Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
मुख्य समाचार

साम्राज्यवाद विरुद्ध सड्कमा आन्दोलनको गर्ने सहमति

By आयो रैबार संवाददाता२२ असार २०८२, आईतवार ०७:५१
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौँ । यतिवेला वैश्विक रुपमा साम्राज्यवादले नाङ्गो प्रकारले हस्तक्षेप बढाइरहेको छ । विभिन्न देशहरूमा अमेरिकी साम्राज्यवादले गर्दै आइरहेको विध्वंसात्मक आक्रमणबाट सिङ्गो मानव समाजलाई नै खतरामा पारिरहेको सहजै रुपमा बुझ्न सकिन्छ । यसरी भन्नु पर्दा अमेरिकाले सिङ्गो संसारलाई आफ्नो आधिपत्यको रुपमा बुझ्ने गरेको छ ।

अमेरिकी साम्राज्यवादले विभिन्न देशहरूमाथि गर्दै आएको आक्रमण सांघातिक हमला त हो नै, त्यसको साथसाथै विभिन्न बहानामा विभिन्न देशहरुलाई सताउँदै आइरहेको पनि छ । जस मध्यः आणविक क्षेप्यास्त्रहरू राखेको, आतंकवादलाई संरक्षण गरेको, आफ्ना कुटनीतिक गतिविधिमा संलग्न नभएको लगायतका वहानामा विभिन्न देशहरूका सार्वभौमिकता माथि नै हमला गर्दै आइरहेको छ ।

यसै बीच साम्राज्यवाद विरुद्ध शनिबार नेपालका पाँच वामपन्थी राजनीतिक पार्टीहरूले संयुक्त बैठक सम्पन्न पारेका छन् । बैठकमा नेकपा (मसाल) का महामन्त्रि मोहनविक्रम सिंह, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’, क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव सिपी गजुरेल बीच सम्पन्न बैठक सम्पन्न भएको हो । बैठकमा नेकपा (माओवादी) केन्द्रका महासचिव देव गुरुङ र अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीको पनि उपस्थिति रहेको थियो ।

उक्त बैठकले अमेरिकी साम्राज्यवादको विरुद्धमा संघर्ष गर्ने निर्णय गरेको बैठकमा सहभागि भैरवराज रेग्मीले हामीलाई जानकारी दिनुभएको छ ।

अमेरिकी साम्राज्यवादले विभिन्न देशहरूका राष्ट्रिय स्वाधीनतामाथि मात्रै नभएर अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन समेत गर्दै आएको बैठकमा सहभागी वामपन्थी शिर्ष नेताहरूले टिप्पणी गरे । अमेरिकी साम्राज्यवादले तेश्रो विश्वयुद्धको दुष्प्रयास गरेको नेताहरूको ठम्याई रहेको थियो ।
‘नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक सम्पन्न भयो ।’ रेग्मीले भन्नुभयो, ‘आजको बैठकमा सहभागि वामपन्थी पार्टीहरूले आगामी यहि असार २३ गते पुनः बैठक बसी साम्राज्यवाद विरुद्ध सड्कमा आन्दोलनको गर्ने सहमति गरेको छ ।’

सड्क कार्यक्रममा अन्य वामपन्थी दलहरू, नागरिक समाज एवं साम्राज्यवाद विरोधी व्यक्तिहरूलाई समेत सहभागि गराउने बारेमा छलफल भएको रेग्मीले बताउनु भयो ।

त्यस्तै रेग्मीका अनुसार साम्राज्यवाद विरुद्ध खुकुलो प्रकारको फोरम पनि निर्माण गर्ने सहमति भएको छ । उक्त फोरमलाई कसरी सञ्चालन गर्ने भन्ने बारे पछि छलफल गरि टुंगो लगाउने रेग्मीको भनाई थियो ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

छाेराकाे फरूवा प्रहारबाट आमाकाे मृत्यु

१५ कार्तिक २०८२, शुक्रबार ११:०८

कर्णालीमा ‘प्रदेश स्वास्थ्य आपत्कालीन तयारी तथा प्रतिकार्य योजना’ निर्माण गरिँदै

१५ कार्तिक २०८२, शुक्रबार १०:५०

मौसम पूर्वानुमान : आज देशभर वर्षाको सम्भावना

१५ कार्तिक २०८२, शुक्रबार १०:४७
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति