Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
अन्तर्वार्ता

‘वैज्ञानिक प्रमाणमा आधारित निर्णय र भारतसँग सहकार्य हुनुपर्छ’

By आयो रैबार संवाददाता२२ बैशाख २०७८, बुधबार ०९:०४
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

कोभिड–१९ महामारीको दोस्रो लहरसँग नेपाल जुधिरहेको छ । स्रोत–साधनको अभावमा दिनहुँ दर्जनौं बिरामीको ज्यान गइरहँदा सरोकारवालाहरू चिन्तित छन् । कतिपय सरोकारवाला तथा समूहले आफ्ना नागरिकको जीवन सुरक्षा गर्न नसकेको भनेर सरकारप्रति आक्रोश पोखिरहेका छन् भने कतिपयले नागरिकले पनि आफ्नो दायित्व पूरा नगरेको बताएका छन् ।

यस्तै केही सरोकारवालाहरूले नेपालले आफ्नो स्रोतसाधनले यस महामारीलाई थेग्न नसक्ने हुनाले अन्तर्राष्ट्रिय सहयोग माग्न ढिला गर्न नहुने पनि बताएका छन् ।

तर, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को नेपाल कार्यालयका प्रमुख डा. राजेश सम्भाजीराव पाण्डव अझै पनि नेपालसँग महामारीसँग जुध्न धेरै सबल पक्ष र अवसरहरू रहेको ठान्छन् । उनले सरकारको आलोचना गरेका छैनन् । तर सूक्ष्म रूपमा सरकारलाई केही महत्त्वपूर्ण सुझाव दिएका छन् ।

जस्तैः हरेक निर्णय वैज्ञानिक तथ्य र प्रमाणमा आधारित हुनुपर्छ र भारतसँगको सहकार्यमा मात्र यो महामारीको असर कम गर्न सकिन्छ । प्रस्तुत छ, पाण्डवसँग अनलाइनखबरकर्मी दिवाकर प्याकुरेलले गरेको इमेल अन्तर्वार्ताको सम्पादित अंश हामीले उपयुक्त ठानेर प्रकाशित गरेका छाैं :(सं)

तपाईंले नेपालको अहिलेको अवस्थालाई कसरी मूल्याङ्कन गर्नुभएको छ ? विद्यमान स्वास्थ्य सङ्कट व्यवस्थापनमा नेपालसामु रहेका चुनौती र अवसर केके होलान् ?

कोभिड–१९ विश्वकै लागि एउटा लामो सङ्कट हो । सार्वजनिक स्वाथ्य सङ्कटका रूपमा शुरु भएको यो समस्या हाल सामाजिक सङ्कटका रूपमा विस्तार भएको छ । यसमा नेपाल पनि अपवाद रहेन । हाल हामी नेपालमा अर्को लहर सामना गर्दैछौं, जसलाई ‘दोस्रो लहर’ भनेर सामान्यीकृत गरिएको छ । यससँगै केही हामीलाई पहिल्यै थाहा भएका र केही नयाँ चुनौती आएका छन् ।

स्वास्थ्य प्रणालीसँग सम्बन्धित नेपालले भोगेका चुनौती परिचित नै छन् । यसमा सबैभन्दा महत्त्वपूर्ण चुनौती सङ्क्रमणको विस्तारलाई रोक्नु हो ।

दोस्रो, सकेसम्म धेरै मानिसलाई सुरक्षित राख्नु हो । सङ्क्रमणको जालो (चेन) तोड्नका लागि जनस्वास्थ्य सुरक्षासम्बन्धी उपायहरूलाई कडा रूपमा पालना गर्न जरूरी छ । खोपको स्वीकार्यता उच्च रहेको सुनिश्चित गर्नु अर्को जरूरी काम हो । सङ्क्रमणको जोखिममा रहेका मानिसको परीक्षण तथा सम्पर्क पहिचान (कन्ट्रयाक्ट ट्रेसिङ) गरी क्वारेन्टिनमा राख्नु अनि सङ्क्रमण पुष्टि भएका वा बिरामी भएकाहरूलाई आइसोलेसनमा राख्नु पनि महत्वपूर्ण छ ।

विगतका दशकहरूमा स्वास्थ्य प्रणालीमा भएको अपर्याप्त लगानीको प्रतिफल नै दुर्भाग्यवश तरिकाले कोभिड–१९ को सङ्कटका रूपमा देखिएको संसारका विभिन्न देशले महसूस गरिरहेका छन् । तर, यहाँ केही अवसर पनि छन् । अब कोभिड–१९ सँग जुध्दै गर्दा हामीले सबल स्वास्थ्य प्रणाली कसरी निर्माण गर्ने भनेर अत्यन्त गम्भीर रूपमा नै सोच्नुपर्नेछ, ताकि यसले भविष्यमा यस्ता सङ्कटहरूको सामना गर्न सकोस् ।सङ्क्रमणको जालो (चेन) तोड्नका लागि जनस्वास्थ्य सुरक्षासम्बन्धी उपायहरूलाई कडा रूपमा पालना गर्न जरूरी छ । खोपको स्वीकार्यता उच्च रहेको सुनिश्चित गर्नु अर्को जरूरी काम हो । सङ्क्रमणको जोखिममा रहेका मानिसको परीक्षण तथा सम्पर्क पहिचान (कन्ट्रयाक्ट ट्रेसिङ) गरी क्वारेन्टिनमा राख्नु अनि सङ्क्रमण पुष्टि भएका वा बिरामी भएकाहरूलाई आइसोलेसनमा राख्नु पनि महत्वपूर्ण छ ।

मलाई लाग्छ नेपालका लागि कठिनाइ नौलो कुरा होइन । यहाँका मानिसले बारम्बार कठिनाइलाई जितेका छन् । तर अहिले हामीले वैज्ञानिक प्रमाणमा आधारित भई सोच्नु तथा निर्णय गर्नु अनि तिनको मिहिनेतपूर्वक पालना गर्नु महत्त्वपूर्ण छ ।

तर अचेल संसारभरि कोरोनाभाइरसका नयाँ स्वरूप अनि डबल तथा ट्रिपल म्युटेसनबारे कुरा भइरहेका छन् । विश्व स्वास्थ्य सङ्गठनको अध्ययन तथा बुझाइका आधारमा अहिले नेपालीलाई सताइरहेको भाइरस कस्तो प्रकारको हो ?

कोरोनाभाइरसका बी.१.६१७ र बी.१.६१८ नामका स्वरूप (भेरियन्ट) हरूलाई नै डबल म्युटेन्ट तथा ट्रिपल म्युटेन्ट भेरियन्ट भनिएको हो, जुन दुवै सर्वप्रथम भारतबाट जानकारीमा आएका हुन् । यो उही सार्स–कोभ–२ भाइरस हो, तर यसमा केही आनुवंशिक (जेनेटिक) परिवर्तन भएका छन्, जसलाई हामीले एल ४५२ आर, ई ४८४ क्यू तथा ई ४८४ के लगायतका सङ्केत दिएका छौं ।

यसमध्ये बी.१.६१७ भेरियन्टलाई डब्ल्यूएचओले ‘रुचिको भेरियन्ट’ (भेरियन्ट अफ इन्ट्रेस्ट) का रूपमा वर्गीकृत गरेको छ, किनकि कोषमा यसको सङ्ख्यामा वृद्धि हुने क्षमता बढेको हुनाले यसमा सङ्क्रमण बढाउने सामथ्र्य रहन्छ । यी दुवै भेरियन्टलाई ‘चासो दिनुपर्ने भेरियन्ट’ (भेरियन्ट अफ कन्सर्न) भनेर वर्गीकरण गर्नुपर्ने हो कि भनेर निर्धारण गर्न प्रमाणहरूको मूल्याङ्कन गरिरहेका छौं ।

नेपाल सरकारले हालसम्म नेपालमा बी.१.६१७ भेरियन्टको एउटा मात्र सङ्क्रमणको घटना (केस) पुष्टि गरेको छ । तर शुरुमा बेलायतमा जानकारीमा आएको बी.१.१.७ भेरियन्ट पनि नेपालमा फैलँदो छ ।

नेपालको प्राविधिक तथा व्यवस्थापकीय क्षमतालाई समेत विचार गर्दा यस्ता नयाँ–नयाँ भेरियन्टको सामना गर्नु चिकित्सकीय हिसाबले कत्तिको सम्भव छ ?

यी भेरियन्टहरू छुट्टै भाइरस होइनन्, उही भाइरस नै केही परिवर्तनका साथ देखा परेको हो । यसको चिकित्सकीय प्रस्तुति र व्यवस्थापनमा केही पनि फरक छैन । रोकथाम तथा नियन्त्रणका उपायहरू पनि उही हुन्,  मास्क लगाउने, भौतिक दूरी कायम राख्ने, भीडभाड नगर्ने, हातको सफाइमा ध्यान दिने लगायतका जनस्वास्थ्य र सामाजिक व्यवहारका उपायहरू । नेपालसँग यसका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय क्षमता छ ।

गत वर्ष हामीले तपाईंभन्दा अगाडिका डब्ल्यूएचओ नेपाल प्रमुख जोस भान्देलारसँग दुई पटक कुरा गरेका थियौं । नेपालमा सङ्कट नियन्त्रणका लागि क्वारेन्टिन र आइसोलेसन केन्द्रमा सुधार ल्याउनुपर्ने कुरामा नै उहाँ सधैं जोड दिनुहुन्थ्यो । त्यसपछिको यो एक वर्षमा नेपालले के कति प्रगति गरेछ, डब्ल्यूएचओको मूल्याङ्कन के छ ?

साझेदारहरूको सहयोग समेतका कारण नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत देशभित्र आउने तथा बाहिर जाने यात्रीहरूको परीक्षणका लागि उन्नत स्वास्थ्य डेस्क स्थापना गर्न सक्षम भएको छ । बन्दै गरेका दुई अन्य अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यस्तै सुविधा राख्नका लागि पहल गर्दै छ । साथै राष्ट्रियस्तरमा पारित ढाँचालाई नै स्थानीय सन्दर्भमा कार्यान्वयन गर्दै भारत र चीनसँग जोडिएका १३ प्रवेश विन्दुमा पनि यस्तो व्यवस्था हुँदै छ ।

यस्ता डेस्कको सञ्चालनका लागि आवश्यक जनशक्ति परिचालन भएका छन् । यात्रीहरूको सङ्ख्यामा हुने वृद्धिको व्यवस्थापनका लागि स्थानीय निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग साझेदारी भएका छन् । ती मार्फत हात धुने ठाउँ, शौचालय बनाइएका छन् । मास्क, नछोइकन ज्वरो नाप्ने यन्त्र तथा दर्ता र तथ्याङ्क व्यवस्थापनका लागि सूचनाप्रविधि सम्बन्धी साधनहरू व्यवस्था गरिएका छन् ।

यात्रीहरूको स्वास्थ्य अवस्था जाँच्नका लागि यिनीहरूको प्रभावकारी प्रयोग भएकै थियो, तर उपलब्ध सुविधाहरूले अहिले नेपाल–भारत सीमामा आएका यात्रीहरूको ठूलो संख्या व्यवस्थापन गर्नका लागि भने गाह्रो भएको छ । तर यसका लागि पनि व्यवस्था हुँदैछ र जिल्लामा समन्वय गर्ने निकायहरूको सहयोगमा, आवश्यक विभिन्न व्यवस्था गर्नका लागि साझेदारहरूबाट सहयोगको बन्दोबस्त हुँदैछ ।

सुरक्षित क्वारेन्टिन तथा आइसोलेसन सुनिश्चित गर्न विभिन्न निर्देशिकाहरू पारित भई वितरण गरिएका छन् भने संस्थागत क्वारेन्टिन र आइसोलेसन सुविधाको व्यवस्थाका लागि साझेदारहरूको सहयोग जुटाइएको छ । पैसा तिर्न सक्नेहरूलाई आवश्यक सञ्चालन मापदण्ड लागू गरी तोकिएका होटल तथा अन्य ठाउँमा राखिएको छ भने पैसा तिर्न नसक्ने वा घरमा पनि क्वारेन्टिन र आइसोलेसनको सुविधा नहुनेहरूलाई क्वारेन्टिन तथा आइसोलेसन किटमार्फत सहयोग गरिएको छ ।

तर केसको सङ्ख्या एक्कासी बढ्दा यस्ता सुविधाको माग पनि ह्वात्तै बढ्छ । यस्तो अवस्थाको व्यवस्थापनका लागि तीनै तहका सरकारहरूले एकआपसमा अनि अन्य साझेदारहरूसँग पनि सहकार्य गर्नुपर्छ ।

महामारीको पहिलो लहरमा झैं अहिले पनि समस्याको एउटा ठूलो हिस्साको मूल कारण भारतसँगको खुला सीमा र भारतमा रहेका प्रवासी कामदारको फिर्ती मानिएको छ । यस स्थितिमा सबैभन्दा प्रभावकारी नियन्त्रणको उपाय के होला ?

पहिलो लहरमा हाम्रो सुझाव जे थियो, अहिले पनि त्यही नै छ, प्रवेश विन्दुमा स्वास्थ्य जाँच, सङ्क्रमण पुष्टि हुनेहरूको आइसोलेसन, कन्ट्रयाक्ट ट्रेसिङमा सक्रियता र जोखिममा हुनेहरूको क्वारेन्टिन । यी सबै काम प्रभावकारी तवरमा हुनका लागि धेरै निकायले आपसमा समन्वय गर्नुपर्छ । यसैगरी, समुदायहरूले पनि जनस्वास्थ्य सुरक्षाका उपायको कार्यान्वयन भइरहेको सुनिश्चित गर्नुपर्छ । असुरक्षित सीमाका कारण तोकिएकाबाहेक अन्य नाकाबाट पनि मानिसको प्रवेश हुनसक्ने भएकाले सीमापार सहकार्य पनि आवश्यक छ ।

यी उपाय प्रभावकारी हुन्थे होला । तर दक्षिण एशियाली पृष्ठभूमिकै भएकाले तपाईंलाई यस क्षेत्रको सामाजिक, सांस्कृतिक तथा राजनीतिक स्थिति र सीमितताको राम्रोसँग ज्ञान छ । महामारीको व्यवस्थापनमा यस क्षेत्रका सबल तथा दुर्बल पक्ष के होलान् जस्तो लाग्छ ?

कोभिड–१९ का सन्दर्भमा हामीले सामना गरेको मुख्य चुनौती भनेको हामी हाम्रा जनस्वास्थ्य उपायहरूको आधारका रूपमा वैज्ञानिक प्रमाणलाई मान्न तयार छौं वा छैनौं भन्ने नै हो । कोभिड–१९ विरुद्धको लडाइँको जटिलतालाई गलत सूचना र भ्रामक समाचारले झनै जटिल बनाएका छन् । सम्बन्धित देशहरूले सूचनाको महामारी (इन्फोडेमिक) लाई छिट्टै र निर्णायक रूपमा सामना गर्नका लागि उपाय खोज्नुपर्छ ।

हाम्रो क्षेत्रमा, हाम्रो विकासको स्तरका कारणले हामीलाई स्वास्थ्य र अर्थतन्त्रबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता छ, अनि यस अवस्थामा हाम्रो रोजाइ कठिन भएको छ । यस्तो समयले गर्दा हामीले जीवनका विभिन्न पक्षमा व्यक्तिगत नेतृत्व सीप देखाई हाम्रा समुदायलाई संरक्षण प्रदान गर्ने नवीनतम समाधानहरू पत्ता लगाउनुपर्ने आवश्यकता रहेको छ ।

हुन त तपाईंलाई यो मुर्ख्याइँ प्रश्न लाग्न सक्छ । तर सबै जना यो महामारी कहिले सकिएला भनी कुरेर बसेका छन् । धेरै मानिसले खोपले समस्या समाधान होला भनी आशा गरेका थिए । खोप आयो, तर महामारीले अझै तहसनहस पार्दैछ । महामारीको अन्त्य गर्न अब चाहिं संसारलाई के चाहिएला ?

यस सङ्कटको शुरुवातदेखि नै डब्ल्यूएचओको महानिर्देशक डा. टेड्रोसले बारम्बार कोभिड–१९ लाई परास्त गर्न सदस्य राष्ट्रहरूबीचमा ऐक्यबद्धता हुनुपर्ने कुरामा जोड दिनुभएको छ । यस्तो ऐक्यबद्धता विभिन्न क्षेत्रमा हुनुपर्छः सूचना, प्राविधिक ज्ञान, सामग्री, खोप, अनुसन्धान इत्यादिको आदानप्रदान । मेरो पनि दृढ विश्वास छ कि यस्तो बहुआयामिक ऐक्यबद्धताले नै कोभिड–१९ को त्रासलाई परास्त गर्न सहयोग गर्छ ।पहिलो लहरमा हाम्रो सुझाव जे थियो, अहिले पनि त्यही नै छ, प्रवेश विन्दुमा स्वास्थ्य जाँच, सङ्क्रमण पुष्टि हुनेहरूको आइसोलेसन, कन्ट्रयाक्ट ट्रेसिङमा सक्रियता र जोखिममा हुनेहरूको क्वारेन्टिन ।

हामीसँग कोभिड–१९ को रोकथाम गर्न सक्ने सुरक्षित तथा प्रभावकारी खोपहरू छन् । रोग निदानका लागि तीव्र गतिमा काम गर्ने यन्त्र उपकरण पनि छन् । सङ्क्रमणको घटना अध्ययन (केस इन्भेस्टिगेसन), कन्ट्रयाक्ट ट्रेसिङ, जोखिममा रहेकाहरूको क्वारेन्टिन र सङ्क्रमण भइसकेका वा बिरामी परेकाहरूको आइसोलेसन लगायतका जनस्वास्थ्य कार्यक्रम पनि छन् ।

हामीसँग सङ्क्रमण रोक्न वा कम गर्नका लागि मास्क, हातको सफाइ र भौतिक दूरीका उपाय पनि छन् । उपचारका लागि अक्सिजन तथा डेक्सामेथाजोन पनि छन् । अब हाम्रो जरूरी काम यी सबैको पहुँच विस्तार गरी सङ्क्रमण रोक्नु र जीवन बचाउनु हो ।

उपलब्ध स्रोत–साधनलाई निरन्तर र समतामूलक ढंगले उपयोग गर्‍यौं भने हामी यस महामारीलाई केही महीनामा नै नियन्त्रण गर्न सक्छौं । खोप एउटा महत्त्वपूर्ण र सशक्त साधन हो, यद्यपि यो एउटा मात्र साधन होइन । भौतिक दूरी, मास्क, हातको सफाइ, स्वच्छ हावाको उपलब्धता (भेन्टिलेसन), निगरानी, परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङ, आइसोलेसन, सहयोगी क्वारेन्टिन तथा करुणापूर्ण स्याहारलगायत सबै उपाय नै सङ्क्रमण रोक्न र जीवन बचाउनका लागि आवश्यक छन् ।

त्यसो भए नेपालले आगामी केही महीनामा के–के आशा गर्न सक्छ ? वा केकस्तो डर मान्नुपर्छ ?

डब्ल्यूएचओ एउटा प्राविधिक निकाय हो । हामी नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई कोभिड–१९ लगायतका विविध विषयमा विश्वव्यापी प्रमाण तथा सल्लाह सुझाव उपलब्ध गराउँछौं । ती प्रमाण तथा सल्लाहलाई कसरी लिने भन्ने निर्णय गर्ने जिम्मा सरकारको हो । कोभिड–१९ सङ्कटको शुरुआतदेखि नै हामीले नेपाल सरकारलाई सहयोग गर्न हाम्रो सल्लाहसँगै मानवीय स्रोत र विभिन्न सामग्री पनि उपलब्ध गराएका छौं ।

अब कोभिड–१९ विरुद्धको लडाइँमा सबै एकीकृत हुने र वैज्ञानिक प्रमाणहरूमा आधारित भई निर्णय लिने आशा गर्न सकिन्छ ।

कोभिड–१९ प्रतिकार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारलाई के सुझाव दिन चाहनुहुन्छ ?

हामी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग काँधमा काँध मिलाई काम गर्छौं र निरन्तर हाम्रा प्राविधिक ज्ञान तथा सुझावहरू आदानप्रदान गरिरहन्छौं । चाहे सरकारी, निजी वा गैरसरकारी किन नहुन्, देशका सबै संस्थाहरूले आ–आफ्ना स्रोतसाधनलाई एकीकृत गरी कोभिड–१९ महामारीविरुद्ध लड्न तिनलाई प्रयोग गर्न जरुरी छ ।

अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?

हामी सबै एक कदम अगाडि बढेर आफू र अन्यलाई सुरक्षित राख्नका लागि आआफ्नो कर्तव्य पूरा गर्नुपर्छ भनेर म सबैलाई सम्झाउन चाहन्छु । सबैलाई जनस्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गर्न चाहन्छु । मास्क लगाऔं, आफ्ना हात बारम्बार धोऔं र भौतिक दूरी कायम गरौं ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

व्यवस्था ठीक छ, अब नेताहरूको आचरण ठीक हुनुपर्‍यो : डा. शशांक कोइराला [अन्तर्वार्ता]

१३ असार २०८२, शुक्रबार १२:००

देशमा आर्थिक विकास गर्न सुशासन पहिलो सर्त हो : डा. स्वर्णिम वाग्ले [अन्तर्वार्ता]

११ असार २०८२, बुधबार १०:३२

संसद्लाई अल्झाउँदा लोकतन्त्रलाई नोक्सान पुगेको छ : पूर्वप्रधानमन्त्री भट्टराई [अन्तर्वार्ता]

३१ जेष्ठ २०८२, शुक्रबार १०:३५
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति