सुर्खेत । नेपाली काँग्रेसका नेता एवम् पूर्व राज्यमन्त्री खड्कबहादुर बस्यालको निधन भएको छ । ७४ वर्षीय बस्यालको वीरेन्द्रनगर–३ सुर्खेतमा रहेको घरमै आज निधन भएको हो ।
बस्याल नेपाली काँग्रेस सुर्खेतको पूर्व उप–सभापति, नेपाल दलित संघको पूर्व केन्द्रीय अध्यक्ष र २०६४ सालमा पूर्व स्वास्थ्य राज्यमन्त्री थिए । राजनीतिकसँगै समाज सेवामा सक्रिय रहने बस्यालकाे निधनले एक कुशल राजनीतिज्ञ गुमाएकाे नेपाली काँग्रेसका पूर्व सभापति कमलराज रेग्मीले जानकारी दिए ।
यसैबीच नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष कुलमणि देवकोटाले बस्यालकाे निधनको खबरले अत्यन्त मर्माहित र स्तब्ध बनाएको बताएकाछन्। देवकाेटाले भने -‘पूर्व राज्यमन्त्री बस्यालले समावेशी लोकतन्त्र, सामाजिक न्याय, दलित अधिकार र मुलुकको स्वास्थ्य क्षेत्रको सुधारका लागि पुर्याउनु भएको योगदान सदैव स्मरणीय रहनेछ। समाजप्रतिको उहाँको समर्पण, राजनीतिक दूरदृष्टि, नेतृत्व क्षमता र मानवीय मूल्यप्रतिको प्रतिबद्धता सम्पूर्ण समाजका लागि प्रेरणाको स्रोत रहनेछ।’
बस्यालका आठ छोरी र एक छोरा छन् । उहाँ विगत दुई महिनादेखि विरामी रहेको रेग्मीले बताए । उनकअनुसार बस्यालको आजै दिउँसो भेरी नदीमा अन्तिम संस्कार गरिने छ ।

