सुर्खेत, ३ असाेज । संबिधान दिवसको अवसरमा नेपालका १६ जना पत्रकारलाई बिभुषित गर्ने निर्णय गरेको छ ।
कर्णाली प्रदेश बाट नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय काेषाध्यक्ष तथा कर्णालीपत्र दैनिकका प्रधानसम्पादक सूर्यमणि गाैतम र कर्णाली प्रदेशकी बरिष्ठ पत्रकार टीका विष्टले संविधान दिवसकाे अवसरमा सम्मानीय राष्ट्रपतिबाट जनसेवा पदकबाट बिभूिषत हुने भएका छन् ।
यस वर्षको संविधान दिवसको अवसरमा सम्मानित हुनेहरुको सूचीमा १४ जना पत्रकार र दुई जना सन्चारकर्मीसमेत छन् ।
कीर्तिमय राष्ट्रद्वीप चतुर्थबाट ८ जना पत्रकारहरु सम्मानित हुने भएका छन् । सम्मानित हुनेहरुमा डा. राजेश झा ‘अहिराज’, सागर पण्डित, राजेश कुमार अर्याल, गोविन्द प्रसाद भण्डारी, शुभशंकर कँडेल, धर्मेन्द्र कर्ण, शुभेच्छाविन्दु तुलाधर र चिरञ्जीवी मास्के छन् ।
यसैगरी सुर्खेतका सूर्यमणी गौतम, गुल्मीका मोहन बस्नेत, सुनसरीका लिलाराज खनाल, दाङका सविन प्रियासन चौधरी, बागलुङका हरिनारायण गौतम र रुकुमकी टिका विष्टलाई जनसेवा श्री पञ्चम पाएका छन् ।
जनसेवा श्री पञ्चम पाउनेको सूचीमा सञ्चारकर्मीद्वय तेजदत्त खकुराल (धादिङ) र कृष्णचन्द्र लामिछाने (पर्सा)को नाम पनि छ ।