Author: एजेन्सी

काठमाडौँ । अमेरिकी गुप्तचर संस्था सीआईएका निर्देशक जोन र्याटक्लिफले इरानको आणविक कार्यक्रम भर्खरैको अमेरिकी हवाई आक्रमणबाट गम्भीर रूपमा क्षतिग्रस्त भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत लेखेका छन्, ‘हामीसँग नयाँ र विश्वसनीय सूचनाको आधारमा पुष्टि भएको छ कि इरानका केही प्रमुख आणविक केन्द्रहरू नष्ट भएका छन्।’ उनका अनुसार ती केन्द्रहरू फेरि निर्माण गर्न बर्सौँ लाग्न सक्छ। यस विषयमा प्रतिक्रिया दिँदै राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो सम्मेलनमा इरानको आणविक कार्यक्रम “पूर्ण रूपमा समाप्त” भएको दोहोर्‍याएका थिए। यसअघि व्हाइट हाउसबाट केही गोप्य दस्ताबेज लिक भएपछि एक रिपोर्टमा भने इरानको मुख्य आणविक संरचना पूर्ण रूपमा नष्ट नभएको र केही महिनाभित्र पुनः निर्माण…

Read More

काठमाडाै।क्यानडाका नवनियुक्त प्रधानमन्त्री मार्क कार्नीले पदभार ग्रहण गरेकाछन् । जस्टिन ट्रुडोले झण्डै एक दशक लामो नेतृत्वपछि गएको वर्ष जनवरीमा आफ्नो राजीनामा घोषणा गरेका थियो । क्यानडाको नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिएलगत्तै कार्नीले देश कहिल्यै अमेरिकाको भाग वा हिस्सा नबन्ने बाचा गरेकाछन् । सत्तारुढ लिबरल पार्टीको नेता निर्वाचित भएको केही दिनपछि र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग चलिरहेको व्यापार युद्धको बीचमा उनले हिजो पदभार ग्रहण गरेकाहुन्। कार्नीले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हालै ५१ औँ राज्यका सन्दर्भमा गरेको टिप्पणीलाई ‘पागलपन’ को संज्ञा दिएकाछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यानडालाई गाभ्ने सार्वजनिक अभिव्यक्तिको पनि खण्डन गरेकाछन् । प्रधानमन्त्री कार्नीले आफ्नो पहिलो विदेश भ्रमण फ्रान्स…

Read More

नयाँ दिल्ली । सन् १९६९ को विश्व इतिहासमा विशेष स्थान रहेको छ । सन् १९६९ जुलाई २० मा निल आर्मस्ट्रङले पहिलो पटक चन्द्रमामा पाइला राखेका थिए । यसै वर्ष बोइङ ७४७ ले आफ्नो पहिलो उडान भरेको थियो भने पहिलो एटीएम मेसिन रकभिल, न्यूयोर्कमा स्थापना गरिएको थियो । चर्चित साङ्गीतिक समूह बिटल्सले आफ्नो अन्तिम सार्वजनिक प्रस्तुति यही वर्ष दिएको थियो । यो त्यो समय थियो जब लामो कपाल र रङ्गीन जिन्स लगाएका हिप्पी पुस्ताले संसारको बाटो बदलिरहेको थियो । यो त्यही वर्ष थियो जब राजेश खन्ना, किशोर कुमार र राहुल देव (आरडी) बर्मनको त्रिकुट भारतीय चलचित्र सङ्गीतको नयाँ परिभाषा सिर्जना गर्न…

Read More

काठमाडौँ । वर्ष २०२४ लाई विभिन्न कारणले सम्झना गरिनेछ । यो वर्षले धेरै राम्रा कामको सुरुआत गरेको छ । कतिपय घटनाले सुखद कार्यलाई सम्झनामा सीमित गर्दै तिनलाई केवल निर्मम इतिहासमा बदलिदिएको छ । यस्ता घटना जसले सन् २०२४ मा संसार छोडेका केही महत्त्वपूर्ण व्यक्तित्वको नाम यहाँ प्रस्तुत गरिएको छ:  जिमी कार्टरअमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा सन् २०२४ डिसेम्बर ३० मा निधन भएको छ । वाटरगेट काण्ड र भियतनाम युद्धपछि राष्ट्रपति पद जित्ने बदाम किसान जिम्मी कार्टरले ह्वाइट हाउसको कार्यकालपछि विश्वव्यापी मानवतावादीको रूपमा जीवनलाई पुनः परिभाषित गरेका थिए । सबैभन्दा लामो समयसम्म बाँच्नुभएका अमेरिकी राष्ट्रपतिको जर्जियाको सानो…

Read More

काठमाडौं । भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार राती निधन भएको छ । उनको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा निधन भएको हो । सिंह लगातार दुई कार्यकाल भारतको प्रधानमन्त्री भएका थिए । अर्थमन्त्री हुँदा भारतमा आर्थिक सुधारमा आमूल परिवर्तनको श्रेय सिंहलाई नै जान्छ । भारतीय अर्थ (वित्त)मन्त्री हुँदा होस् वा सन् २००४ देखि २०१४ सम्मको प्रधानमन्त्री कार्यकाल, आर्थिक सुधारसहितका महत्वपूर्ण कामहरुको श्रेय उनलाई जाने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी जवाहरलाल नेहररुपछि लगातार दोस्रो कार्यकाल प्रधानमन्त्री चुनिने पहिलो भारतीय थिए । उनले १९८४ मा सिख दंगाका लागि भारतीय संसदसामु माफी मागेका थिए । सन् १९८४ मा भएको…

Read More

नयाँदिल्ली । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । बिहीबार राति ९२ वर्षको उमेरमा सिंहको निधन भएको हो । बिहीबार अचानक स्वास्थ्य बिग्रिएपछि सिंहलाई दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको थियो । एम्स अस्पतालले सिंहको निधन भएको पुष्टि गर्दै विज्ञप्ति जारी गरेको छ । अचानक बेहोस भएर बिहीबार राति ८ बजेर ६ मिनेट जाँदा इमरजेन्सीमा भर्ना गरिएका सिंहको ९ बजेर ५१ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । तमामा कोशिसका बाबजुद सिंहलाई बचाउन नसकिएको समेत अस्पतालले जनाएको छ । पूर्वप्रधानमन्त्री सिंहलाई अस्पताल भर्ना गरिएलगत्तै कर्नाटकको बेलगावीमा जारी कांग्रेस कार्यसमिति बैठक रद्द गरिएको थियो ।…

Read More

जर्मनी । क्रिसमस पार्टीमा कार प्रवेशपछि भएको दुर्घटनामा मर्नेको सङ्ख्या पाँच पुगेको छ। मृतक मध्य एक नौ वर्षीय बालकसमेत छन्। जर्मनीमा भएको दुर्घटनामा परेर शुक्रबार साँझसम्म दुई सय जना घाइते भएको तथा कम्तीमा ४१ जनाको अवस्था गम्भीर भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। एउटा बिएमडब्लु कार ठुलो भीडलाई छिचोल्दै पाँच सय मिटरसम्म कुदेको थियो। यो घटना करिब तीन मिनेटको हो। सो घटनामा आरोपी ५० वर्षीय तालेब अल अब्दुल मोसेन भएको प्रहरीले बताएको छ। उनी सन् २००६ मा जर्मनीमा पुगेका साउदी अरेबियाका भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनी पेसाले चिकित्सक हुन्। यस घटनाको छानबिन भइरहेको छ। छानबिनमा संलग्नका अनुसार जर्मनीमा साउदी…

Read More

नयाँ दिल्ली । विश्व प्रसिद्ध तबलावादक तथा पद्मविभूषण उस्ताद जाकिर हुसैनको निधन भएको छ । उनको परिवारले सोमबार बिहान यसको पुष्टि गरेको हो । परिवारका अनुसार हुसैन इडियोप्याथिक पल्मोनरी फाइब्रोसिसबाट पीडित थिए। परिवारका अनुसार उनी पछिल्लो दुई सातादेखि सान फ्रान्सिस्कोको अस्पतालमा भर्ना थिए । उनको अवस्था बिग्रिएपछि उनलाई आईसीयूमा भर्ना गरिएको थियो । उनले त्यहीँ अन्तिम श्वास फेरे । जाकिरको जन्म ९ मार्च १९५१ मा मुम्बईमा भएको थियो । उस्ताद जाकिर हुसैनलाई सन् १९८८ मा पद्मश्री, २००२ मा पद्मभूषण र २०२३ मा पद्मविभूषण प्रदान गरिएको थियो । उनका पिताको नाम उस्ताद अल्लाहराखा कुरैशी र आमाको नाम बावी बेगम थियो। जाकिरका…

Read More

वासिङ्टन।अमेरिकी राष्ट्रपति चुनावमा जीतनजिक पुगेपछि डोनाल्ड ट्रम्पले रिपब्लिकन पार्टीका समर्थकहरूलाई सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा आफ्नो परिवारका सदस्यप्रति आभार व्यक्त गरेका छन् । उनले चुनावमा आफ्ना लागि काम गर्नेहरूको मिहिनेत सम्झिँदै उनीहरूसँग पनि आभार व्यक्त गरेका छन् । यसैबीच उनले खर्बपति साथी इलोन मस्कको पनि नाम लिँदै खुसी व्यक्त गरेका छन् । ट्रम्पले सम्बोधनका क्रममा इलोन मस्कलाई आफूले माया गर्ने बताए । उनको समर्थनका लागि ट्रम्पले आभार व्यक्त गरे । ट्रम्पले मस्कको सञ्चार व्यवस्था स्टारलिङ्कलाई पनि सम्झिएका छन् । उनले त्यसक्रममा नर्थ क्रोयालाइनामा बाढी प्रभावितलाई मद्दतसँग जोडिएको कथा पनि त्यसक्रममा सुनाए । ट्रम्पले मस्कका कारण नै नर्थ क्यारोलाइनामा…

Read More

वासिंटन । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति पदमा पुनरागमन गर्दैछन् । अमेरिकी राष्ट्रपति पदका लागि भएको निर्वाचनमा पपुलर भोटमार्फत विजयी भएका ट्रम्प औपचारिक रूपमा निर्वाचित हुन इलेक्टोर मत हासिल गर्न बाँकी छ । डोनाल्ड ट्रम्प अमेरिकाको यस्तो दोस्रो राष्ट्रपति हुनेछन्, जसले एक कार्यकाल राष्ट्रपति पद सम्हालेर दोस्रो निर्वाचनमा पराजित भइ तेस्रो निर्वाचनमार्फत सोही पदमा पुनरागमन गर्न सफल भए । यसअघि अमेरिकाका २२ औँ राष्ट्रपति ग्रोभर क्लेभेलान्डले यो इतिहास रचेका थिए । उनी सन् १८८४ मा अमेरिकाको राष्ट्रपतिमा पहिलो पटक निर्वाचित भएका थिए । तर, सन् १८८८ मा भएको निर्वाचनमा उनी पराजित भए । सन् १८९२ मा भएको निर्वाचनमा भने उनी फेरि…

Read More