Author: भीष्म जोशी

           उसको इतिहास लामो छ किनकी उसको आफ्नो घर थियो, आफ्नो इतिहास, बंशावली, थातथलो, सस्कृती, सभ्यता, भाषा-भेष, समाज, आफन्त सबै सबै थियो । तर उ नयाँ सिकाइको दौरान सानै उमेरमा उसले आफ्नो घर छोडेर पढाईको शिलशिलामा शहर पस्यो । शहरमा पढाई सक्यो अझै झन पढ्न भनेर बिदेश आएको पनि १० बर्ष बढी बितिसकेछन । आफ्नै भब्यमहलको बैठक कक्षमा बसेर बिहानै देखि टोलाई रहेछ आज उ । आफ्ना पुर्खाहरुको इतिहास सम्झिन्छ । मानवजातीले गरेको कठिन संघर्ष सम्झिन्छ ।  लाखौ बर्ष बनजङ्गल, नदिनाला, समुद्रमा घुमेको सम्झिन्छ। बिगत सम्झिन्छ, दुख सम्झिन्छ, कन्दमुल खाएको सम्झिन्छ । ढुङ्गाका हतियार बनाएर जनावर मारेको सम्झिन्छ । काचै खाएको सम्झिन्छ ।…

Read More

चीन अवसाद, अवनति र दुर्दशामा चुर्लुम्म डुबिरहेको थियो । सन् १८४० मा बेलायतले अफिम युद्ध थोपरेदेखि माओत्सेतुङको उदयसम्म चीन अर्धऔपनिवेशिक र अर्धसामन्ती अवस्थाबाट गुज्रिरहेको थियो । साम्राज्यवादी मुलुकहरूले चीनको भौतिक मात्र नभई आध्यात्मिक सम्पत्ति पनि ध्वस्त पारेका थिए । यो चीनको तीव्र विनाशको समय थियो । पश्चिमा औपनिवेशिक देशहरूले चीनमा बन्दुकको नालबाट शासन गरिरहेका थिए । असमान सन्धि थोपरिएका थिए । गरिब, असहाय र महिलामाथि चरम दमन र अत्याचार भइरहेको थियो । महिलालाई बलात्कार गर्ने, ज्युँदै जलाउने र मार्ने जस्ता नृशंस कार्य भइरहेका थिए । यसको प्रतिक्रियास्वरूप चीनमा ठुल्ठुला किसान विद्रोह, आन्दोलन र विद्रोह भइरहेका थिए । यसै अवधिमा डाक्टर…

Read More