Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

‘न बिजुली बल्छ, न खानेपानी आउँछ, तल भेरी सुसाइरहन्छ, माथि गाउँ तिर्खाले छटपटिन्छ’

By आयो रैबार संवाददाता१८ चैत्र २०८१, मंगलवार १३:४५
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत।कर्णालीको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकासँगै जोडिएको पालिका हो बराहताल । बराहताल गाउँपालिका–४, स्थित तरङ्गा बस्ती बत्तीमुनिको अँध्यारो जस्तै छ । तरङ्गामा बत्ती बाल्न तार तानिएको तीन वर्ष भयो । यहाँका गाउँलेले अझै बिजुली बाल्न पाएका छैनन् ।

२०७८ सालमा सुरू भएको बिजुलीको तार विस्तारले गति नलिँदा भेरी नदी तटीय क्षेत्र माथिल्लो तरङ्गा, सिम्लेपानी, केलाडी, तल्लो तरङ्गा, साझघाट र कुटा लगायतका आठवटा बस्ती अझै अन्धकारमा छन् ।

भेरी किनारका बस्तीहरू सदियौँदेखि खानेपानी, स्वास्थ्य, विद्युतको पहुँच बाहिर छन् । स्वच्छ खानेपानी अभावले यहाँका अधिकांश नागरिक भेरीको पानी प्रयोग गर्न बाध्य छन् ।

बस्तीको पुच्छार भेरी नदी बग्छ । तर, खेतीयोग्य जमिन सिँचाइको अभावले सुख्खा टार बनेका छन् । मानिसको ठूलो बसोबास भएको माथिल्लो तरंगा लगायत बस्तीमा भेरीको पानी प्रयोग गर्न सोलार लिफ्ट निर्माण गरिएको छ । तर, मर्मत र उचित संरक्षण अभावमा करोडौँ लगानीका संरचना बेवारिसे छन् ।

२०७६ सालमा सोलार सिस्टमबाट भेरीको पानी लिफ्ट गरी माथिल्लो तरङ्गामा सिँचाइ तथा खानेपानी दिने लक्ष्यसाथ निर्माण गरिएको भेरी लिफ्ट उद्घाटन भएकै दिनबाट बन्द छ । खेतीपाती गर्न आकाशे पानीको भर पर्नुपरेको स्थानीय ६८ वर्षीया रुपा कामी बताउँछिन् । यसपाली पर्याप्त पानी नपर्दा मिहिनेत अनुसारको उत्पादन लिन नसकेको उनी गुनासो गर्छिन् ।

‘छेउमै भेरी बग्छ । तर, आकाशे पानी नआई हाम्रा बारी भिज्दैनन्,’ उनले भनिन्, ‘यो समस्या अहिलेको होइन, पुर्खादेखिको हो ।’ नेताहरूले भेरीको पानी बारीमा पुर्‍याउने आश्वासन मात्रै बाँडेको बताउँदै उनले भनिन्, ‘२०७६ मा सोलार सिस्टममार्फत् भेरीको पानी ल्याउन सुरु भएको थियो । आयोजना बनेर उद्घाटन पनि भयो तर, पानी कहिल्यै आएन । घरछेउ निरन्तर भेरी बग्छ । यता बस्तीमा शुद्ध खानेपानीको कहर छ ।’

गाउँमा बिजुली नहुँदा खानेपानीसँगै खेतबारी सुख्खा रहेको अर्का स्थानीयबासिन्दा ललित सुनारले सुनाए ।

‘बिजुली नहुँदा विद्यार्थीलाई पढ्न समस्या छ,’ उनले भने, ‘घरमा बत्ती छैन । विद्यालय टिनको पाताले छाएको छ । गर्मीमा भित्र बसेर पढ्न समस्या छ ।’ बिजुली नहुँदा सिँचाइ गर्न एक करोड बढी खर्चेर निर्माण गरिएको लिफ्ट आयोजना काम नलाग्ने भएको उनले बताए ।

एक केजी कुटानी–पिसानीको ६ रुपैयाँ

रुपा कामीको बस्तीमा खाद्यवस्तु कुटानी–पिसानी गर्न महँगो मूल्य तिर्न पर्छ । उनले एक केजी खाद्यवस्तु कुटानी–पिसानी गरेबापत ६ रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता रहेको सुनाइन् । बिजुली नहुँदा कुटानी–पिसानी गर्न डिजेलबाट चल्ने मिलका कारण महँगो मूल्य तिर्न स्थानीय बाध्य छन् ।

बिजुली नहुँदा कुटानी–पिसानीमा महँगो मूल्य तिर्ने गरेको अर्का स्थानीय आशाराम थापाले बताए । ‘बत्ती भए सस्तो हुन्थ्यो कि ?, ‘अहिले कुटानी पिसानी गरेको ६ रुपैयाँ तिर्नु पर्छ ।’ हुनेखानेका घरमा सोलारको उज्यालो छ । नहुनेका घर अन्धकार छन् । विपन्नताको कहरमा रहेकी स्थानीय ७० वर्षीया पानसरी कडायतको घर रात पर्नेबित्तिकै अन्धकार बन्छ ।

‘हुने खानेका घरमा ठूला क्षमताका सोलार बत्ती छन् । नहुनेका घरमा केही छैन,’ विगतमा उज्यालोका लागि वन पैदावर प्रयोग गरिने भए पनि अहिले त्यो चलन हराएको बताउँदै उनले भनिन्, ‘गाउँमा पानीको समस्या त छँदैछ । बत्ती नहुँदा भेरीको पानी खेर गए जस्तो लाग्छ ।’

साविक तरंगा गाविसको केन्द्र रहेको तरंगामा बिजुली पुर्‍याउन प्रयास नगरिएको पनि होइन । बिजुली र पोल विस्तारको ठेक्का लिएका ठेकेदारको बदमासीले तरंगावासी उज्यालोबाट बञ्चित हुनुपरेको स्थानीयसमेत रहेका वडाध्यक्ष बिर्ख सिजापतिले बताए ।

‘तरङ्गामा सिधा लाइन अनुसार काम गरेको भए आजसम्म बिजुली आइसक्थ्यो तर, बीचमा लाइन ८ नम्बरतिर मोडियो,’ उनले भने, ‘छिटो लाइन विस्तारको काम अघि बढाउन ठेकेदारसँग छलफल गरेका छौँ ।’

उनका अनुसार भेरी तटीय क्षेत्रका नागरिकलाई लक्षित गरी सडक निर्माण भइरहेको छ । चालु आर्थिक बर्षदेखि हुड्के–ब्युरेनी–साझघाट–चेपाङ–जामु सडक निर्माणले गति लिएको उनले बताए । कर्णाली प्रदेश सरकारले ठेक्का गरेर खड्का कृष्ण-श्याम शंकर जेभी काठमाडौंले निर्माणको जिम्मेवारी पाएको छ । ६१ करोड ५९ लाख ३० हजार बजेट रहेको सडक निर्माण ०८३ साल असार १५ गतेसम्म गरिसक्ने लक्ष्य लिइएको छ ।

यो सडक तोकिएकै समयमा निर्माण भएको खण्डमा भेरीपारिको ठूलो जनसंख्य सडक पूर्वाधारसँग जोडिने उल्लेख गर्दै वडाध्यक्ष सिजापतीले पर्यटकीय उच्च सम्भावना भएको बराहतालबाट लाभ लिन सकिने बताए ।

स्वास्थ्य उपकरण चलाउन समस्या

स्वास्थ्य चौकी तरङ्गाले बर्थिङ सेन्टरसहितको सेवा दिन्छ । बर्थिङ्ग सेन्टरका लागि अक्सिजन कन्सनट्रेटर, भ्याक्सिन राख्ने फ्रिज राखिएका छन् । तर, बिजुली छैन । अक्सिजन कन्सनट्रेटर बिरामीलाई अक्सिजन दिने सबैभन्दा उपयुक्त र सजिलो विकल्प हो । तर, बत्ती नहुँदा सोलारबाट चलाउन समस्या हुने गरेको स्वास्थ्य चौकी प्रमुख चन्द्रकिरण थापाले बताए ।

‘यहाँ आवश्यकता अनुसारका सबै उपकरण छन्,’ उनले भने, ‘बत्ती नहुँदा अहिले सोलारबाट चलाउन समस्या छ’, प्रमुख थापाले व्यंग्य गर्दै भने, ‘यहाँ माल छ, चाल नपाएपछि के काम ?’

उनले विगतमा अक्सिजनको अभावमा एक बालकले ज्यान गुमाउनु परेको सुनाए । ‘एकजना बालकलाई अक्सिजनको आवश्यकता थियो । यहाँको अक्सिजन कन्सनट्रेटर बत्ती अभावमा चलेन,’ उनले भने, ‘हामीले वीरेन्द्रनगर रिफर गर्‍यौँ । उनी अस्पताल पुग्नसाथ बितेछन् । अक्सिजन भएको भए बचाउन सकिन्थ्यो ।’

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवात नेपाल प्रवेश गर्दै, कोशी र मधेश प्रदेशमा भारी वर्षा हुने सम्भावना

१२ कार्तिक २०८२, मंगलवार १६:४५

उच्छृङ्खल गतिविधि गरेको आरोपमा सुर्खेत प्रहरीले ९ जनालाई पक्राउ

१२ कार्तिक २०८२, मंगलवार १६:३९

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, चार जनाको मृत्यु

१२ कार्तिक २०८२, मंगलवार १६:०४
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति