Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

कर्णालीमा ‘प्रदेश स्वास्थ्य आपत्कालीन तयारी तथा प्रतिकार्य योजना’ निर्माण गरिँदै

By आयो रैबार संवाददाता१५ कार्तिक २०८२, शुक्रबार १०:५०
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

कर्णाली । विपद्का हिसाबले मुलुकको अत्यन्तै जोखिम मानिने कर्णालीमा ‘प्रदेश स्वास्थ्य आपत्कालीन तयारी र प्रतिकार्य योजना’ निर्माण गर्न थालिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजना र स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको समन्वयमा उक्त प्रतिकार्य योजना निर्माण गर्न थालिएको हो । यसका लागि सुर्खेत वीरेन्द्रनगरमा तीन दिनसम्म हुने ‘प्रदेश स्वास्थ्य आपत्कालीन तयारी र प्रतिकार्य योजनासम्बन्धी कार्यशाला’ बिहीबारदेखि सञ्चालन भएको छ ।

कार्यशाला उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले विपद्का लागि जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि जनशक्ति र स्रोत आवश्यकता औँल्याए । कर्णालीको भूगोलअनुकूल विपद् प्रतिकार्यका लागि तत्काल खर्च गर्ने स्रोत जुटाउन कठिन हुने गरेको उनको भनाइ थियो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमप्राप्त जनशक्तिहरू सङ्ख्यामा धेरै भए पनि प्रतिकार्यमा फिल्ड खटिने सङ्ख्या कम भएको टिप्पणी गर्दै मन्त्री भण्डारीले कार्यान्वयन हुने योजनाहरूको निर्माण र त्यसको रूपरेखा तयार कार्यशालाबाट सहयोग पुग्ने बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव दिवस आचार्यले विपद् तथा प्रतिकार्यका लागि बनाइएको योजनालाई प्रदेशको मौलिकतामा अन्तिम रूप दिन विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागितामा कार्यशालाको आयोजना गरिएको बताए । डा अमृत पोखरेलले सातै प्रदेशको आफ्नो हावापानी र माटो सुहाउँदो प्रतिकार्य योजना तयारी गरी अन्तमा राष्ट्रियस्तरको योजना निर्माण कार्यान्वयनमा लैजाने बताए ।

कार्यशालामा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका जनस्वास्थ्य अधिकृत एवं विपद् सम्पर्क व्यक्ति किरण शर्माले कर्णालीमा भूकम्प, पहिरो, आगलागी, चट्याङलगायतका २१ विशिष्टीकृत विपद् र त्यसबाट उत्पन्न हुने खतराको नियन्त्रण, रोकथाम र प्रतिकार्य कसरी गर्ने भन्ने विषय समेटिएको आफ्नो प्रस्तुति राखे। उक्त प्रस्तुतिसँगै उहाँले विपद्जन्य घटनालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने दस्ताबेज तयार गरी त्यसलाई अन्तिम स्वरूप दिन छलफल गरिएको जनाए ।

कार्यशालामा कर्णालीको विपद् जोखिम अवस्था, त्यसको न्यूनीकरण र प्रतिकार्य कसरी गर्ने भन्ने विषयमा समूह कार्य गरिएको थियो । जसमा सिङ्गो कर्णाली प्रदेशको परिचयका विषयमा डा रत्नवीर सुनार, प्रादेशिक सन्दर्भका बारेमा रितिजा रावल, संस्थागत स्वास्थ्य प्रणाली बारेमा जनस्वास्थ्य अधिकृत उमा डिसी र प्रादेशिक विपद् जोखिम विवरण डा जीवन परियारले प्रस्तुति राखिन्।

उक्त कार्यशालामा दशवटै जिल्लाका जनस्वास्थ्य तथा आयुर्वेद कार्यालयका प्रमुख, स्वास्थ्यसँग सम्बन्ध निकायका प्रमुख, नेपाली सेना, नेपाल तथा सशस्त्र प्रहरीलगायतका प्रमुख एवं प्रतिनिधिसहित सबै सरोकारवालाको सहभागिता रहेको थियो ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

छाेराकाे फरूवा प्रहारबाट आमाकाे मृत्यु

१५ कार्तिक २०८२, शुक्रबार ११:०८

मौसम पूर्वानुमान : आज देशभर वर्षाको सम्भावना

१५ कार्तिक २०८२, शुक्रबार १०:४७

आज विश्व सहरीकरण दिवस मनाइँदै

१५ कार्तिक २०८२, शुक्रबार १०:४४
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति