Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

काेराेनाले छेकेन संविधान दिवस मनाउन

By आयो रैबार संवाददाता३ आश्विन २०७७, शनिबार ०७:४२
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत, ३ असाेज । कर्णाली प्रदेशमा कोरोना कहरकै बीच संविधान दिवस मनाइएको छ । नेपाल सरकारको बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धि सुरक्षा मापदण्ड अनुसार संविधान दिवसको आयोजना गरी मनाइएको हो ।

दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कोरोनाको भयावह अवस्था आएको बताउँदै सजग र सचेत भइ दैनिक कार्य सञ्चालन गर्न कर्णालीवासीलाई आग्रह गरे ।

संविधान दिवस मूल समारोह समिति कर्णाली प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उनले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गरेको बताउँदै समाजवाद उन्मुख अर्थतन्त्रको लक्ष्य राखेको स्मरण गरे ।

उनले संविधानको मूल मर्म, मान्यतालाई कायम राख्दै समृद्ध कर्णाली सुखारी कर्णालीवासी बनाउने अभियानमा सबै राजनीतिक दल मन, बचन र कर्मले लाग्ने र त्यसमा सबैको समान सहभागिता रहने अपेक्षा गरेको बताए । उनले सामाजिक एकता कायम गर्दै देश निर्माणमा लाग्न सबैलाई आग्रह समेत गरे ।

कार्यक्रममा सभामुख राजबहादुर शाहीले नेतृत्वप्रति जनविश्वास बढाउन आग्रह गरे । पछिल्लो समयमा राजनीतिक नेतृत्व प्रति जनताको विश्वास घट्दै गएको बताउँदै जनताले विश्वास गर्ने वातावरण बनाउन राजनीतिक नेतृत्वलाई आग्रह गरेका हुन् ।

उनले एकपटक जनताको मत लिने र त्यसपछि फेरि मत माग्ने समयमा मात्रै जनतातर्फ फर्कने प्रवृत्ति मौलाउँदै गएको बताउँदै दीर्घकालसम्म जनताले भरोसा गर्ने खालको वातावरण तयार गरी अघि बढ्नुपर्ने सुझाव दिए ।

जनताले चाहे जति, सोचे जतिका अपेक्षा पुरा नभएको स्वीकार्दै सभामुख शाहीले तन्मय र दत्तचित्तका साथ लागेर कमीकमजोरी आत्मसाथ गर्दै जनचाहनालाई केन्द्रविन्दुमा राखेर अघि बढनुपर्नेमा उनको जोड थियो ।

संविधानमा केहि समूहको चित्त नबुझेको बताउँदै उनले ती सबै पक्षलाई वार्ता र सम्वादको माध्यमबाट संविधान पालना गर्ने अवस्थामा ल्याउन पहल गर्न राजनीतिक दलहरुलाई उनले आग्रह गरे ।

उनले योजना छनौटमा जनसहभागिता पर्याप्त मात्रामा गर्नुपर्ने बताउँदै जनप्रतिनिधि एक्लैले छनौट गरेर नहुने बताए । कम्तिमा दिगो रहने योजना बनाउनु आजको आवश्यकता भएको उनको भनाई थियो । उनले अहिले पनि संविधानले दिएको अधिकार प्रयोग नगर्ने, केन्द्रकै अधिकार सूचीमा भर पर्नुपर्ने अवस्था रहेको बताउँदै संघीयताको मूल मर्म, संविधानले दिएको अधिकार बमोजिम सबै चल्नुपर्ने बताए ।
त्यसरी केन्द्रकै आधारमा चल्दा केहि विकृति पनि समाजमा देखा परेको बताउँदै विकृती छोडेर कर्तव्यतर्फ लाग्न सबैको ध्यान जान आवश्यक रहेको सभामुख शाहीको भनाइ थियो ।

कार्यक्रममा सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जनताको बलबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रसहितका उपलब्धी कसैले पनि खोस्न नसक्ने बताए । जनताको त्याग, सर्मपण, बलिदानी र कहियौं आन्दोलनबाट प्राप्त भएको यो संविधानले आम नागरिकलाई धेरै अधिकार दिएको र अत्यन्तै उत्कृष्ट संविधान भएको उनको भनाई थियो ।

जनपक्षीय संविधानको रुपमा यो संविधान रहेको बताउँदै यसले निर्दिष्ट गरेका सबै अधिकारको सबैले प्रयोग गर्ने र देशलाई समृद्ध बनाउन सबैको समान सहभागिता आवश्यक रहने मन्त्री ज्वालाले बताए ।

कार्यक्रममा सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, उद्योग पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, कर्णाली योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकाया, योगेन्द्र बहादुर शाही, सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायलगायतको सहभागिता रहेको थियो ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

भाषण गर्दा गर्दै ढलेका जिफन्टका उपाध्यक्ष गौतमको मृत्यु

१४ कार्तिक २०८२, बिहीबार १६:३३

मुगुको कोइकी हिमालमा पहिलो पटक सफल आरोहण

१४ कार्तिक २०८२, बिहीबार १६:२७

दैलेखकाे डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृतले घुस लिएको आरोपमा मुद्दा

१४ कार्तिक २०८२, बिहीबार १६:०३
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति