Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अन्तिम परीक्षा पनि अनलाइन माध्यमबाटै गर्ने

By आयो रैबार संवाददाता४ आश्विन २०७७, आईतवार ०९:२३
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले व्यवस्थापन र मानविकी संकायको स्नातक र स्नातकोत्तर तहको अन्तिम परीक्षा पनि अनलाइन माध्यमबाटै गर्ने भएको छ ।

पहिलो चरणमा व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ र शिक्षा शास्त्र संकायको स्नातक तहको सातौं सेमेस्टर र स्नातकोत्तर तहको तेस्रो सेमेस्टरको परीक्षा अनलाइन माध्यमबाट गर्न लागिएको परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख डा.आनन्दप्रसाद सुवेदीले बताए ।

यी परीक्षाहरु असोज १७ देखि कात्तिक ६ गतेसम्म हुँदैछ ।

यसअघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन माध्यमबाटै मिड ट्रम (सेमेस्टरको बीचमा लिइने) परीक्षा गरेको थियो । ‘करिब ६ हजार विद्यार्थीले (अनलाइनबाटै ) परीक्षा दिइसकेका छन् । मिड ट्रम प्रभावकारी भएपछि फाइनल परीक्षाको तयारी थालेका हौं,’ प्रमुख सुवेदीले भने ।

विश्वविद्यालयले मिड ट्रम परीक्षा भन्दा अन्तिम परीक्षामा केही सुधार गरेको छ ।

विद्यार्थीलाई परीक्षा अवधि ८ घण्टा तोकिएको छ । बिहान ८ बजे इमेलबाट परीक्षार्थीलाई प्रश्नपत्र पठाइनेछ । सोही दिन साँझ ४ बजेसम्म प्रश्नको जवाफ लेखेर विद्यार्थीले उत्तरपुस्तिका पठाउनुपर्नेछ ।

कर्णालीको भौगोलिक विकटता, इन्टरनेट र विद्युतको अवस्थालाई ध्यानमा राखी ८ घण्टाको समय तोकिएको प्रमुख सुवेदीले बताए । ‘विद्यार्थीले परीक्षा हलमा परीक्षा दिँदा चार घण्टाको समय लाग्छ । थप चार घण्टा इमेल गर्ने समय थपेका छौं’ उनले भने ।

परीक्षार्थीले ‘ए–फोर’ साइजको कागजमा उत्तर लेखेर ‘पीडीएफ’ फाइल बनाई इमेल गर्नुपर्नेछ । प्रश्नको शैली परिवर्तन गरिने विश्वविद्यालयले जनाएको छ । सिर्जनात्मक तथा समस्या समाधानमूलक प्रश्न, केही विषयगत प्रश्न र केही वस्तुगत प्रश्न राखिने परीक्षा व्यवस्थापक डा. सुवेदीले बताए ।

मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डीन कमलेश डिसीले अहिलेको परिस्थितिमा अनलाइन परीक्षा उत्तम भएको बताए । कोरोना महामारीलाई देखाएर अलमलिनु भन्दा वैकल्पिक उपाय खोजनु उत्तम हुने उनी बताउँछन् ।

‘विद्यार्थीले घरमै बसेर गुगलमा खोजेर, कसैसंग सोधेर, पुस्तकका पाना पल्टाएर वा अन्य कुनै माध्यमबाट उत्तर खाजेर जवाफ दिन्छ भने त्यसलाई अन्यथा मान्न मिल्दैन’ उनले भने, ‘बरु समान र हुबहु जवाफ आएको खण्डमा ती उत्तरको नम्बर काट्ने मापदण्ड राख्नुपर्ने हुन्छ ।’

विश्वविद्यालयमा पछिल्लो समय भर्चुअल माध्यमबाट अध्यापन गराइरहेको छ । विश्वविद्यालयको केन्द्रीय र १० वटा आंगिक क्याम्पसका गरी झण्डै ७५ सय विद्यार्थी अध्ययनरत छन् ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

मुगुको कोइकी हिमालमा पहिलो पटक सफल आरोहण

१४ कार्तिक २०८२, बिहीबार १६:२७

रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

१४ कार्तिक २०८२, बिहीबार १५:५१

उच्छृङ्खल गतिविधि गरेको आरोपमा सुर्खेत प्रहरीले ९ जनालाई पक्राउ

१२ कार्तिक २०८२, मंगलवार १६:३९
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति