सुर्खेत । दैलेखका सबै (११ वटै) स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् ।
जिल्लाका चार नगरपालिका र सात गाउँपालिकाले कुल ६ अर्ब २७ करोड १० लाख ८९ हजार ४४१ रुपैयाँ बराबरको बजेट ल्याएका हुन् ।
सार्वजनिक गरिएको बजेटमा पूर्वाधार विकास, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारी सृजनालाई मुख्य प्राथमिकतामा राखिएको छ ।
जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट दुल्लु नगरपालिकाले ल्याएको छ भने सबैभन्दा कम ठाटीकाँध गाउँपालिकाको रहेको छ । दुल्लु नगरपालिकाले १ अर्ब ८ करोड ८१ लाखभन्दा बढीको बजेट प्रस्तुत गर्दा ठाटीकाँध गाउँपालिकाले ४१ करोड १५ लाखको बजेट सार्वजनिक गरेको छ ।
कुन स्थानीय तहको बजेट कति ?


