Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
बाग्मती

नुवाकोटका बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

By आयो रैबार संवाददाता१४ भाद्र २०८३, आईतवार ११:०३
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

नुवाकोट । जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै राहत सामग्री वितरण गरेको छ । समितिमा प्राप्त राहत सामग्री एकीकृत रुपमा सङ्कलन गरी आवश्यकताका आधारमा वितरण गरिएको हो ।

नुवाकोटमा १३ वटा होल्डिङ सेन्टर स्थापना छन् । ती होल्डिङ सेन्टरहरू विदुर नगरपालिकामा नौ वटा, किस्पाङ गाउँपालिकामा दुई वटा, सूर्यगढी गाउँपालिका र बेलकोटगढी नपामा एक–एक वटा छन् । “बाढीप्रभावितलाई दाता तथा इच्छुकले दिन चाहेका राहत सामग्री एकद्वार प्रणालीअन्तर्गत जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सङ्कलन गरिरहेका छौँ”, समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले भने, “त्यसैअनुसार आवश्यकताका आधारमा ती सामग्री हामीले होल्डिङ सेन्टरमा पठाइरहेका छौँ ।” सङ्कलित सामग्री गाडी नपुग्ने स्थानमा हेलिकप्टरमार्फत पठाइएको उनले जानकारी दिए ।

बाढीपीडितलाई होल्डिङ सेन्टर सञ्चालन गरी खाना तथा बासको व्यवस्था मिलाउने कार्यमा स्थानीय तहले सहजीकरण गरिरहेको छ । “प्रत्येक होल्डिङ सेन्टरमा हामीले स्वास्थ्य जाँच र पारिवारिक पुनर्मिलनको व्यवस्था मिलाएका छौँ”, विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले भने, “बाढीबाट पुगेको जनधन क्षतिका विवरण सङ्कलनसँगै प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरेर काम गरिरहेका छौँ ।”

राहत सामग्री सङ्कलन तथा वितरणलाई एकद्वार प्रणाली बनाउने भनिए पनि केही दाता तथा व्यक्तिले सहज पहुँच भएका होल्डिङ सेन्टरमा पुगेर आफैँ राहत सामग्री उपलब्ध गराएका छन् । जसका कारण समानुपातिक रुपमा सबै होल्डिङ सेन्टरमा राहत सामग्री पुग्न सकेको छैन । दाताहरू सिधै होल्डिङ सेन्टरमा आएर राहत सामग्री दिन थालेपछि अन्य स्थानमा पनि लैजान अनुरोध गरेको विदुर नगरपालिका–५ का वडाध्यक्ष लीलानाथ न्यौपानेले बताए । “यहाँ तत्कालका लागि पर्याप्त राहत सामग्री उपलब्ध भइसकेको छ”, उनले भने, “यहाँ मात्र नभई अन्यत्र पनि राहत सामग्री लैजान हामीले अनुरोध गरेका छौँ ।”

राहत सामग्रीमा धेरैजसो चामल, दाल, चाउचाउ, बिस्कुटजस्ता खाद्य सामग्री प्राप्त भइरहेको छ । खाद्य सामग्रीको तुलनामा लत्ताकपडा कम प्राप्त भइरहेको विपद् व्यवस्थापन समितिले जनाएको छ । नुवाकोटको सबैभन्दा बाढीप्रभावित बस्तीहरूमा विदुर नगरपालिकाको बेत्रावती, त्रिशूली, ढुङ्गे, सिमचौर, देवीघाट छन् । त्यसैगरी किस्पाङ गाउँपालिकाको शान्तिबजार, नयाँ पुल, मैलुङ क्षेत्रका बस्ती प्रभावित हुँदा अधिकांशले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् । बेलकोटगढी नगरपालिकाको सबैभन्दा बढी प्रभावित बस्तीमा ठूलो खोला, बुधसिहघाट, रातमाटे, कोलचौर, केउरेनी, कोल्पुटार छन् ।

सूर्यगढी गाउँपालिकाको कार्यालयमा सञ्चालन गरिएको होल्डिङ सेन्टरमा भने रसुवा र नुवाकोटका विभिन्न स्थानबाट बाढीबाट ज्यान जोगाइ सुरक्षित स्थान खोजी गर्दै आइपुग्नेलाई आश्रय दिइएको छ ।

नदी पारिका क्षेत्रमा राहत वितरणमा कठिनाइ

सदरमुकाम विदुरतर्फका क्षेत्रमा राहत सामग्री वितरण सहज भए पनि नदी पारिका क्षेत्रमा वितरणमा कठिनाइ भएको छ । केही संस्थाले ‘ड्रोन’मार्फत राहत सामग्री होल्डिङ सेन्टरसम्म पु¥याउने काम गरिरहेको छ । बाढीबाट प्रभावित नदी पारीका बस्तीहरू विदुर नगरपालिकाको वडा नं १, ३, ६, ७, ९ र १२ मा पर्छन् । वडा नं १ को त्रिशूली बजार, ३ को खड्गभञ्ज्याङका विभिन्न बस्ती, ६ को चैनपुर आसपास, ७ को तुप्चेका बस्तीहरू, ९ को सिलट्याङ्कीक्षेत्र र १२ को चारघरेका विभिन्न स्थान छन् ।

सदरमुकामदेखि त्रिशूली नदी पारी सात वटा होल्डिङ सेन्टर स्थापना गरिएका छन् । तर तादी र कोल्पुखोलाको पुल बगाएसँगै बेलकोटगढी–७ महादेव माध्यमिक विद्यालयमा सञ्चालित होल्डिङ सेन्टरसम्म राहत सामग्री पु¥याउन पनि हेलिकप्टर नै प्रयोग गर्नुपर्ने अवस्था छ ।

शनिबार जिल्ला समन्वय समितिद्वारा आयोजित सर्वपक्षीय छलफलमा स्थानीयले सङ्घीय सरकारलाई नदी पारीका क्षेत्रमा राहत सामग्री वितरणलाई प्राथमिकता दिन आग्रह गरेका थिए । यी क्षेत्रमा वारिका पारि र पारिका वारि विद्यालय भएका बालबालिका विद्यालय जाने क्रममा बाढी आएसँगै पुल बगाएपछि चारदिनदेखि घरपरिवारसँग पुनर्मिलन हुन नसक्दा समस्या भएको अभिभावकले गुनासो गरेका छन् ।

बाढीप्रभावितलाई केन्द्रित गरी होल्डिङ सेन्टरमा स्वास्थ्य सेवासमेत उपलब्ध गराइएको छ । हाल त्रिशूली अस्पतालसँग यातायात सुविधा विच्छेद भएको अवस्थामा पीडितहरूको शारीरिक तथा मानसिक दुवै अवस्थालाई ख्याल गरी स्वास्थ्य सेवा उपलब्ध गराइएको हो ।

नुवाकोटमा हालसम्म मृत्यु तथा बेपत्ताको यकिन तथ्याङ्क सङ्कलन भइसकेको छैन । जिल्लाका सरोकार भएकाहरूसँग शनिबार पहिचान नभएका शव व्यवस्थापनसम्बन्धी बैठक बसेको थियो । सो बैठकमा प्रजिअ रेग्मीले करिब तीन सय हाराहारीमा शव व्यवस्थापनको आवश्यक पर्न सक्ने बताएका थिए । जिल्लामा शनिबारसम्म ८२१ जना बाढीमा परी बेपत्ता भएको निवेदन प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बिपीन रेग्मीले जानकारी दिए ।

यसैबीच, आज बिहान पनि पुनः त्रिशूलीमा जल सतह बढेकाले नदी किनारमा रहेका शव व्यवस्थापनमा चुनौती भएको छ ।

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूप्रति मूल प्रवाहद्वारा मैनबत्ती मार्च सहित श्रद्धाञ्जली

१५ भाद्र २०८३, सोमबार १२:१५

बाढीमा ज्यान गुमाएका परिवारलाई ५० हजार राहत

१५ भाद्र २०८३, सोमबार ११:२३

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारी सञ्चालन, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत

१४ भाद्र २०८३, आईतवार १९:०२
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Twozero Labs

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति