काठमाडाैं।निर्माता निर्देशक अशोक शर्माले स्वदेशी भाषा र स्वदेशी फिल्म खोज्ने चलचित्रकर्मी हराएको बताएका छन् । उनले ‘प्रेम गीत ३’ हिन्दी भाषामा लगाउनुपर्छ भन्नेतिर कटाक्ष गर्दै स्वदेशीको पक्षमा पहिले आवाज उठ्ने गरेको र अहिले हराएको बताएका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्- ‘विदेशी चलचित्रको अतिक्रमण भो, प्रदर्शनमा स्वदेशी चलचित्रभन्दा बढी शो विदेशी चलचित्रलाई दियो, बिदेशी चलचित्रमा कोटा लगाउनुपर्छ आदि …आदि खोक्ने र लेख्ने चलचित्र पत्रकार र चलचित्रकर्मीहरु अहिले आफ्नै चलचित्र विदेशी भाषामा हेर्नुपर्ने बाध्यता र हाम्रा अग्रज समकालीन चलचित्रकर्मीलाई गाली गलोच भैरहेको बेला हराएको हुनाले सूचना दिने व्यक्ति र संस्थालाई नेपाल आमाले उचित पुरस्कार प्रदान गर्नेछिन् ।’.


