सुर्खेत।देउसी भैलो खेल्ने क्रममा वीरेन्द्रनगरकाे नयाँ घुस्रा सुर्खेतमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा सुर्खेत प्रहरीले ९ जनालाई पक्राउ गरेकाे छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माेहनजंग बुढथापाका अनुसार वीरेन्द्रनगरकाे नयाँ घुस्रा सुर्खेतमा देउसी भैलो खेल्ने क्रममा उच्छृंखल गतिविधि संग्तलग्न ९ जनालाई ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेकाे छ ।
पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर- ३ का वर्ष १८ का उत्सव पुनमगर, साेही ठाउँका चाहिन गुरुङ, वर्ष २१ का विक्रान्त गुरुङ छन् । यस्तै वीरेन्द्रनगर-९ लाटिकोईलीका बर्ष १८ का हेमराज रोकाय, सिमान्त पन्त, समिर खत्री, सन्देश रावल, रौनक बाह्रघरे र किरण चौधरी छन् । उनीहरूले कार्तिक ६ गते राती साढे १ बजेकाे समयमा बाटो छेकी पीडितलाई ज्यान मार्ने उद्देश्य राखी कुटपिट गरेर घाईते बनाएकाे प्रवक्ता बुढथापाले बताएका छन् ।

