सुर्खेत । कालिकोटको खाँडाचक्र नगरपालिका–१० मा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको जिप खुलालु–जुम्ला सडक खण्डको खाँडाचक्र नगरपालिका– १० गोलुवामा कर्णाली प्रदेश ०२–००१ ख ०९७६ नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा घाइतेको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल कालिकोट पठाइएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख टेकबहादुर रावलले जानकारी दिए ।
उनका अनुसार जिप सडकबाट अन्दाजी एक सय मिटर तल तिला नदी किनारामा खसेको छ । जिप सवार सबैको उद्धार गरिसकिएको छ । घाइतेहरुको सनखात हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।






