Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कलिउड

‘सायरा’ बलिउड निर्देशक देसाईले निर्देशन गर्ने

By आयो रैबार संवाददाता२ भाद्र २०७९, बिहीबार ११:५१
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं । अभिनेता आर्यन सिग्देल अनुबन्धित भएको नयाँ फिल्मलाई बलिउडका निर्देशक विशाल देसाई निर्देशन गर्ने भएका छन् । निर्माता रघु परियार र बलिउड निर्देशक विशालबीच बिहीबार भारतको मुम्बईमा सम्झौता भएको छ ।

निर्माण कम्पनी डिबिआर मिडिया एन्ड मुभिज प्रालिको तर्फबाट सम्झौता गर्दै निर्माता रघुले आउँदो दसैँताका फिल्म छायांकन हुने बताए ।

‘हाम्रो फिल्म गर्न उहाँ तयार हुनुभयो । बलिउडको उहाँको अनुभवले नेपाली फिल्मको मेकिङ उत्कृष्ट हुने विश्वास छ । उहाँले हामीलाई गर्नुको ट्रष्टले निकै खुसी मिलेको छ,’ मुम्बईमा रहेका निर्माता रघुले भने ।

निर्देशक देसाईले पनि नेपाली फिल्म गर्न पाउँदा उत्साहित भएको बताए । ‘नेपाल र भारतको सम्बन्ध निकै प्रगाढ छ । सांस्कृतिक दृष्टिकोणले पनि हामी नजिक छौँ । नेपाली फिल्मको अफर आएकोले यसपटक गर्न रेडी भएको हुँ,’ निर्देशक देसाईले भने । आफू अहिलेसम्म नेपाल नआए पनि नेपाली जीवनशैलीसँग परिचित रहेको उनले प्रतिक्रिया दिए ।

निर्देशक देसाईले वीरगति र ढोलकी नामक फिल्म निर्देशन गरिसकेका छन् । यस्तै उनले ‘कामिनी दामिनी’ नामका टिभी सिरियलसमेत निर्देशन गरे । उनले धेरै फिल्ममा अभिनय समेत गरेका छन् । उनले अमर प्रेममार्फत अभिनय यात्रा सन् १९७२ मा सुरु गरेका थिए ।

फिल्ममा अभिनेताको रुपमा आर्यन सिग्देल केही दिन अगाडि मात्र अनुबन्धित भइसकेका छन् । नेपाली फिल्ममा अभिनय गर्न सक्ने चकलेटी लुक्स भएका आर्यनको बलियो कमब्याकको रुपमा ‘सायरा’ हुने छ । फिल्म सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ । पछिल्लो समय पर्दामा नदेखिएका आर्यन फिल्मको विषयवस्तुले आकर्षित भएका हुन् ।आउँदो असोजबाट छायांकन गर्ने तयारीमा रहेको फिल्म ‘सायरा’ को ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ । फिल्मका प्रस्तुतकर्ता रघुले दसैँ र तिहारमा छायांकनको तयारी भइरहेको बताए ।

उनले फिल्मको अन्य कास्ट एन्ड क्रिउको बारेमा केहि समयमै जानकारी दिने बताए । फिल्ममा कथा उनकै रहेको छ । निर्देशन भने उनले भारतीय रहने बताए । ‘हामीले लाइन अप पूरा भएपछि पूर्ण रूपमा जानकारी दिने छौँ,’ प्रस्तुतकर्ता रघुले बताए । उनले फिल्मको कथावस्तुअनुसार नै डायस्पोरामा छायांकन गर्न लागिएको बताए । फिल्मको अधिकांश छायांकन अष्ट्रेलियाको सिड्नीमा हुनेछ भने केही प्रतिशत मेलवर्नमा समेत गरिने उनले जनाए ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

‘सायरा’
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’

१५ कार्तिक २०८२, शुक्रबार १०:४२

उ घर खोज्दै छ (कथा)

१२ कार्तिक २०८२, मंगलवार १५:३३

नाट्यग्रन्थ लाेकार्पण कार्यक्रममा चार स्रष्टा सम्मानित

३० आश्विन २०८२, बिहीबार १४:०६
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति