Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कला

कर्णालीले जोगाएको साख : लाज शरणम्

By आयो रैबार संवाददाता२७ फाल्गुन २०८१, मंगलवार ०२:४३
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौँ । कर्णाली प्रदेशको ग्रामीण परिवेशमा आधारित कथा हो, ‘लाज शरणम्’, जहाँ सुन तस्करी, सामाजिक समस्या र स्थानीय जनजीवनका सङ्घर्ष प्रस्तुत गरिएका छन् । समाजमा व्याप्त विकृति र तिनको प्रभावलाई चलचित्रमा घुमाउरो तरिकाले पस्कन खोजिएको छ । 

कर्णालीबाट विदेश जान हिँडेका एक युवा विदेश त पुग्छन् तर गएको केही महिनामै उनको मृत्यु हुन्छ । शव विमानस्थलमा ल्याइन्छ तर त्यो शव परिवारले बुझ्न नपाउँदै एउटा बक्साबाट अर्को बक्सामा परिवर्तन गरिन्छ । विमानस्थलका कर्मचारी (प्रियना आचार्य) ले शवको कफिन लेखिएको ट्याग विमानस्थलमा साटेपछि कथाले नयाँ मोड लिन्छ । एकातिर शव हराउँछ भने अवैध सुन सन्देश परिवारकहाँ पुग्छ । चलचित्रको कथा यहीँबाट सुरु हुन्छ । कर्णालीबाट चुनाव जितेर आएका भ्रष्ट देखाइएका मन्त्री चन्द्रबहादुर (मुकुन्द श्रेष्ठ) र सुन तस्कर सोनालाल (सीताराम कट्टेल) को सुन आउनुपर्ने बाकसमा जब शव भेटिन्छ त्यसपछि चलचित्रको कथामा अनेकन मोड आउँछन् । 

शव राख्ने बाकसमा सुन राखेर तस्करी गर्न नहिच्किचाउने तस्करले आफ्नो हराएको सुन पाउन गरेको तिकडम नै चलचित्रको कथा हो । यता कर्णालीमा कुपोषणका कारण अकालमै मृत्यु भएका सन्देश (महेश त्रिपाठी) को छोराको कथा पनि बेग्लै छ । मन्त्रीले कर्णालीको डाँडामा भ्यु टावरको शिलान्यास गर्न जान सक्छन् तर कुपोषणका कारणले उपचार नपाएर तड्पिरहेका सन्देशका छोरालाई जिल्ला ल्याउन आनाकानी गर्छन् । उनको छोराको मृत्युले सन्देशभित्र पलाएको बदला भाव, कर्णालीमा एउटा अस्पताल बनाउने उनको धोको कसरी पूरा हुन्छ ? अस्पताल बनाउनका निम्ति के सन्देशले पनि सुन तस्करको बाटो अपनाएका हुन् । यता दाइको शवको साटो सुन आउँदा लोभिने तुला (विजय बराल) लगायतका पात्रले पनि चलचित्रको कथा सुस्तरी सुस्तरी अगाडि बढाउने काम गरेका छन् । 

पात्रको हिसाबले चलचित्रमा सोनालालको भूमिकामा देखिनुभएका सीताराम कट्टेलको संवाददेखि लिएर अभिनय शैली कमजोर छ । यही चलचित्रका अर्का पात्र महेश त्रिपाठीको अभिनयले उहाँलाई गुमनाम पारिदिन्छ । महेशको अभिनयले दर्शकलाई भावुक बनाउँछ भने सीतारामको अभिनयबाट दर्शक प्रभावित हुने ठाउँ छैन । मुकुन्द श्रेष्ठको अभिनय पनि वाहवाही गर्ने खाले छैन । यी दुवैको चरित्रले चलचित्रलाई कमजोर बनाउने काम मात्र गरेको छ । 

महेश र रेणु योगीले बोलेका कर्णालीको लबजले दर्शकलाई अवश्य पनि भावुक बनाउँछ । तुलाको पात्रमा देखिनुभएका विजय बरालको अभिनय झन् तिखारिएको छ । उनको बोल्ने लबज, पराग खाने शैलीदेखि लिएर सुन हड्प्ने भूमिका तारिफयोग्य छ । सुन तस्करको मुख्य नाइकेका रूपमा देखिनुभएका अर्पण थापाको अभिनय तारिफयोग्य छ । चलचित्रमा कम बोलेर नै उहाँले दर्शकको मन जित्नुभएको छ भने सागर लम्साल (बले), सिर्जना अधिकारी, कमलमणि नेपाल, अर्जुन घिमिरे (पाँडे बा) प्रियना आचार्यलगायतको अभिनयलाई ठिकठाक भन्नु पर्छ । निर्देशक कुमार कट्टेल आफैँ पनि चलचित्रमा देखिनुभएको छ तर उहाँको अभिनय दर्शकले अपेक्षा गरे अनुसारको छैन । दर्शकले निर्देशक कट्टेलबाट जति आशा गरेका थिए त्यो एकदमै कम पाइन्छ ।           

चलचित्रको राम्रो पक्ष भनेको कर्णालीको मनमोहक दृश्य नै हो । सुदीप बरालले खिच्नुभएको कर्णालीको मनमोहक दृश्यले भने अवश्य नै दर्शकको मन जित्न सक्छ ।  चलचित्र प्रदर्शनअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको ¥याप गीत ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ चलचित्रको माग जति बढाएको थियो, त्यसको प्रभाव चलचित्र प्रदर्शन भएपछि खासै देखिएन । निर्देशक कट्टेलले दाजु सीतारामा कट्टेललाई मात्र बढी प्राथमिकतामा राख्न खोजेकाले पनि चलचित्र खस्किएको हो कि ? त्यस्तै चलचित्रमा निर्देशक चुकेको अर्को पक्ष भनेको चलचित्रको कमजोर पटकथा र चरित्र चित्रणमा नै हो । 

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

छाेराकाे फरूवा प्रहारबाट आमाकाे मृत्यु

१५ कार्तिक २०८२, शुक्रबार ११:०८

कर्णालीमा ‘प्रदेश स्वास्थ्य आपत्कालीन तयारी तथा प्रतिकार्य योजना’ निर्माण गरिँदै

१५ कार्तिक २०८२, शुक्रबार १०:५०

मौसम पूर्वानुमान : आज देशभर वर्षाको सम्भावना

१५ कार्तिक २०८२, शुक्रबार १०:४७
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति