सुर्खेत।राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) सुर्खेतले अन्तरविद्यालय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता शनिबार वीरेन्द्रनगरमा सम्पन्न गरको छ । जिल्लास्तरीय प्रतियाेगितमा २२सदस्य विद्यालयहरूको सहभागिता रहेको थियो ।
वक्तृत्वकला प्रतियोगिता प्रथम स्थान उत्तरगंगा कर्णाली स्कूल, द्वितीय डी.भी. निकेतन र तृतीय स्थान एड्भान्स बेटर इङ्लिश मिडियम स्कूलले हासिल गरेका थिए । त्यस्तै हस्तलेखन प्रतियोगितामा प्रथम विद्याज्योती निकेतन,द्वितीय अरनिको स्कूल र तृतीय स्थान विश्वज्योती स्कूलले हासिल गरेका थिए । यस्ता कार्यक्रमहरूले विद्यार्थीमा आत्मविश्वास, सिर्जनशीलता र भाषिक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने आयोजककाे भनाइ छ ।
कार्यक्रममा विद्यालयका संरक्षक, प्रधानाध्यापक, शिक्षक, विद्यार्थीहरू, तथा विभिन्न तहका अतिथि, पदाधिकारी र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।