हुम्ला। हुम्लाको सर्केगाड गाउँपालिका–७, रोडिकोटमा माटोको ढिस्को पुरिएर एक जनाको मृत्यु भएको छ। यस्तै चार जना घाइते भएका छन्।
मृत्यु हुनेमा स्थानीय नेत्रकला जैशी रहेको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष देवकी तिमल्सिनाले बताइन् ।
घाइते हुनेहरुमा तीर्थकला जैशी, दक्षिमा जैशी, तीर्थकला जैशी र मन्जु जैशी रहेका छन् ।
आज बिहान भएको घटनाबारे जिल्ला प्रशासन कार्यालयलाई पत्रसहित जानकारी दिइसकिएको उनले बताइन् ।

