Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

प्रधानमन्त्रीद्वारा उद्घाटन गरिएको बेलीब्रिज ‘अस्थायी समाधान’ मात्रः पूर्व मुख्यमन्त्री

सरकारी उदासिनता र ढिलासुस्तिका कारण अस्थायी पुल जडान गर्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना भयाे
By आयो रैबार संवाददाता२३ असार २०८२, सोमबार ०९:०३
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
फाइल तस्वीर ।
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । हुम्लाको खार्पूनाथस्थित कर्णाली नदीमा बनेको बेलीब्रिज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा सत्तारुढ गठबन्धनकै प्रमुख दल नेपाली कांग्रेसका संसदीय दलका नेता शाहीको अनुपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

‎हुम्लामा हुम्लाकै प्रतिनिधि  अनुपस्थित हुनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।‎प्रधानमन्त्री ओली, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र प्रदेश प्रमुख यज्ञराज जोशीसहितको उच्चस्तरीय टोली हुम्ला पुगेर राष्ट्रिय सडक सञ्जालमा जिल्ला जोडिएको घोषणा गर्दा शाहीले भने सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

‎उनको भनाइमा बधाई र धन्यवादसँगै सरकारको कामप्रति असन्तुष्टि र व्यङ्ग्य पनि झल्किएको छ ।‎पूर्व मुख्यमन्त्री शाहीले हुम्लाबासीलाई बधाई दिँदै लेखेका छन्, ’हुम्ला जिल्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा छिटो पुर्‍याउने कार्यको क्रेडिट वर्तमान सरकारलाई नै जान्छ ।’

‎तर, उनले यसअघिका प्रयासहरूलाई नजरअन्दाज गर्न नहुने भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।’यो भन्दै जाँदा १०० डिग्री तापक्रम पश्चात् मात्र पानी उम्लिन्छ र आकार लिन्छ भन्ने महत्त्वपूर्ण पाटोलाई हामी कोही कसैले र कहिल्यै पनि नजरअन्दाज भने गर्नु हुन्न,’ उनले लेखेका छन् ।

यसले सडक सञ्जाल जोड्ने कार्यमा विगतका सरकार र आफ्नो पहलकदमीको भूमिका रहेकोतर्फ सङ्केत गरेको छ ।

‎शाहीले उद्घाटन गरिएको बेलीब्रिजलाई ‘अस्थायी समाधान’ मात्र भएको बताएका छन् । ‎उनले सोही स्थानमा निर्माणाधीन पक्की पुल निर्माणमा भएको सरकारी उदासीनता र ढिलासुस्तीका कारण अस्थायी पुल बनाउनुपर्ने बाध्यात्मक अवस्था आएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ’आज हस्तान्तरित एवं उद्घाटन भएको रेडिमेट फलामे बेलीब्रिज अस्थायी समाधान मात्र हो । सरकारबाट पक्की सडक पुलको अविलम्ब निर्माणमा चासो र पर्याप्त बजेट व्यवस्थापन गर्नु नै यसको स्थायी समाधान र हामी सबैको कार्यभार हो।’

‎आफ्नो गृह जिल्लामा भएको महत्त्वपूर्ण कार्यक्रममा भौतिक रूपमा उपस्थित नभई टाढैबाट धन्यवाद दिएका शाहीले आगामी दिनमा कर्णाली राजमार्गको स्तरोन्नति र पक्की पुल निर्माणमा सरकारको ध्यान जानेमा विश्वास व्यक्त गरेका छन् ।

‎उनले जनप्रतिनिधिको हैसियतले सडक निर्माण र विस्तारमा आफ्नो निरन्तर पहलकदमी र खबरदारी रहने प्रतिबद्धतासमेत जनाएका छन् ।

‎उनको यो ‘टाढैबाट धन्यवाद’ले कार्यक्रमप्रतिको असन्तुष्टिलाई थप बल दिएको छ ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

अन्तरविद्यालय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सम्पन्न

१२ श्रावण २०८२, आईतवार १४:४५

अस्पताल लैजाँदै गर्दा एम्बुलेन्समा बलात्कार

१२ श्रावण २०८२, आईतवार १३:५८

कुष्ठरोगको आशङ्कामा छ वर्षदेखि छाउगोठमा बस्दै आएका ५६ वर्षीय धनवीरे कामीको उद्धार 

१२ श्रावण २०८२, आईतवार १३:४८
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति