Author: हरिविनोद अधिकारी

संसदीय व्यवस्थाको जननी भनेर बेलायतलाई मानिन्छ। बेलायती तरिकाको संसदीय व्यवस्थामा संसद्मा जनताबाट निर्वाचित प्रतिनिधि रहन्छन्। त्यही संसद्बाट सरकारको गठन हुन्छ। व्यवस्थापिका अर्थात् संसद्का अनेक स्वरूप हुन सक्छन् एक सदनात्मक र दुई सदनात्मक। संसदीय व्यवस्थामा आवधिक निर्वाचनको प्रक्रिया मान्ने संस्थाको रूपमा विशेषता रहेको संसदले नै राष्ट्रका सम्पूर्ण समस्याको समाधान गर्ने भन्ने ठानेर बेलायतमा १३औँ शताब्दीदेखि अनवरत रुपमा अभ्यासमा छ र विश्वभरका संसदीय व्यवस्थाको आदर्शका रूपमा बेलायती शासन प्रणालीलाई मानिन्छ। हाम्रो देशमा पनि राणाकालीन बेलादेखि संसदीय व्यवस्थाको परिकल्पना गरेका थियौं तर राणाकालीन समयमा त्यो शासकबाट प्रत्यक्ष निर्देशित हुने प्रावधान भएकाले त्यसले प्रजातान्त्रिक रूप लिन सकेन तर २००७ सालपछि भने पहिले सल्लाहकार सभाका…

Read More