सुर्खेत । सुर्खेतकाे प्रसिद्ध गंगामाला देउती बज्यै मन्दिरका मूल पुजारी टंक बहादुर राजीको निधन भएको छ । वीरेन्द्रनगर ११ ढोलढुङ्गास्थित आफ्नै घरमा शनिबार बिहान करिब तीन बजे निधन भएकाे वीरेन्द्रनगर वडा नं. ११ का वडा अध्यक्ष खिमलाल देवकोटाले बताएकाछन् ।
अध्यक्ष देवकोटाका अनुसार पुजारी राजी केही समयअघिदेखि उच्च रक्तचाप, सुगर लगायत रोगबाट पीडित थिए। राजीको जन्म २००७ भदौ ७ गते भएको थियो । उनकाे ७२ बर्षको उमेरमा निधन भएको छ ।