Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

अदुवा र बेसार खेतीबाट मनग्य आम्दानी हुन थालेपछि सल्यानी किसानहरु उत्साहित

By आयो रैबार संवाददाता७ आश्विन २०७७, बुधबार ०५:५७
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सल्यान। अदुवा, बेसार खेतीबाट राम्रो आम्दानी हुन थालेपछि सल्यानका किसानहरु उत्साहित भएका छन्। थोरै जग्गाबाट पनि मनग्य आम्दानी गर्न सकिने भएपछि किसानहरु अन्नबाली छाडेर व्यावसायिक अदुवा र बेसार खेतीमा लागेका हुन्।

परम्परागत खेती प्रणालीबाट जीविकोपार्जनमा समस्या उत्पन्न भएपछि माटोको अवस्था र बजार मागलाई ध्यान दिँदै अदुवा र बेसार उत्पादन सुरु गरिएको कालीमाटी गाउँपालिका–१ बयालेका केरसिङ रावतले बताए। १० रोपनीमा व्यावसायिक बेसार खेती गर्दै आइरहेका रावतले वार्षिक करिब तीन लाख रुपैयाँ आम्दानी गर्दै आइरहेका छन । ‘गत वर्ष गिट्टी पारेको बेसार १० क्विन्टल र काचो ३० क्विन्टल विक्री गरेको हुँ,’ उनले भने, ‘गिट्टी पारेको १६ हजार रुपैयाँ क्विन्टल र काँचो ४ हजार रुपैयाँ क्विन्टल बिक्री गरेको हुँ।’ बारीमा अन्नबालीभन्दा अदुवा र बेसार जस्तो नगदे बाली लगाउँदा दोब्बर आम्दानी लिइरहेको उनको भनाइ छ। ‘पहिले पहिले यस ठाउँका अधिकांश मानिसहरु कामको लागि भारतलगायत विदेश तिर जान्थे,’ उनले भने ‘तर अहिले घरपरिवारसँगै बसेर र अदुवा बेसार खेती गरिरहेका छन्।’

विगतमा वर्षहरुमा अदुवा र बेसारले बजार नपाउँदा निरास बनेका किसानहरु पछिल्लो समय पुनः राम्रो मूल्य पाउन थालेपछि व्यावसायिक खेतीमा लागेको बागचौर नगरपालिका–३ का नन्दलाल शर्मा बताउँछन्। ‘पहिले घरमै खानको लागि मात्र लगाउँथ्यौैं,’ शर्माले भने, ‘अहिले बेच्ने गरी लगाउँछौं। अन्नबाली लगाउँदा घरमै खान ठिक्क हुन्थ्यो। अदुवा बेसार लगाउन थालेपछि घरखर्च चलाउन र छोराछोरी बढाउन सहयोग पुगेको छ।’ गत वर्ष २५ क्विन्टल बिक्री गरेको बताउँदै यो वर्ष ९ रोपनीमा अदुवा र बेसार लगाएको उनले बताए। सल्यानमा एक हजार ७२० हेक्टर क्षेत्रफलमा अदुवार र ३२५ हेक्टरमा बेसार खेती हुँदै आइरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। खाद्यान्न बालीभन्दा अदुवा र बेसारबाट राम्रो आम्दानी लिन सकिने भएपछि पछिल्लो समयमा किसानहरु अदुवा बेसार खेती तर्फ आकर्षित भइरहेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले बताए।

सल्यानमा अदुवा बेसार खेती वृद्धि गर्न प्रधानमन्त्री आधुनिकीकरण मार्फत जोन कार्यक्रम सञ्चालन गरिएको बस्नेतले बताए। शारदा नगरापलिकाको वडा नम्बर ६, ७, १४ र १५, सिद्ध कुमाख गाउँपालिकाको वडा नम्बर १ देखि ५ र बागचौर नगरपालिकाको वडा नम्बर १ देखि २ सम्म अदुवा बेसार जोन कार्यक्रम सञ्चालन गरेको छ। थाहाखबर

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

भाषण गर्दा गर्दै ढलेका जिफन्टका उपाध्यक्ष गौतमको मृत्यु

१४ कार्तिक २०८२, बिहीबार १६:३३

मुगुको कोइकी हिमालमा पहिलो पटक सफल आरोहण

१४ कार्तिक २०८२, बिहीबार १६:२७

दैलेखकाे डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृतले घुस लिएको आरोपमा मुद्दा

१४ कार्तिक २०८२, बिहीबार १६:०३
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति