Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
पूर्वाधार

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारी सञ्चालन, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत

By आयो रैबार संवाददाता१४ भाद्र २०८३, आईतवार १९:०२
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका लागि वैकल्पिक सडक प्रयोगमा ल्याइएको छ ।

त्रिशूली नदीमा गएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि आज कृष्णभीरमा करिब २० मिटर लम्बाइको सडकको आधाभन्दा बढी भाग भासिएको हो । उक्त सडक भासिएपछि पृथ्वी राजमार्गमा आज बिहानैदेखि यातायात सञ्चालन प्रभावित भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार काठमाडौँबाट बाहिरिने सवारीसाधनलाई तत्कालका लागि दुई वटा वैकल्पिक मार्गबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । उहाँका अनुसार ठूला सवारीसाधन काठमाडौँ बाइरोड–नौबिसे–पालुङ–भैँसे हुँदै गन्तव्यतर्फ जान सक्नेछन् भने साना सवारीसाधन तथा माइक्रोबसका लागि फर्पिङको बाटो प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।


कान्तिलोकपथमा पहिरो गएर सडक अवरुद्ध भएकाले उक्त सडक पनि तत्काल सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको प्रवक्ता सुवेदीले जानकारी दिए ।

उनले भने, “कृष्णभीरमा आज बिहान सडक भासिएपछि सवारी सञ्चालनमा अवरोध भएको छ । हामीले वैकल्पिक सडकको प्रयोगका लागि आवश्यक पहल गरेका छौँ । अवरुद्ध कान्तिलोकपथ पनि खुलाउने कार्य भइरहेको छ ।”

बाढी तथा पहिरोका कारण विभिन्न स्थानका सडक तथा राजमार्ग अवरुद्ध हुन थालेकाले ट्राफिक प्रहरीले चालक तथा यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ । स्थानीय प्रशासन, प्रहरी तथा सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित यात्राका लागि आवश्यक जानकारी लिएर मात्रै सडक प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको हो ।

यसैबीच, सडक विभागका महानिर्देशक डा विजय जैसीका अनुसार कृष्णभीरमा भासिएको सडकको अवस्थाबारे अध्ययन गर्न काठमाडौँबाट विज्ञ टोली त्यसतर्फ पठाइएको छ । सडकको भौगोलिक अवस्था तथा क्षतिको विस्तृत अध्ययनपछि मर्मत तथा पुनःनिर्माणको प्रक्रिया अघि बढाइने छ । सडक विभागले विज्ञ टोली पठाएर अध्ययन गराएपछि मात्रै सडक कसरी मर्मत गर्ने भन्ने टुंगो लगाउने भएको हो।

आइतबार बिहान सडक चिरिएर भासिएपछि सडक विभागले अध्ययनका लागि काठमाडौँबाट विज्ञ टोली कृष्णभीरतर्फ पठाएको छ। टोलीले सडक भासिनुको कारण र क्षतिको अवस्थाबारे अध्ययन गरेपछि साँझसम्म मर्मतको विधिबारे निर्णय हुने सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए।

नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड मुग्लिन–मलेखुका रेजिडेन्ट इन्जिनियर प्रभुराज पाण्डेका अनुसार सडक सामान्य रूपमा मर्मत गर्न सकिने अवस्थामा छैन। विसं २०५६ मा पहिरो गएको स्थानमा त्रिशूली नदीको बाढीले सडकको तल्लो भाग कटान गरेपछि सडक भासिएर चर्किएको हो।


उनका अनुसार त्रिशूली नदीमा शनिबारको तुलनामा पानीको सतह करिब तीन मिटर बढेको छ। पानीको सतह घटेपछि जगबाटै पर्खाल लगाएर सडक उकास्ने वा अन्य विधिबाट मर्मत गर्ने भन्ने टुंगो लाग्नेछ।


कृष्णभीरमा करिब २० मिटर लम्बाइको सडक आधाभन्दा बढी भाग भासिएको छ। करिब ६० मिटर अग्लो सडकको संरचनामा क्षति पुगेको पाण्डेले बताए। सडकको कुनाबाटै चिरिएकाले मर्मत कठिन भएको उनको भनाइ छ।

‘अहिले तत्कालै तल गएर हेर्न सक्ने अवस्था छैन। कति भाग तलबाट खोलिएको छ भन्ने पनि यकिन गर्न सकिएको छैन,’ पाण्डेले भने।

उनका अनुसार सो स्थानमा भित्तो काटेर सडक चौडा गर्न पनि कठिन छ। यसअघि विसं २०५६ मा पहिरो गएपछि तलबाटै सडक उकासेर मर्मत गरिएको थियो भने भित्तातर्फ पहिरो रोकथामका काम गरिएको थियो।

गत वर्ष पनि सोही स्थानमा सडक केही भासिएपछि मर्मतको काम भइरहेको थियो। मर्मतकै क्रममा पुनः सडक भासिएर चिरिएको हो।

सडक विभागका महानिर्देशक जैसीका अनुसार तत्कालका लागि वैकल्पिक सडक प्रयोग गर्नुको विकल्प छैन। अन्य वैकल्पिक सडक सञ्चालनमा रहेकाले यात्रुलाई सोही सडक प्रयोग गर्न उनले आग्रह गरेका छन्।

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

बाढीमा ज्यान गुमाएका परिवारलाई ५० हजार राहत

१५ भाद्र २०८३, सोमबार ११:२३

बाढी प्रभावित बोकेको बस दुर्घटना

१४ भाद्र २०८३, आईतवार १८:४४

भोटेकोशी बाढीपछि उद्धार र राहतमा जुट्यो अन्तर्राष्ट्रिय समुदाय, भारत–चीनसहितको सहयोग नेपालमा

१४ भाद्र २०८३, आईतवार १८:३४
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Twozero Labs

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति