Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

घट्दै सामुदायिक विद्यालय

By आयो रैबार संवाददाता१ जेष्ठ २०८२, बुधबार ०१:०६
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । कर्णाली प्रदेशमा सामुदायिक विद्यालयको सङ्ख्या घटेका छन् भने संस्थागत (निजी) विद्यालय बढेको पाइएको छ । सहरोन्मुख बस्तीको विकास हुनु, थोरै विद्यार्थी भएका विद्यालय मर्ज हुनु, मावि तहसम्मको विद्यालय खोल्ने अनुमति स्थानीय तहले दिने अधिकार हुनु र सामुदायिक विद्यालय राजनीतिको सिकार भइरहने हुँदा सामुदायिक विद्यालय घटेको जानकार बताउँछन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार अहिले सामुदायिक विद्यालयको सङ्ख्या तीन हजार २१० रहेका छन् । जबकि अघिल्लो वर्ष तीन हजार २३३ थिए । गत वर्षको भन्दा यस वर्ष २३ वटा घटेका छन् । मन्त्रालयका शैक्षिक योजना तथ्याङ्क तथा अनुसन्धान शाखाका अधिकृत आठौँ बलवीर सुनारले शिक्षा तथा मानवस्रोत विकास केन्द्रको २०८१ को फ्ल्यास रिपोर्टमा कर्णालीमा अघिल्लो वर्षको तुलनामा यस वर्ष सामुदायिक विद्यालयको सङ्ख्या २३ वटाले घटेको उल्लेख भएको बताए।

यसै गरी संस्थागत विद्यालयको सङ्ख्या २७७ वटा पुगेको छ । अघिल्लो वर्ष २५० वटा थियो । अघिल्लो वर्षको तुलनामा संस्थागत विद्यालय २७ वटा बढेको फ्ल्यास रिपोर्टमा उल्लेख भएको उनले जानकारी दिए । सामुदायिक विद्यालय केही मर्ज पनि गरिएकोले सङ्ख्या घटेको उनकाे भनाइ छ। विद्यार्थी सङ्ख्या निकै थोरै भएका सामुदायिक विद्यालय मर्ज गर्दा विद्यालय घटेको, बस्ती विकास भएपछि अभिभावकले आफ्ना सन्तानलाई सामुदायिकभन्दा निजीमा पढाउन थालेका कारणले गर्दा सामुदायिक विद्यालय घटेको मन्त्रालयका अनुसन्धान शाखा अधिकृत सुनारले बताए ।

यसै गरी कर्णालीमा आधारभूत तह (कक्षा १–८) सम्मका ४० प्रतिशत विद्यार्थी संस्थागत विद्यालयमा अध्ययन गर्ने गरेका छन् । सो तहसम्म कर्णालीमा कुल तीन लाख ५४ हजार ७४० जना विद्यार्थी छन् । जसमध्ये ४०.२ प्रतिशत अर्थात् ५२ हजार ८८६ जना विद्यार्थी संस्थागत विद्यालयमा पढ्छन् । सामुदायिक विद्यालयमा ६० प्रतिशत अर्थात् तीन लाख एक हजार ९०४ जना अध्ययन गर्ने गरेको जानकारी उहाँले दिनुभयो । मावि तह (कक्षा ९–१२) का एक लाख २७ हजार ८३३ विद्यार्थीमध्ये सामुदायिकमा एक लाख २१ हजार ४७ जना र छ हजार ७७६ जना संस्थागतमा पढ्ने गरेका छन् ।

मावि तहसम्म संस्थागत विद्यालयमा पढाइ अङ्ग्रेजी भाषाको सुधार हुने भएकोले अभिभावकले यो तहमा बढी सामुदायिक विद्यालयमा भन्दा संस्थागत विद्यालयमा बढी भर्ना गर्ने गरेको पाइएको छ ।

यता शिक्षा विकास निर्देशनालयले पनि विद्यालय सञ्चालनको अनुमति दिने अधिकार स्थानीय तहलाई भएको र विद्यार्थी अभावमा सामुदायिक विद्यालय मर्ज हुँदै गए आगामी वर्ष पनि सामुदायिक विद्यालयको सङ्ख्या घट्दै जाने जनाएको छ । निर्देशक दीपा हमालले मावि तहसम्म विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई भएकोले बजार विस्तार भएका ठाउँमा संस्थागत विद्यालय बढ्ने बताइन् । यस्तै थोरै विद्यार्थी भएका विद्यालय पनि गाभिएका कारण सामुदायिक विद्यालयको सङ्ख्या घटेको र आगामी वर्ष पनि घट्न सक्ने हमालले जानकारी दिइन् ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवात नेपाल प्रवेश गर्दै, कोशी र मधेश प्रदेशमा भारी वर्षा हुने सम्भावना

१२ कार्तिक २०८२, मंगलवार १६:४५

उच्छृङ्खल गतिविधि गरेको आरोपमा सुर्खेत प्रहरीले ९ जनालाई पक्राउ

१२ कार्तिक २०८२, मंगलवार १६:३९

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, चार जनाको मृत्यु

१२ कार्तिक २०८२, मंगलवार १६:०४
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति