Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली हुम्ला जाँदै, २६ वर्षपछि पूरा हुँदै हुम्लीवासीको सडक सपना

By आयो रैबार संवाददाता२२ असार २०८२, आईतवार ०७:४२
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत। प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटन गर्न आज हुम्ला जाँदैछन् ।

कर्णाली करिडोरअन्तरगत पर्ने खार्पुनाथ गाउँपालिका-५ को च्वाखोला नदीमा निमार्णिधीन बेलिब्रिज उद्घाटन गर्न प्रधानमन्त्री ओेली हुम्ला जान लागेको उनको सचिवालयले जनाएको छ ।

पुल उद्घाटनका लागि प्रधानमन्त्री आउने भएपछि हुम्लामा केही दिनदेखि तयारी थालिएको थियो । निर्माणाधीन पुलको काम तीव्र रुपमा अघि बढाएर सम्पन्न गरिएको छ ।

प्रधानमन्त्री शर्मा ओेलीसँग भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि सँगै हुम्ला जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले पुलको उद्घाटन गरेपछि हुम्ला सदरमुकाम औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिने छ ।

राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामात्रै एउटा जिल्ला हो । २६ वर्षदेखि काम भइरहे पनि अहिलेसम्म औपचारिक रुपमा राष्ट्रिय सडक सदरमुकाम सिमिकोटमा जोडिएको थिएन । यो पुल उद्घाटन भएसँगै हुम्लीवासीको २६ वर्षको प्रतीक्षा पूरा हुने भएको छ ।

२६ वर्षपछि पूरा हुँदै हुम्लीको सडक सपना

२६ वर्षको प्रतीक्षापछि हुम्ली जनताको सडक सपना अबको केही दिनमै पूरा हुँदैछ । चुवाखोला-कर्णाली नदीमाथि बेलिब्रिज बनेसँगै हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने दशकौँदेखिको बहुप्रतीक्षित सपना पूरा हुन लागेको हो ।

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर २०५६ सालमा शिलान्यास भएको थियो । दक्षिणको नेपालगञ्ज-जमुनाहा नाकादेखि उत्तरी हुम्लाको चीन-नेपाल हिल्सा नाका जोड्ने यो करिडोर ६८२ किलोमिटर लामो छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट हुँदै उत्तरी नाका हिल्सा जोड्ने लक्ष्यका साथ कर्णाली करिडोर शिलान्यास भएको थियो ।

कर्णाली प्रदेशको राजधानीदेखि हिल्सा नाका पुग्न कूल ४१० किलोमिटर यो सडकको निर्माणको जिम्मा सुरुदेखि २०६६ सालसम्म सडक विभाग आफैंले लियो । नेपाली सेनाले बनाएको बाहेक हिल्सा-सिमकोट खण्डको १४५ किलोमिटर ट्र्याक खोल्न र ४ वटा पुल निर्माण गर्न आर्थिक वर्ष २०६९/७० देखि आर्थिक वर्ष २०७९/८० सम्मको लागत ४ अर्ब १० करोड रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रगति प्रतिवेदनको तथ्याङ्ककमा उल्लेख छ ।

सो प्रतिवेदनअनुसार भौतिक प्रगति २२ दशमलब ५ प्रतिशत भएको देखिन्छ । कूल १४५ किलोमिटरमध्ये १३० किलोमिटर ट्र्याक खोलेको देखिन्छ ।

कर्णाली करिडोरका लागि संघबाट ३ अर्ब २३ करोड २३ लाख २३ हजार ७१२ रुपैयाँ १० पैसा बजेट आएको थियो । जसमा २ अर्ब २१ करोड २५ लाख ३६ हजार १६० रुपैयाँ ६५ पैसा खर्च भयो । १ अर्ब १९ करोड ७८ लाख ७ हजार ५५१ रुपैयाँ ४५ पैसा फिर्ता गएको हिल्सा-सिमकोट सडक योजना हुम्लाले जनाएको छ ।

राज्यले बजेट खर्च त गर्‍यो, हुम्लीको सडक सपना भने पूरा हुन पाएन । विभागले गर्ने काममा निकै विलम्ब भयो । स्थानीय स्तरबाट सरकारप्रति चर्को असन्तुष्टि बढ्यो । हरेक वर्षको बजेट भाषणमा सिमकोट सडक सञ्जालमा जोड्ने विषयले प्राथमिकता पायो ।

तर, हरेक सालको अन्त्यमा अपेक्षित प्रगति हुन नसक्दा स्थानीय स्तरमा बढेको चर्को दबाबका बीच सरकारले ९ चैत २०७१ मा कालिकोटको लैफु- लालुदेखि हुम्लाको सर्केगाडको सलिसल्लासम्मको १२३ किलोमिटर सडक खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गर्‍यो । नेपाली सेनाले जिम्मा पाएपछि कोरिडोरको ट्र्याक खोल्ने कामले तुलनात्मक रूपमा तीव्रता पायो ।

७ वर्षमा १२३ किलोमिटर सडक निर्माण

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको कर्णाली कोरिडोरको ट्र्याक खोल्ने कामको जिम्मा पाएपछि नेपाली सेनाले ७ वर्षमा १२३ किलोमिटर सडक निर्माण गरेको छ ।

सेनाले कालिकोटको नरहरिनाथ गाउँपालिकाको खुलालुदेखि हुम्लाको सल्लीसल्ला खण्डको १२३ किलोमिटर सडकखण्ड निर्माण गर्ने जिम्मा ९ चैत २०७१ मा पाएको थियो । सेनाले १ साउन २०७८ मा उक्त खण्ड निर्माण सम्पन्न गर्‍यो ।

निर्माण सकेपछि हिल्सा-मकोट सडक योजना कार्यालयका तत्कालीन कार्यालय प्रमुख विसुन्दास लामा र बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द लामालाई हस्तान्तरण गरेको कर्णाली करिडोर सडक निर्माण दलका तत्कालीन प्रमुख मेजर सेनानी इन्जिनियर मिलन कार्कीले जानकारी दिए ।

त्यसपछि हुम्लाका ताजाकोट, अदनचुली, चंखेली र सर्केगाड गाउँपालिकाका केन्द्र राष्ट्रिय सडक सञ्जालमा जोडिए ।

जिल्लाको दक्षिणका स्थानीय तह राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै बाँकेको नेपालगञ्ज, सुर्खेतको वीरेन्द्रनगर, कालिकोट हुँदै हुम्लाको सल्लीसल्लासम्म दैनिक १५ देखि २० बोलेरो जिप र ३० देखि ३५ सम्म मालबाहक ट्रक आउजाउ गर्न थालेका छन् ।

देशका ७७ जिल्लामा राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी हुम्लाको सिमकोट मात्र रहेपछि प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सभापति कल्याणीकुमारी खडकाको संयोजकत्वमा कात्तिक ११, १२ र १३ २०७८ मा स्थलगत अनुगमन गर्‍यो ।

समितिको स्थलगत रिपोर्ट सहितको सिफारिसपछि तत्कालीन भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङले निर्माणाधीन कर्णाली कोरिडोरको हवाई अनुगमन गरे । सिमकोटलाई सडक सञ्जालमा जोड्न बाँकी रहेको ११ किलोमिटर कडा चट्टान छिचोल्ने काम सेनाले नै गर्नुपर्ने राय जिल्लाका दल र नागरिक अगुवाबाट मन्त्री नेम्वाङले पाए ।

अवलोकनपछि बाँकी ११ किलोमिटर लेप्च्यादेखि छारे-सुनाखाडा-लालीबगर खण्डको कडा चट्टान भएको ११ किलोमिटर खण्डमा नेपाली सेनाले काम गर्‍यो । ठेकेदार कम्पनीले निर्माण गरेको बोक्चेगौडा र भिइगौडाको केही भागमा नेपाली सेनाले काम गरिरहेको छ ।

११ किलोमिटर कडा चट्टानी भागमा सेनाले ट्र्याक खोलेपछि नेपालगञ्ज, सुर्खेतबाट बोलेरो जीप, मालबाहक ट्रक, टयाक्टर हुम्लाको खार्पुनाथ गाउँपालिका-५ को खार्पुदोभानसम्म आउजाउ गर्दै आएका छन् । बीचको पक्की पुल निर्माणमा ढिलाइ हुँदा सदरमुकाम सिमकोट सडक सञ्जालसँग जोड्न बाँकी रहेको हो ।

अब भने हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने दशकौँदेखिको बहुप्रतीक्षित सपना केही दिनमै साकार हुन लागेको छ । खार्पुनाथ गाउँपालिका-५ खार्पु हुँदै बग्ने चुवाखोला-कर्णाली नदीमाथि बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

नेपाली सेनाका अनुसार सो बेलिब्रिजको करिब ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ र केही दिनभित्रै सञ्चालनमा आउनेछ । यससँगै सिमकोट-खार्पु मार्ग हुँदै सदरमुकाम सिधै राष्ट्रिय सडक सञ्जालमा जोडिने छ ।

पक्की पुल निर्माण बाँकी

कालिकोटको नरहरिनाथ गाउँपालिकादेखि बाजुरा हुँदै हुम्लाको सल्लीसल्लासम्म ९ वटा पक्की पुल निर्माणको ठेक्का लागिसकेको छ । तर निर्माण कम्पनीहरूले पुल निर्माणमा विलम्ब गरिरहेका छन् ।

कालिकोटको खुलालु, सन्नीघाट, फुघाटखोलाको पुल निर्माणका लागि २८ असार २०७९ मा बिकेओ आई बिल्डर्ससँग १८ करोड २५ लाखमा सम्झौता भएको थियो । उक्त पुल सम्झौता भएको ४९ महिनाभित्र काम सम्पन्न हुनुपर्ने हिल्सा सिमकोट सडक योजना कार्यालय हुम्लाले जनाएको छ ।

बाजुरामा पर्ने जुड्डीखोला, बडडीखोला, हुम्ला र बाजुरा जिल्लाको सिमाना कबाडीखोला, हुम्लाको गल्फागाड खोला, सल्लीसल्ला नदी र सर्केगाड खोलामा पुल निर्माण गर्न लुम्बिनी सिंह जेबी धनगढीसँग २८ असार २०७९ मा ४५ करोड ३१ लख लागतमा निर्माण सम्झौता भएको छ । पुल निर्माण नहुँदा सुर्खेत-नेपालगञ्ज आउजाउ गर्न खोलाबाटै गाडी तार्नुपर्ने अवस्था छ ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवात नेपाल प्रवेश गर्दै, कोशी र मधेश प्रदेशमा भारी वर्षा हुने सम्भावना

१२ कार्तिक २०८२, मंगलवार १६:४५

उच्छृङ्खल गतिविधि गरेको आरोपमा सुर्खेत प्रहरीले ९ जनालाई पक्राउ

१२ कार्तिक २०८२, मंगलवार १६:३९

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, चार जनाको मृत्यु

१२ कार्तिक २०८२, मंगलवार १६:०४
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति