एजेन्सी । बलिउड निर्देशक अनुराग कश्यपविरुद्ध यौन दुर्व्यवहार मुद्दामा मुम्बई प्रहरीले कारवाही अगाडि बढाएको छ।
कलाकार पायल घोषले अनुरागमाथि दुर्व्यवहारको आरोप लगाउँदै वर्सेवन पुलिस स्टेसनमा उजुरी दिएकी छन्। हप्ता दिन वित्दा पनि अनुरागविरुद्ध कारवाही अगाडि नबढाएको भन्दै पायलले भोक हड्ताल गर्ने चेतावनी पनि दिएकी छन्। यो बीचमा उनले महाराष्ट्रका गभर्नर भगतसिंह कोश्यारीलाई भेटेर कारवाही नभएको गुनासो गरेकी थिइन्।
पायलले चौतर्फी दबाब बढाएपछि प्रहरीले दुर्व्यवहार मुद्दामा अनुरागलाई कानुनी पत्र पठाएर सोधपुछमा बोलाएको छ। अनुरागलाई विहीवार वर्सोवा पुलिस स्टेशनमा उपस्थित हुन भनिएको छ।
समाचार संस्था एएनआईका अनुसार अनुरागलाई भोलि ११ बजे वर्सोवा पुलिस स्टेशनमा बोलाएर वयान लिइने छ।