Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

स्मार्ट कार्डको विकल्पमा रसिदमै फोटो र क्युआर

By आयो रैबार संवाददाता१ जेष्ठ २०८२, बुधबार ०१:१२
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत। सरकारले सवारी लाइन्सेन्सको स्मार्ट कार्ड छाप्न छाडेपछि सवारी लाइसेन्सको ट्रायल पास गर्नेलाई उसको रसिदमै फोटो र क्युआर कोड दिएर पठाउन सुरु गरेको छ । प्रदेशस्तरमा सञ्चालन भइरहेका सवारीचालक अनुमतिपत्रका लागि दिइएको ट्रायल पास हुनेले पाउने रसिदमा फोटो र क्युआर कोड दिन थालिएको हो ।

यातायात व्यवस्था विभागले वितरण गर्दै आएको सवारी लाइसेन्सको स्मार्ट कार्ड इमर्जेन्सीबाहेक नछाप्ने निर्णय गरेपछि तत्कालका लागि प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतका यातायात कार्यालयले ट्रायल पास हुने व्यक्तिले पाउने रसिदमा सम्बन्धित व्यक्तिको फोटो र क्युआर कोड राख्न सुरु गरिएको हो । कर्णाली प्रदेशका तीन ठाउँबाट सवारी लाइसेन्सको ट्रायल पास भएपछि रसिदमै फोटो र क्युआर कोड वितरण गरिने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ ।

अहिले जुम्ला र रुकुमपश्चिमले मात्र क्युआर कोड दिन सुरु गरेको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताए । उनका अनुसार यातायात व्यवस्था कार्यालय सुर्खेत, यातायात व्यवस्था सेवा कार्यालय जुम्ला र रुकुमपश्चिमबाट लाइसेन्स वितरण हुँदै आएको छ । अहिले यातायात व्यवस्था सेवा कार्यालय जुम्ला र रुकुमपश्चिमले फोटो र क्युआर कोड वितरण गरिरहेको प्रवक्ता सुवेदीले जानकारी दिए । वैशाख २४ गतेबाट फोटोसहित ‘क्युआर कोड’ वितरण सुरु गरिएको यातायात व्यावस्था सेवा कार्यालय जुम्लाले जनाएको छ ।

झट्ट हेर्दा हुबहु स्मार्ट लाइसेन्स जस्तै देखिने क्युआर कोड कार्ड वितरण सुरु गरिएको जुम्ला कार्यालय प्रमुख लोकबहादुर महतले बताए । हेर्दा स्मार्ट लाइसेन्स जस्तो देखिए पनि सक्कल लाइसेन्स नभएको र ट्रायल पास गरिसकेकालाई एक वर्षका लागि दिइने परीक्षण पेपरलाई अहिले क्युआर कोड कार्डका रूपमा छापेर दिन सुरु गरिएको उनले जानकारी दिए। एक वर्षका लागि क्युआर कोड उपलब्ध गराइने छ । ट्राफिक प्रहरीले चेक गर्दा क्युआर कोड स्क्यान गरेपछि सबै विवरण देखिने महतको भनाइ छ ।

यस्तै यातायात व्यवस्था सेवा कार्यालय रुकुमपश्चिमले पनि आइतबारदेखि सवारी लाइसेन्सको ट्रायल पास भएपछि रसिदमै फोटो र क्युआर कोड वितरण सुरु गरेको छ । रसिदमै फोटो र क्युआर कोड राख्दा ट्राफिक प्रहरीलाई पनि लाइसेन्स जाँच सहज र भरपर्दो हुने रुकुमपश्चिम कार्यालय प्रमुख मोहनकुमार केसीले बताए ।

यातायात व्यवस्था कार्यालय सुर्खेतले भने अहिले नयाँ लाइसेन्स वितरण गरेको छैन । विगत छ महिनादेखि कार्यालयबाट नयाँ लाइसेन्स वितरणको काम नभएको कार्यालय प्रमुख मुकुन्द्रनाथ योगीले बताए । उनका अनुसार यातायात व्यवस्था कार्यालय सुर्खेतको भवन निर्माणको काम भइरहेको छ । भवन निर्माण सम्पन्न भएपछि मात्र नयाँ लाइसेन्स वितरण गरिने योगीले जानकारी दिए ।

ट्रायल दिनुअगावै शुल्क तिर्ने बेलामै रसिदमा क्युआर कोड राख्ने र फोटो टाँस्ने व्यवस्थाबाट लाइसेन्सका लागि नक्कली परीक्षार्थीले ट्रायल दिने प्रवृत्ति रोकिने छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार अरूको रसिद बोकेर आफ्नै हो भन्दै सवारीसाधान चलाउने घटनालाई पनि यसले रोक्ने छ । अहिले दिइरहेको रसिदमा फोटो वा व्यक्ति पहिचानका लागि नामबाहेक अन्य विवरण नहुने भएकाले ट्राफिक प्रहरी झुक्याउने गरिएको मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले बताए । अबको रसिदमा फोटो र क्युआर कोड राखेपछि ट्राफिक प्रहरीसँग मोबाइलमा भएको सफ्टवेयर स्क्यान गरेर नक्कली र सक्कली पत्ता लगाउन सकिने उनको भनाइ छ ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवात नेपाल प्रवेश गर्दै, कोशी र मधेश प्रदेशमा भारी वर्षा हुने सम्भावना

१२ कार्तिक २०८२, मंगलवार १६:४५

उच्छृङ्खल गतिविधि गरेको आरोपमा सुर्खेत प्रहरीले ९ जनालाई पक्राउ

१२ कार्तिक २०८२, मंगलवार १६:३९

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, चार जनाको मृत्यु

१२ कार्तिक २०८२, मंगलवार १६:०४
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति