Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
अर्थ

नख्खुमा भेटिएन सरकार !

By आयो रैबार संवाददाता१२ आश्विन २०८१, शनिबार १३:२०
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौँ । शनिबार बिहान उज्यालो हुदा नहुदै काठमाडौँ उपत्यका बाढीको चपेटामा पर्यो । खास गरि कोरिडोर र नदी किनारका बस्ती उज्यालो हुदा नहुदै डुबानमा पर्न शुरु भएका थिए । यसैबीच ललितपुर महानगरपालिका–१४ नखिपोटस्थित नख्खु खोलाको घटनाले सरकारको विपदमा राहत तथा उद्धारमा तयारी कस्तो छ भन्ने एक्सपोज भएको छ ।

नख्खु खोलाको बाढीले नदी किनारमा रहेको टहरो डुबाउँदा बिहानैदेखि चार जना टहरोमाथि चढेर उद्धारको याचना गरिरहे । टहरोको छतमा घन्टौं बस्दा पनि उद्धार हुन सकेन् । अन्तत: टहरो भत्कियो र चारै जनालाई बाढीले बगायो । बाढीले उनीहरुलाई बगाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो र आम मानिसले राजधानीमै नदेखिएको आक्रोस व्यक्त गर्न थाले । 

स्थानीयले बाढीमा बगेका तीन जनाको उद्धार गरेपनि राज्यले अपराह्न सम्म थाहा पाउन नै सकेन ।

अपराहन्न गृहमन्त्री रमेश लेखकलाई यस विषयमा पत्रकारले सोधेको प्रश्नमा उनले भने- ‘नख्खु खोलामा मानिसहरु टहराको छतमा बसेको अवस्थामा हामी कोसिस गर्दा गर्दा पनि बचाउन सकेनौं । यसकाप्रति म दुःखी छु । हेलिकप्टर उडार रेस्क्यु गर्ने कुरामा भिजिविलिटी नभएका कारणले सकिएन ।’ 

राजधानीमै सरकारको विपदमा राहत र उद्धारको तत्परता यति कमजोर देखियो भने देशभरको अवस्था कस्तो होला सजिलै अनुमान गर्न सकिन्छ । 

नख्खु खोलामा यसरी बगे चार जना: 

नख्खु खोला किनारको टहरोमा चारवर्षदेखि रौतहटका ४० वर्षीय राजु साहको परिवार बस्थ्यो । राजुसहित उनका २८ वर्षीय भाई राज, दुईजना छोरीहरू ६ वर्षीया मेघना र ५ वर्षीया सेतु बसिरहेका थिए । उनीहरू फलाम वेल्डिङको काम गर्ने बताइएको छ । बिहान ७ बजेसम्म अवस्था नाजुक बनिसकेको र उनीहरु टहरोको छतमा बसेर उद्धारको गुहार लगाइरहेका थिए । स्थानीय जनप्रतिनिधिले नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासँग हेलिकप्टरमार्फत हवाई उद्धारका लागि भनेपनि प्रहरी केहि बेरमा उद्धारका लागि पर्याप्त संशाधन  बिना नै पुगेको स्थानीय प्रत्यक्षदर्शीले बताए । सामान्य डोरीको आधारमा उद्धारको प्रयास सम्भव नभएको  सार्बजनिक भिडियोमा देख्न सकिन्छ । अन्य समयमा व्यापक प्रचार गर्ने गरिएको नगर प्रहरी समेत संकटको समयमा उपस्थित नभएको स्थानीयको गुनासो छ ।

चारै जना टहरो भत्किएर बाढीमा बगेपछि हेरिरहेका स्थानीय ३३ वर्षीय चणिकलाल तामाङले बाढीमा पसेर तीन जनालाई सकुशल उद्धार गरेका थिए तर एक बालिकालाई भने उद्धार गर्न सकिएन र उनी बेपत्ता रहेकी छन् । उद्धारपछि तीन जनालाई पाटन अस्पताल पुर्याइएको थियो र उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ ।

उपत्यकामा ३२ जनाको मृत्यु

दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण उपत्यकाका तीन जिल्लामा मात्रै ३२ जनाको मृत्यु भएको छ । जसमा काठमाडौंमा ११, ललितपुरमा १६ र भक्तपुरमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

सुर्खेतका ९ स्थानीय तहको बजेट ९ अर्ब बढी, वीरेन्द्रनगरले ४ अर्ब ३८ करोडको बजेट प्रस्तुत गर्दा चिंगाडकाे ४० करोड ८६ लाख

११ असार २०८२, बुधबार १०:२६

दैलेखका ११ स्थानीय तहले ल्याए ६ अर्ब बढीको बजेट, दुल्लुको सबैभन्दा बढी, ठाटीकाँधको कम

११ असार २०८२, बुधबार १०:१५

दैलेखको दुल्लू नगरपालिकाले १ अर्ब ८ करोड बढीको बजेट ल्याउँदा गुराँस गाउँपालिकाको बजेट ७३ करोड ६१ लाख

१० असार २०८२, मंगलवार १९:४७
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति