तपाईंले प्रदेश सभामा आफ्ना लागि स्वतन्त्र सांसदकै सिट माग्नु भएको हो ?
मैले त्यहाँ (प्रदेश सभामा) त्यति राम्रो सिन देखिनँ । जुनजुन ठाउँबाट जो जसरी जितेर आएको छ त्यसरी नै बसिएको थियो । म पनि पहिला स्वतन्त्रको कुर्सीमा अलग्गै बस्थें । त्यसलै अहिले आफ्नो सिट मागेको हुँ ।
भनेपछि एमाले छोड्नु भएको हो ?
सवाल एमालेको साथ छोडेको वा कांग्रेसलाई साथ दिएको पनि भन्न मिल्दैन अहिले नै । अब हाम्रो पार्टी (नेकपा) विभाजन भइसकेपछि माओवादी एकातिर एमाले एकातिर गइदियो । हिजो एमाले र माओवादी एकैठाउँमा बसेका हौं । अब यहाँ त जनमोर्चाले जसलाई भोट हाल्छ त्यसकै सरकार बन्ने कुरा आयो ।
तपाईंले कसलाई समर्थन गर्नुहुन्छ ?
जनमोर्चाले जसलाई भोट हाल्छ मैले त्यहीँ भोट हाल्ने हो । जनमोर्चाको पोलिसी मलाई किन मन पर्यो भने उनीहरु सरकारलाई समर्थन गर्ने तर मन्त्रिपरिषद्मा नजाने भन्ने राम्रो कन्सेप्ट हो । त्यसलाई नराम्रो भन्न मिल्दैन । यो बेला मन्त्री पाउनकै अरुहरु कुरिरहेका छन् ।
प्रदेशका सांसदहरुको त मलाई थाहा छैन तर केन्द्रका सांसदहरुको सोच मन परेको हो । चित्रबहादुर केसीहरु हाइ प्रोफाइल भएको नेताहरु हुन् । भलै उनीहरु सत्तामा आएनन् ।
पछिल्लो समय मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग संवाद त भयो होला नि ?
मैले मुख्यमन्त्रीलाई जनमोर्चाले तपाईंलाई समर्थन गर्छ भने मैले पनि गर्दिन्छु भनेको छु । मैले पनि धर्म छोड्नु भएन । म कुनैपनि संसदीय दल वा पार्टीको अध्यक्ष भन्ने छैन । मैले एक्लैले डिसिजन लिने हो । म जनमोर्चाकै पछि लागेर जाने हो ।
भोलिबाट तपाईंलाई छुट्टै सिट दिन्छन् ?
पहिले मलाई छुट्टै सिट दिएकै हो । अब दिएन भने त छुट्टै नै बसौला ।
म ढाँट्न नि सक्दिनँ । साइडमा बस्छु । जनमोर्चाले कहाँ लगेर भोट हाल्छ हेरेर बस्छु, त्यहीँ गएर हाल्दिन्छु । मेनसमाचारबाट
