Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कला

अस्ताए ‘लाज शरणम्’का विकास : दर्शकको हृदय छामे, ‘कुपोषण’को मुद्दा उठाए

By आयो रैबार संवाददाता१९ चैत्र २०८१, बुधबार ०२:४१
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं । तपाईंले फिल्म ‘लाज शरणम्’ हेर्नुभएको छ भने एउटा पात्रलाई ख्याल गर्नुभएको होला । कलाकार महेश त्रिपाठी र रेणु योगीको कुपोषित बालकको भूमिकामा जाजरकोटका १५ वर्षिय विकास केसीले अभिनय गरेका छन् ।

वास्तविक जीवनमै कुपोषित बालक विकास, उनका बुवाआमाको भूमिकामा अभिनय गरेका महेश र रेणुको कथानक सन्दर्भ र दृश्य कुमार कट्टेल निर्देशित फिल्मको सबैभन्दा शक्तिशाली प्लट हो ।

भ्यू टावर उद्घाटन गर्न हेलिकोप्टर चढेर कर्णाली पुग्ने मन्त्रीले त्यहाँका विपन्न नागरिकलाई गरेको नजरअन्दाजलाई फिल्मले मार्मिकरुपमा चित्रण गरेको छ । फिल्ममा कुपोषित बालकको भूमिकामा देखिएका उनै विकासले मंगलबार जाजरकोटस्थित घरमा अन्तिम सास लिए ।

उनको निधनको खबर थाहा पाएपछि सिंगो ‘लाज शरणम्’ टिम स्तब्ध बनेको छ । सबैभन्दा स्तब्ध महेश र रेणु बनेका छन् जसले चरित्र चित्रणका लागि जाजरकोटमा विकाससँग १ महिना बिताए । यो खबर सुनेपछि अभिनेत्री रेणु गोरखामा फिल्म ‘पहाड’को छायांकनमा थिइन् । विकासको निधनको कुराले उनी भावविह्वल बनिन् ।

रेणु बुधबार बिहान काठमाडौं आउनेछिन् । निर्माता तथा कलाकार अर्जुन घिमिरे पाँडेका अनुसार विकासको निधनपछि उनलाई अन्तिम श्रद्धाञ्जली र उनको परिवारलाई साथ दिन बुधबार जाजरकोट जाने कार्यक्रम छ । निर्देशक कट्टेल, कलाकार पाँडे, त्रिपाठी, योगी त्यसतर्फ जाँदैछन् ।

फिल्मका गीतकार वसन्त उदास विकासको निधनपछि मंगलबार नै जाजरकोट लागेका छन् । उनलाई काजकिरियाको लागि केही रकम दिएर पठाइएको निर्माता पाँडेले बताए ।

विकासको उपचारमा फिल्मको छायांकन र त्यसपछि पनि निकै प्रयास गरिएको पाँडेले बताए । उनलाई उपचारार्थ काठमाडौंसम्म ल्याइएको थियो । निर्माताले स्थानीय सरकार र परिवारसँग अनुमति लिएरै विकासलाई फिल्म खेलाएका थिए ।

ओछ्यानमा थलिँदा समेत उनले ‘सक्किगो नि’ सिरियल हेर्ने गरेको जिग्री, पाँडे, बले लगायतका पात्रलाई चिन्ने गरेको पनि उनले बताए । ‘त्यहाँ कुपोषित भएर हजारौ बालबालिका मरिरहेका छन् । उहाँले यो सन्देश उठाइदिनुभयो’ विकासबारे पाँडेले भने । विकासका भाइ पनि कुपोषणले थलिएको उनको भनाइ छ ।

उनको निधनको खबर लाज शरणम् टिमले सामाजिक संजालबाट सेयर गरिरहेका छन् । कुपोषणको यो विषयलाई पाँडे, जिग्रीले फिल्ममार्फत ध्यानाकर्षण गराउन चाहेको लेखेका छन् । ‘ नेपालबाट कुपोषण हटाउन कला क्षेत्रबाट हामीले पूरा गर्नुपर्ने दायित्व सदैव निर्वाह गरिरहनेछौँ’ पाँडेले लेखेका छन् । जेपीटी क्रिएसनले निर्माण गरेको फिल्म ‘लाज शरणम्’ अहिले पनि हलमा प्रदर्शन भैरहेको छ ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

छाेराकाे फरूवा प्रहारबाट आमाकाे मृत्यु

१५ कार्तिक २०८२, शुक्रबार ११:०८

कर्णालीमा ‘प्रदेश स्वास्थ्य आपत्कालीन तयारी तथा प्रतिकार्य योजना’ निर्माण गरिँदै

१५ कार्तिक २०८२, शुक्रबार १०:५०

मौसम पूर्वानुमान : आज देशभर वर्षाको सम्भावना

१५ कार्तिक २०८२, शुक्रबार १०:४७
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति