर्ष विना यो क्षेत्रमा टिकिरहन सकिंदैन । अगाडिको बाटो निकै कठिन छ-तर यही बाटो नै सर्वोत्तम आनन्दको बाटो हो अनु ! देशको हितमा, दुःखी गरिब जनताको हितमा सन्देशमूलक र चेतनामूलक गीतहरु गाउँदा त्यसले जनतामा जुन जागरण ल्याउँछ, जुन हर्षभाव प्रकट हुन्छ – दुखीजनहरुको मुहारमा, त्यही नै यस्ता जनपक्षीय गीतहरुको सफलता हो । समाजमा कस्ता भावका गीत विक्छन् ? कस्ता गीतहरु गाउँदा आर्थिक उपार्जन प्रशस्तै हुन सक्छ ? भन्ने आधारमा होइन, कुन गीतहरुले दुःखी गरिब जनतामा चेतना जगाउन सक्छन् , कुन गीतहरुले गरिब जनताका आँशु पुछ्न सिकाउँछन् ? अन्याय, अत्याचार र विभेद हटाउन कुन गीतले अभिप्रेरित गर्छ ? हामीले गीतहरु छनौट गर्दा त्यसैका आधारमा गर्नुपर्छ ।

सबैले तिम्रो सांगीतिक यात्रा सफलताको कामना गरेका छन् । अनु, ती प्रतिक्रियामा आएका सबै सल्लाह, सुझाव र अपेक्षाहरुलाई हरदम मनमा सजाई राख्नु । प्रशंसामा फुरुङ परेर मात्तिने र आलोचना आउँदा आत्तिने कहिल्यै नगर्नु । आलोचनाहरुबाट पनि पाठ सिक्नु । मान्छेले गलतीबाट नै पाठ सिक्ने हो । त्यसैले आलोचना आयो भन्दैमा नआत्तिनु । थाहा छ अनु -तिमीले गाएको “लालीगुराँस” गीत कस्तो लाग्यो भनेर मैले प्रगतिशील सांस्कृतिक आन्दोलनका धरोहर जनगायक जीवन शर्मालाई पनि सोधेको थिएँ । उहाँलाई पनि तिम्रो यो गीत निकै मन परेको रहेछ ।


अनु, पहिले भन्दा हाम्रो समाजको चेतनास्तर अहिले धेरै माथि उठेको छ । तर अझ पनि हाम्रो समाज पूणर् सचेत बनिसकेको छैन । अहिले पनि हाम्रो समाजलाई अवैज्ञानिक रुढीगत मान्यता र विचारले जकडिरहेको छ । जातीय विभेद, छुवाछूत जस्तो कुप्रथा, महिलालाई दासी ठान्ने सामन्ती सोंच अहिले पनि हाम्रो समाजमा जीवित छ । बोक्सीको आरोपमा मलमुत्र खुवाइएका, जातीय विभेद र छुवाछूूतका कहालीलाग्दा घटनाहरु अहिले पनि हाम्रो समाजमा दिनप्रतिदिन घटीनै रहेका छन् । अहिले पनि छाउपडी प्रथाकै कारण कैयौं चेलीहरुले अकालमा ज्यान गुमाउनु परिरहेको छ । त्यस्ता कुप्रथा, कुरिती र रुढीगत मान्यताहरु जीवित रहेसम्म हामीले एक सभ्य र सम्मुन्नत समाज निर्माण गर्न सक्दैनौं । युगौंदेखि समाजमा जरा गाडेर बसेका त्यस्ता सोंच र कुरीतिहरुलाई बदल्ने काम त्यति सजिलो छैन अनु ! तर नबदलिकन हामीले सुखी, सम्पन्न र समतामूलक समाज बनाउन सक्दैनौं । हामीले गाउने गीतहरुले समाजमा विद्यमान असमानता, अन्याय, विभेद र रुढीगत मान्यताहरु बदल्न मानिसलाई अभिप्रेरित गर्नु पर्दछ । त्यही नै जनपक्षीय गीत/ संगीतको विशेषता हो । आगामी दिनमा पनि गीत गाउँदा जनपक्षीय र राष्ट्रप्रेमको भाव बोकेका त्यस्तै गीतहरु छनौट गर्दै जानु, वास्तविक खुशी तिमीले त्यही भेटाउने छौं अनु !


प्रिय अनु, तिमीले सुमधुर स्वरमा गाएको “लाली गुराँस” गीतलाई धेरै दर्शक स्रोताले मन पराएका छन् । तिम्रो आफ्नै युटुव च्यानलबाट त्यो गीत २६ असार २०७८ मा सार्वजनिक भएको थियो । दुई हप्ताकै यो अवधिमा तिम्रो मिठो स्वर र गीतको प्रशंसा गरेर सयौं प्रतिक्रियाहरु आएका छन् । प्रतिक्रिया दिने प्रायः सबैले तिम्रो सांगीतिक यात्रा सफलताको कामना गरेका छन् । अनु, ती प्रतिक्रियामा आएका सबै सल्लाह, सुझाव र अपेक्षाहरुलाई हरदम मनमा सजाई राख्नु । प्रशंसामा फुरुङ परेर मात्तिने र आलोचना आउँदा आत्तिने कहिल्यै नगर्नु । आलोचनाहरुबाट पनि पाठ सिक्नु । मान्छेले गलतीबाट नै पाठ सिक्ने हो । त्यसैले आलोचना आयो भन्दैमा नआत्तिनु ।

थाहा छ अनु -तिमीले गाएको “लालीगुराँस” गीत कस्तो लाग्यो भनेर मैले प्रगतिशील सांस्कृतिक आन्दोलनका धरोहर जनगायक जीवन शर्मालाई पनि सोधेको थिएँ । उहाँलाई पनि तिम्रो यो गीत निकै मन परेको रहेछ । “गीतको भाव र स्वर दुवै राम्रो छ ।” जनगायक जीवन शर्माले भन्नु भयो-“राष्ट्रप्रेमको जनपक्षीय भाव बोकेका यस्ता गीतहरु एक दुई वटा भन्दा पनि त्यसलाई निरन्तरता दिने मुख्य कुरा हो । हामीले आशा गरौं अनुले आगामी दिनमा पनि यस्तै जनपक्षीय र राष्ट्रप्रेममको भाव बोकेका गीतहरुलाई निरन्तरता दिने छिन ।” यस्तै आशा हाम्रो पनि छ अनु ! हाम्रो त्यो आशालाई तिमीले सदा जीवित राख्न मद्दत गर्ने छौं भन्नेमा म विश्वस्त छु । हामी मात्र होइन, शायद जनपक्षीय गीत/संगीतका हरेक पारखीहरुले तिमीबाट त्यही अपेक्षा राखेका छन् । त्यो आशालाई कहिल्यै मर्न नदिनु । यो गीतको मात्र होइन समग्र तिम्रो जनसंगीत यात्रा सफलताको कामना प्रिय नानु अनु !

लिरिकल भिडियाेः

Author

  • आयो रैबार संवाददाता

    View all posts

समीक्षा
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

छाेराकाे फरूवा प्रहारबाट आमाकाे मृत्यु

१५ कार्तिक २०८२, शुक्रबार ११:०८

कर्णालीमा ‘प्रदेश स्वास्थ्य आपत्कालीन तयारी तथा प्रतिकार्य योजना’ निर्माण गरिँदै

१५ कार्तिक २०८२, शुक्रबार १०:५०

मौसम पूर्वानुमान : आज देशभर वर्षाको सम्भावना

१५ कार्तिक २०८२, शुक्रबार १०:४७
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति