Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
करिअर

पढाइ शुल्क तिर्न नसक्दा मिस्त्रीको काम सुरु

By आयो रैबार संवाददाता१३ आश्विन २०७७, मंगलवार १२:५७
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

कालीकाेट । गाडीमुनि उत्तानो परेर एउटा बालकले पाटपूर्जा बनाइरहेको दृश्य हामी कमैले देखेका हौंला । यो दृश्य देख्दा धेरैलाई अचम्म लाग्छ । यद्यपि शुभकालिका गाउँपालिका–४ (साविक सुकाटिया २) कालीकोटका खेमराज चौलागाईँ १६ वर्ष उमेरदेखि जहाँ गाडी बिग्रन्छ, मिस्त्रीका रुपमा बोलाइन्छन् र सधैझैं उत्तानो परेर गाडी बनाइरहेको देखिन्छन् ।

आजभोलि धेरै अभिभावकका बालबालिका सामाजिक सञ्जालमा गेम खेलेर, गीत बजाएर, युट्युब हेरेर, कमेन्ट गरेर दिन बिताइरहेका घटना खोज्न जानुपर्दैन । यस्तो परिवेशमा बालक चौलागाईँले भने आफूलाई बाल अवस्थामै श्रमसँग जोडेर आत्मनिर्भर बनाउने एउटा असामान्य चरित्रका रुपमा उभ्याएका छन् ।

पाँच कक्षासम्म कर्णाली अंग्रेजी बोर्डिङ स्कुल ताडी कालीकोटमा अध्ययन गरेका उनले ७ देखि १० कक्षासम्म जनजीवन मावि ताडी र हाल १२ कक्षाको अध्ययन पनि सोही विद्यालयमा गर्दै आएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै गर्दा गणित विषयको ट्युसन शुल्क तिर्न नसक्दा आर्थिक उपार्जनको विकल्प खोज्ने क्रममा मिस्त्री काम सुरु गरेको चौलागाईंले बताए ।

“गरिबीका कारण दुई वर्षअघि कक्षा १० मा गणित विषयको ट्यूसन पढ्दै गर्दा शिक्षकले मागेको शुल्क तिर्न सकिन, निकै हिनता बोध भयो”, उनले भने, “घरको आर्थिक अवस्था कमजोर भएकाले पढाइमा अवरोध आउन थालेपछि कमाएर पढ्ने विकल्प खोज्दा पासाङ् अटोपार्ट्स कालीकोटमा मिस्त्रीको काम मिल्यो ।” पछि त्यहीँ कामबाट आर्थिक जोहो हुन थालेको उनले बताए ।

शुल्क तिर्न नसकेका कारण एसइई परीक्षा दिँदा गणित विषयमा फेल भएको तितो अनुभूति सुनाउँदै उनले ११ कक्षाको परीक्षामा एक महिना बिदा लिएको र नतिजा ‘बी प्लस’ आएको बताए । कोरोना महामारीका कारण भने १२ कक्षाको पढाइ र परीक्षा दुबै अन्योल अवस्थामा रहेको उनको भनाइ थियो ।

उमेर सानो देखिए पनि उनको काम ४० वर्षको व्यक्तिले गर्ने भन्दा कम छैन । गाडीको फोहर र जमिनको धुलोमा लट्पटिएर बिग्रेका पाटपूर्जा बनाउनु चौंलागाईंको दैनिकी बनेको छ । जहाँ जतिबेला गाडी बिग्रन्छ, चालकको आग्रहमा त्यसको ममर्त गर्ने र नयाँ पाटपूर्जा हालेर सञ्चालनमा ल्याउने काम उनले गर्दै आएका छन् । अहिले चौलागाईँलाई सफल अटोपार्ट्सको काम भ्याइनभ्याई छ ।

बाह्र कक्षामा अध्ययनरत चौलागाईँ अहिले १८ वर्ष मात्र लागे । दुई वर्ष अघिदेखि सङ्घर्षको यात्रा थालेका उनले गरिबीका कारण आफ्नो जीवनको इञ्जिनीयर बन्ने धोको अधुरो बनेको दुखेसो गरे । “घरमा एक दिदीसहित चार बहिनी छन् । बुबा कवाडी काम गर्नुहुन्छ । आमा गृहणी हुनुहुन्छ”, उनले भने, “जग्गा जमिन नहुँदा परिवारको जीवन गुजारा गर्न मेरो कामले सघाएको छ ।”

हाल चौलागाईंले सफल अटोपार्ट्स कालीकोटमा काम गरिरहेका छन् । भोक, गरिबी, अभाव, अशिक्षा र उत्पीडनले जीवनमा केही गर्ने अवसर प्रदान गर्दोरहेन्छ भन्ने अनुभव उनलाई मिलेको छ । चुनौती र समस्यालाई अवसरमा बदल्ने समाजमा फरक इतिहास निर्माण गर्छन् भन्ने बुझेको बताउँदै चौलागाईँले इञ्जिनीयर बन्ने सपना तुहिए पनि गाडी इन्जिनीयर बन्ने अवसर प्राप्त भएको प्रतिक्रिया दिए ।

दिदी टाउकोको बिरामी हुँदा कसरी उपचार गर्ने भन्ने कुराले अहिले पिरोल्दै आएको उनले बताए । अन्य चार बहिनीको पढाइ खर्च पनि उनले नै बेहोर्दै आएका छन् । यद्यपि बाल्यकालमै श्रमसँग जोडिएका उनको कामले आत्मनिर्भर बन्न उमेरले छेक्दैन भन्ने सन्देश दिएको छ । रासस

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

छाेराकाे फरूवा प्रहारबाट आमाकाे मृत्यु

१५ कार्तिक २०८२, शुक्रबार ११:०८

कर्णालीमा ‘प्रदेश स्वास्थ्य आपत्कालीन तयारी तथा प्रतिकार्य योजना’ निर्माण गरिँदै

१५ कार्तिक २०८२, शुक्रबार १०:५०

मौसम पूर्वानुमान : आज देशभर वर्षाको सम्भावना

१५ कार्तिक २०८२, शुक्रबार १०:४७
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति