सुर्खेत । सुर्खेतका जिल्लाका ट्राफिक प्रमुख उदयसिंह सिजापतीको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल काठमाण्डौं सरुवा भएको छ ।
अब सुर्खेत जिल्लाको ट्राफिक प्रमुखमा हाल जिल्ला प्रहरी कार्यालय दैलेखका कार्यरत उपेन्द्र प्रसाद आचार्य आउँने भएका छन ।
यस्तै बढुवा हुने लाइनमा बसेका । जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्सपेक्टर भरत शाहको पनि इलाका प्रहरी कार्यालय कटासे लम्की, कैलालीमा सरुवा भएछ ।
उक्त सरुवाको नोटिस प्रहरी प्रधान कार्यलय काठमाडौंको वेवसाइटमा असोज ५ गते राखिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको असोज ५ को निणर्यबाट इन्स्पेक्टरहरुको सरुवा भएको हो ।
यसअघिका आईजीपी ठाकुर ज्ञवालीकै पालामा इन्स्पेक्टर सरुवा गर्ने प्रयास गरिए पनि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय, नक्सालबीच मतभेदका कारण रोकिएको थियो । थापाको समयमा पनि तीब्र दबाबका कारण लामो समय रोकिएको निरीक्षकको सरुवा सोमबार भएको हो ।
हेर्नुस् सरुवा सूची