Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

दशकौंदेखिको बहुप्रतीक्षित सपना साकार हुँदै

By आयो रैबार संवाददाता६ असार २०८२, शुक्रबार ११:२३
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

हुम्ला।राष्ट्रिय सडक सञ्जालसँग हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटलाई जोड्ने दशकौंदेखिको बहुप्रतीक्षित सपना आउँदो साता साकार हुँदै छ। अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको नेपालको एक मात्रै जिल्ला सदरमुकाम हुम्लाको सिमकोट हो। हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित खार्पु हुँदै बग्ने चुवाखोला–कर्णाली नदीमाथि नेपाली सेनाले निर्माण गरिरहेको बेलिब्रिज अन्तिम चरणमा पुगेको छ।

नेपाली सेनाले बेलिब्रिज निर्माणको ९९ प्रतिशत काम पूरा गरेको जनाएको छ। ‘केही दिनभित्रै पुल निर्माणको काम सम्पन्न हुन्छ,’ पुल निर्माण कार्यदलका प्रमुख मेजर रन्जित बुढाथोकीले भने, ‘आगामी सातादेखि बेलिब्रिज सञ्चालनमा ल्याउने लक्ष्य छ।’

यो बेलिब्रिज पुलले सदरमुकाम सिमकोटलाई मात्रै होइन, उत्तरको छिमेकी चीनलाईसमेत जोड्नेछ। कर्णाली करिडोर सिमकोट हुँदै चीनको सिमाना हिल्सासम्म पुग्छ। दक्षिणको छिमेकी भारतसँग सिमाना नजोडिएको कर्णाली प्रदेशका लागि कर्णाली करिडोर ‘भाग्यरेखा’ हो।

हुम्ला सदरमुकाम सिमकोटदेखि हिल्सासम्म नियमित यातायातका साधन चल्छन्। प्रदेश राजधानी सुर्खेतबाट खार्पु पुलसम्म पनि नियमित यातायातका साधन चल्छन्। सदरमुकाम सिमकोटदेखि हिउँ परेको समयबाहेक चीनको नाकासम्म सवारीसाधन चल्छन्। अघिल्लो वर्ष काठमाडौं हुँदै चीनको बाटोबाट ल्याइएका बस हिल्सा–सिमकोट सण्डमा सञ्चालन भइरहेका छन्। चुवाखोला–कर्णाली नदीमाथि पुल नहुँदा सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन् भने कर्णाली करिडोरले पनि पूर्णता पाएको छैन्।

गत पुस १६ गते मन्त्रिपरिषद् बैठकले चुवाखोला–कर्णाली नदीमा बेलिब्रिज बनाउने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो। खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले चुवाखोलामा बेलिब्रिज बनेपछि गाडीलाई डोरीले बाँधेर नदी तार्नुपर्ने बाध्यता हट्नुका साथै कर्णाली करिडोरले पनि पूर्णता पाउने बताए।

‘यो पुल सञ्चालनमा आएसँगै भारत र चीन जोड्ने त्रिदेशीय सडकले पनि पूर्णता पाउनेछ,’ रावलले भने, ‘यो हुम्ला जिल्लासँगै सिंगो कर्णाली प्रदेशको विकासमा कोशेढुंगा बन्नेछ।’

पुल सञ्चालनमा आएसँगै तिब्बतको ताक्लाकोटदेखि भारतको रूपैडियासम्म सीधा सडक सञ्जाल जोडिनेछ। पुल बनेसँगै कर्णाली प्रदेशको आर्थिक विकासको गति पनि बढ्ने अपेक्षा स्थानीयको छ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवात नेपाल प्रवेश गर्दै, कोशी र मधेश प्रदेशमा भारी वर्षा हुने सम्भावना

१२ कार्तिक २०८२, मंगलवार १६:४५

उच्छृङ्खल गतिविधि गरेको आरोपमा सुर्खेत प्रहरीले ९ जनालाई पक्राउ

१२ कार्तिक २०८२, मंगलवार १६:३९

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, चार जनाको मृत्यु

१२ कार्तिक २०८२, मंगलवार १६:०४
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति