Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

चलचित्र ‘प्रकाश’लाई विभेद गरिएको भन्दै जुम्लावासी आन्दोलित, जिल्ला प्रशासनमा ज्ञापनपत्र

By आयो रैबार संवाददाता१२ भाद्र २०७९, आईतवार १३:२८
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

जुम्ला।जुम्लाको परिवेश, रहन सहन, भाषा, संस्कृतिमा आधारित भएकै कारण राजधानीका चलचित्र हलहरुले ‘प्रकाश’लाई शो विभाजनमा विभेद गरेको भन्दै जुम्लावासीहरु आन्दोलित भएका छन् । आफूहरुको यथार्थ प्रस्तुत गरेको चलचित्रलाई आम नेपालीमाझ पुग्नबाट रोक्ने गलत मनशायले ‘प्रकाश’माथि विभेद गरेको भन्दै उनीहरुले जिल्ला प्रशाशन कार्यलय जुम्लामार्फत सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, चलचित्र विकास बोर्ड र चलचित्र संघको ध्यानाकर्षण गराएका हुन् ।

कर्णालीमाथिको विभेद अन्त्य गर, ‘प्रकाश’ प्रदर्शनका लागि प्रयाप्त शोहरु देऊ जस्ता नाराहरू लेखिएका प्लेकार्डसहित जिल्ला प्रशासन कार्यलयमा उपस्थित भएका जुम्लावासीहरुले सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाललाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन् । उनीहरुले ‘प्रकाश’ माथिको विभेद नरोके थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । ‘प्रकाश’ माथिको विभेद आफूहरुमाथिको विभेद हो भन्दै स्वतस्फूर्त रुपमा जुम्लावासीहरु प्रतिकारमा उत्रिएको चलचित्र ‘कालोपोथी’का निर्माता समेत रहेका स्थानीय अनुप थापाले जनाएका छन् । ‘प्रकाश’ जुम्लाको प्रतिबिम्ब भएको भन्दै उनीहरुले जुम्लालाई देशले बुझ्न पाउनुपर्ने बताएका छन् ।

‘प्रकाश’ कर्णालीको कला र संस्कृतिको ऐना भएको थापाको भनाई छ । खस भाषा र जुम्लाको परिवेश भएकै कारण विभिन्न बहाना देखाएर चलचित्र प्रदर्शनका लागि प्रयाप्त समय नदिइनु जुम्लामाथि काठमाडौंले गरिरहेको विभेदको निरन्तरता भएको उनीहरुको भनाई छ । विगतमा निर्देशक दिनेश राउत र कलाकार प्रदिप खड्काको चलचित्रलाई मल्टिप्लेक्सहरुले प्रयाप्त शो दिने गरेको उल्लेख गर्दै कलाकार समेत रहेका स्थानीय धनराज सुनारले ‘प्रकाश’को रिभ्यु राम्रो हुँदा पनि शो कम दिनु भनेको जुम्लामाथि अन्याय भएको बताए ।

उनले ‘प्रकाश’ले जुम्लाकै सहन सहन देखाएको, कलाकारहरुले त्यहीको भाषा बोलेको, त्यहीको परिवेशमा छायाँकन भएको जस्ता कारणले विभिन्न बहाना देखाएर चलचित्रमाथि विभेद गरिएको गुनासो गरे । अन्यथा राम्रो रिभ्यू आएको र दर्शकको समेत डिमाण्ड भएको चलचित्रलाई किन शो कम दिएको भन्दै प्रश्न समेत गरेका छन् । त्यसो त जुम्लामा भएको प्रिमियर शोमा चलचित्र हेरेका जुम्लीहरूले समेत ‘प्रकाश’को मुक्त कण्ठले प्रशंसा गरेका छन् । शनिबार साँझ राजधानीमा चलचित्र हेरेका जुम्ली दर्शकहरुले समेत चलचित्र आफूहरुको भोगाइको प्रतिविम्ब भएको प्रतिक्रिया दिएका छन् ।

महेन्द्र अधिकारीको निर्माण रहेको चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट वर्गीय विभेदको कुरा पनि उठाइएको छ । विकास सुवेदीको लेखन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

छाेराकाे फरूवा प्रहारबाट आमाकाे मृत्यु

१५ कार्तिक २०८२, शुक्रबार ११:०८

कर्णालीमा ‘प्रदेश स्वास्थ्य आपत्कालीन तयारी तथा प्रतिकार्य योजना’ निर्माण गरिँदै

१५ कार्तिक २०८२, शुक्रबार १०:५०

बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’

१५ कार्तिक २०८२, शुक्रबार १०:४२
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति