Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
मुख्य समाचार

शुन्य समयमा बोल्दै सांसदहरुले जनजीविकाको विषयमा सरकारको ध्यानाकर्षण गराए

By आयो रैबार संवाददाता५ चैत्र २०७९, आईतवार ०९:२८
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौँ । प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले जनजीविकाको विभिन्न विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणको काममा भइरहेको ढिलाइको विषय उठाएका छन् भने जनजीविकाको सन्दर्भमा विभिन्न विषयहरु पनि उठाएका छन् ।

प्रतिनिधि सभा सदस्य भानुभक्त जोशीले गत वर्षको बेमौसमी वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा भएको जनधनको क्षतिको हालसम्म राहत पाउन नसकेका बताए । उनले बाढी, पहिरोबाट क्षति भएका पीडितहरुलाई तत्काल राहतको व्यवस्था गर्न माग गरे ।

प्रतिनिधि सभा सदस्य महेशकुमार बर्तौलाले सरकारले मलमा मूल्यवृद्धि गरेको भन्दै त्यसको विरोध गरे । उनले मलको मूल्यवृद्धि गरेर सरकारले किसानमाथि ज्यादती गरिरहेको बताए । उनले सुकुम्वासीहरुले हालसम्म जग्गाधनी पुर्जा पाउन नसकेका भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

प्रतिनिधि सभा सदस्य माधव सापकोटाले वि.सं. २०७१ साल साउन १७ गते सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो पीडितहरुलाई दिने भनिएको राहत रकम हालसम्म जिल्ला विपद् व्यवस्थापन समितिको खातामै रहेको भन्दै सो रकम फुक्का गरी पीडितलाई नगदै वितरण गर्न माग गरे ।

प्रतिनिधि सभा सदस्य मंगलप्रसाद गुप्ताले सहकारी संस्थाहरुलाई राष्ट्र बैंकले नियमन गर्नुपर्ने बताए । सहकारीलाई नियमन गर्न नसकेमा सर्वसाधारणको अर्बौं रुपैयाँ डुब्ने उनले उल्लेख गरे ।

प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले ताप्लेजुङ जिल्लाको पाथिभरा क्याम्पसमा आज स्ववियु निर्वाचनको दिन अनेरास्ववियुका विद्यार्थीमाथि सांघातिक हमला भएको र स्ववियु निर्वाचनमा धाँधली भएको बताए । सत्ताको आडमा निष्पक्ष र धाँधलीरहित स्ववियु निर्वाचन हुन नसकेको बताए ।

प्रतिनिधि सभा सदस्य रघुजी पन्तले धुर्मुस, सुन्तलीले चितवनमा बनाउन शुरु गरेको क्रिकेट रंगशाला सरकारले बाँकी रकम तिरेर आफैँ बनाउनुपर्ने बताए । त्यस्तै मुलपानीको रंगशाला पनि बनाउनुपर्ने उनले बताए ।

प्रतिनिधि सभा सदस्य रणकुमारी बलम्पाकी मगरले सिन्धुली जिल्लामा कमला नदीले जमिन कटान गरिरहेको भन्दै वैज्ञानिक किसिमले तटबन्धनका लागि बजेट छुट्याउन सरकारसँग माग गरे । त्यस्तै जनता आवास कार्यक्रमलाई निरन्तरता दिन पनि उनले माग गरे ।

प्रतिनिधि सभा सदस्य रणेन्द्र बरालीले फागुन २२ गते सिरहाका भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले आफ्नो माताको श्रद्धाञ्जली कार्यक्रममा शुद्ध भोज कार्यक्रममा जाति र धर्मको आधारमा छुवाछुतजन्य व्यवहार गरेको भन्दै गम्भिर सामाजिक अपराध मानि कारबाही गर्न सरकारसँग माग गरे ।

प्रतिनिधि सभा सदस्य रमा कोइराला पौड्यालले संविधानले योगदानमा आधारित सामाजिक सुरक्षालाई श्रमिकको मौलिक हकको रुपमा लिएको भन्दै सबै प्रतिष्ठानहरु सूचिकृत गरी मौलिक हकको कार्यान्वयन गर्न अनुरोध गरिन् ।

प्रतिनिधि सभा सदस्य राजकिशोर यादवले लाखौँ युवाहरु नागरिकता विहीन भएकाले सामान्य जीवनयापन गर्न समेत नसकिरहेका बताए । उनले नागरिकता सम्बन्धी समस्या कहिले समाधान हुन्छ भनी प्रश्न गरे । त्यस्तै सरकारले मलमा दिँदै आएको अनुदान कटौति भएको प्रति पनि उनले विरोध जनाए ।

प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाले देशमा क्रिकेट खेल मैदानको व्यवस्था गर्न सरकारसँग अनुरोध गरे । त्यस्तै किसानले मल समयमै पाउने र अनुदान पाउने व्यवस्था गर्नपनि सरकारसँग माग गरे । उनले सभामुखले पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिएर प्रेस स्वतन्त्रतामाथि आघात परेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराए ।

प्रतिनिधि सभा सदस्य रुपा सोसी चौधरीले कर्णाली नदी टिकापुर बस्तीमा छिर्ने सम्भावना भएकाले कर्णाली नदी नियन्त्रणमा ध्यान दिन सरकारलाई आग्रह गरिन् ।

प्रतिनिधि सभा सदस्य रोशन कार्कीले सहकारी र लघुवित्तको चर्को व्याजका कारण लाखौँ मानिसहरु सुकुम्वासी हुने अवस्था आएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

प्रतिनिधि सभा सदस्य लिलानाथ श्रेष्ठले सरकारले मल र दूधको मूल्य वृद्धि गरेको भन्दै विरोध गरे । उनले सरकार जनताप्रति उत्तरदायी बन्न नसकेको बताए । उनले महँगी बढिरहेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२३ असार २०८२, सोमबार ०९:१३

आज यी ५ प्रदेशमा भारी वर्षाकाे सम्भावना

२३ असार २०८२, सोमबार ०९:११

थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’

२३ असार २०८२, सोमबार ०९:०७
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति