Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
उर्जा

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

By आयो रैबार संवाददाता११ बैशाख २०८२, बिहीबार ०१:०८
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी क्षेत्रमा खाना पकाउन ग्यास चुल्होको प्रयोग बढ्दै गए पनि ग्रामीण भेगमा अझै ‘गुइँठा’ कै भर पर्ने गृहिणी बर्खायामका लागि भन्दै यसको जोहो गर्न लागेका हुन् ।

बर्खाको समय सुरु हुन केही महिना बाँकी छ तर यहाँ भने अहिलेदेखि नै गुइँठाको व्यवस्थापन गर्ने गरिनछ । हिउँदभरि सडक किनार र चरन क्षेत्रका चउर चाहर्दै गोबर सङ्कलन गर्नु यहाँका ग्रामीण महिलाको नियमित तालिका नै हो । गाईवस्तु पाल्नेले आफ्नै गोठको र नपाल्नेले चरन क्षेत्रबाट बटुलेर ल्याएको गोबरबाट खाना पकाउने दाउरा प्रयोजनका लागि ‘गुइँठा’ बनाउँछन् । हिउँदमा बनाइएका ‘गुइँठा’ वैशाख लागेपछि बर्खाकालका लागि सुरक्षित साथ राख्ने यहाँको चलन हो । हाल यहाँ सो कार्य भइरहेको छ ।

हिउँदमा गोबर पथारेर विभिन्न आकारका ‘गुइँठा’ बनाइन्छन् । यसबाट ‘चिपरी’ र ‘गोरहा’ बनाइन्छन् । घरका भित्तामा पथारेर सुकाइएर बनाइएका गोबरलाई ‘चिपरी’ भनिन्छन् । यसैगरी, गोबर पथारेर त्यसभित्र ससाना भिक्रा वा पराल राखी डोल्याएर सुकाइने ‘गोरहा’ र यी दुवैलाई दुवैलाई ‘गुइँठा’ भनिन्छ ।

जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह छन् । नगर क्षेत्रका भित्री बस्ती पनि ‘गुइँठा’ को प्रयोग भइरहेकै छ । बर्खाकालमा खेतबारीका झिक्राझिक्री भिजेर नबल्ने हुँदा गृहिणी त्यस समयका लागि अहिलेदेखि नै ‘गुइँठा’ बनाएर राख्छन् । “खाना त पकाउनै पर्छ, बर्खामा दाउरा कहाँ खोज्नु ? त्यसैले अहिले नै यिनलाई जोगाएर राख्नु परेको हो”, भङ्गाहा नगरपालिका–४ रामनगरकी पानवती दनुवार भन्छिन्, “अहिले जोगाइएन भने झमझम पानी परेका बेला दुःख पाइन्छ ।”

‘गुइँठा’ बनाउन पैसा खर्च गर्नु नपर्ने र एकपटक सल्काएपछि आगो ननिभ्ने हुँदा खाना पकाउने प्रयोजनका लागि गृहिणीको रोजाइमा पर्ने गरेको छ । अझ गरिब बस्तीमा त ग्यासचुल्हा र काठका दाउराको जोहो गर्न नसक्ने हुँदा ‘गुइँठा’ अनिवार्यजस्तै छ । त्यसैले यी बस्तीका गृहिणी कात्तिकदेखि चैतसम्म गोबर सङ्कलन गरेर ‘चिपरी’ र ‘गोरहा’ पथार्ने र तिनलाई राम्ररी सुकाउने इन्तजाम गर्छन् ।

‘चिपरी’ घरगोठका भित्ताभरि पथारिन्छन् । सुक्दै गएपछि एक ठाउँमा थुपारिन्छ । ‘गोरहा’ भने पथारेर घाम लाग्ने ठाउँमा चाङ लगाएर सुकाइन्छ । यसरी वैशाख लागेपछि सुकेका ‘चिपरी’ र ‘गोरहा’ गोठको एकछेउ वा सानो छाप्रो बनाएर थन्क्याइन्छ । असारदेखि असोजसम्म त्यसको प्रयोग हुन्छ ।

“खाने चामल, पीठो त बनिबुतोबाट पाइएला तर दाउराको धेरै समस्या पर्छ”, औरही नगरपालिका–७ भोइलटिम्कियाकी भुट्टी सदा मुसहर भन्छिन्, “त्यसैले अहिलेदेखि नै पराले झुप्रामै गुइँठा राख्नु परेको हो ।”

‘गुइँठा’ बर्सायाममा सहजताका लागि मात्रै होइन, यसमा पाकेका खानेकुरा स्वादिला हुने भएकाले पनि ग्रामीण बस्तीका साना किसान र कतिपय मध्यमवर्गीय परिवारको पनि रोजाइमा पर्ने गरेको छ । गौशाला–६ जमुनियाँकी रामपरी थारू इन्धनका लागि अन्य साधनको जोहो गर्न नसक्ने आर्थिक रूपमा विपन्नहरूका लागि गुइँठाले निकै राहत दिने गरेको बताउँछिन् ।

बर्दिबास नगर कार्यपालिकाको कार्यालयको स्वास्थ्य शाखा प्रमुख तथा वरिष्ठ स्वास्थ्य निरीक्षक सुरेश पासवान ‘गुइँठा’ मा पकाइएको खाना मौलिक स्वादको हुने र स्वस्थ्यकर पनि हुने भएकाले यो धेरैको रोजाइमा पर्ने गरेको बताउँछन् । यद्यपि यसको धुवाँ खाना पकाउने गृहिणीको स्वास्थ्यमा अत्यन्त प्रतिकूल हुनेहुँदा विशेष सतर्कता भने आवश्यक रहेको उनको भनाइ छ । “खासगरी ग्रामीण महिलामा श्वासप्रश्वासको समस्या धेरैजसो भान्साघरको धुवाँबाटै हुने गरेको पाइन्छ । आर्थिक अवस्थाले वैकल्पिक इन्धनको जोहो गर्न नसक्नेहरूका लागि ‘गुइँठा’को प्रयोग अनिवार्य बाध्यता पनि हो । यसर्थ धेरै धुवाँ हुने गरी होइन, हावा ओहोरदोहोर हुने ठाउँमा खाना पकाउने र अन्य स्वास्थ्य सतर्कता अपनाउन जरुरी हुन्छ”, वरिष्ठ स्वास्थ्य निरीक्षक पासवानको सुझाव छ ।

महोत्तरीसहित मधेसका जिल्लामा धेरैजसो गोबर खाना पकाउने इन्धन प्रयोजनमा खपत हुने गरेको छ । यसले खेतीका लागि रासायनिक मलको निर्भरता बढाएको भङ्गाहा–४ रामनगरका ८० वर्षीय किसान दीपबहादुर फुयालको बुझाइ छ । “कम्पोष्ट मल बनाइने गोबर दाउरा बन्छ । कम्पोष्ट मल नभएपछि खेतबारी मलिलो हुन नसक्दा उत्पादन घट्दो छ । रासायनिक मलमा निर्भरता बढ्दो छ”, उनले भने ।

इन्धनमा गोबरको विकल्प खोज्नैपर्ने फुयालसहितका पाका किसानको मत छ । “कम्पोष्ट मलको अभावमा जग्गामा उत्पादन घट्दो छ । सरकारले किसानलाई ग्यास चुलो जडान गर्न उत्प्रेरित गर्न र गरिब जनतासम्म वनउपज (दाउरा) मा पहुँच दिन आवश्यक पर्छ”, फुयालकै छिमेकी ८५ वर्षीय छविलाल दाहालले भने ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

भाषण गर्दा गर्दै ढलेका जिफन्टका उपाध्यक्ष गौतमको मृत्यु

१४ कार्तिक २०८२, बिहीबार १६:३३

मुगुको कोइकी हिमालमा पहिलो पटक सफल आरोहण

१४ कार्तिक २०८२, बिहीबार १६:२७

दैलेखकाे डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृतले घुस लिएको आरोपमा मुद्दा

१४ कार्तिक २०८२, बिहीबार १६:०३
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति