काठमाडौँ । यसवर्षको एसईई परीक्षाका नतिजा शुक्रबार प्रकाशित भएको छ । नतिजा अनुसार जीपीए १.६० देखि २.०० ल्याएर ८ जना उत्तीर्ण भएका छन् ।
यस्तै सबैभन्दा धेरै परीक्षार्थी जीपीए २.८० देखि ३.२० ल्याएर ८९ हजार १४४ जना उत्तीर्ण भएका छन् ।
यस्तै जीपीए ३.६० देखि ४.०० ल्याएर ४८ हजार १७७ जना परीक्षार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यस्तै यस वर्षको एसईईमा १ लाख ६७ हजार ५९७ परीक्षार्थी फेल भएका छन् ।
कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जनामात्रै उत्तीर्ण भएका हुन् ।
बोर्डले ४ लाख ३८ हजार ८९६ जनाको नतिजा प्रकाशित गरेका हो । बोर्डका अनुसार उत्तीर्ण दर यो वर्ष ६१.८१ रहेको छ।

