Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
बहस

विदेश पलायन हुने कि देशमै केही गर्ने ?

By आयो रैबार संवाददाता१ जेष्ठ २०८२, बुधबार ००:५७
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
काठमाडौँ, १ पुस : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार साँझ देखिएको विदेशिनेहरुको भीड । दैनिक दुई हजारदेखि दुई हजार पाँचसम्म नागरिक रोजगारीको लागि विदेशिने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । तस्बिर : सुरज घिमिरे/रासस
Share
Facebook Twitter LinkedIn Pinterest Email

रिसव गौतम

बहाना बनाउने हो भने त तर्कहरु धेरै गर्न सकिएला। तर यथार्थमा जिउने, देशलाई माया गर्ने र स्वदेशमै केही गर्न खोज्ने हो भने अवसरहरु यहीँ पनि छन्। हिजोआज विदेशका राम्रा अवसरहरु त्यागेर स्वदेशमै केही गर्न तम्सिएकाहरु नभएका पनि होइनन्। त्यो जमात बढिरहेको देखिन्छ। खासगरी अमेरिका र युरोपजस्ता विकसित देशहरुले गैरकानुनी रुपमा बसोबास गरेका आप्रवासीहरुलाई लेखेट्न थालेपछि विदेशमा रहेकाहरुले पक्कै असुरक्षित महसुस गर्न थालेका छन्।

विदेशमा विभिन्न खालका बसोबास अनुमतिपत्र आदि जे भने पनि ती देशहरु हाम्रा होइनन्। कहिल्यै हुँदैनन् पनि। उनीहरुले कालान्तरमा जस्ता पनि निर्णयहरु लिन सक्छन्। जो अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिइरहेका छन्। त्यस्ता निर्णयहरु वा आउनसक्ने नयाँ प्रावधानहरुले विदेशमा बस्ने नेपालीहरुको आजको भनिएको सुख क्षणभरमा दुःखमा परिणत गराउन पनि सक्छ।

त्यसकारण जति नै दुःख र सङ्घर्ष भए पनि स्वदेशमै भविष्य खोज्नु आजका युवाको दायित्व हो। आजको आधुनिक शिक्षादीक्षाले सुसज्जित युवाहरुले शिक्षाको उज्यालो ज्योतिको प्रकाशले देशमै भविष्य देख्नुपर्छ र खोज्नुपर्छ। भएका तमाम अप्ठेरा र चुनौतीहरु सम्हालेर आफ्नै देशमा गरिने सङ्र्घषले व्यक्ति मात्रै बन्दैन, देश पनि बन्छ। कुनै बेला आजको चीनमा ४० करोडभन्दा बढी मानिस भोकमरीग्रस्त थिए। उनीहरुले एक छाक खाएर पनि आफ्ना देश बनाएका हुन् भनेर आज पनि पढिन्छ।

सन् १९७८ देखि देङ स्याओ पिङले चीनमा आर्थिक सुधारको थालनी गरेका हुन्। देशलाई क्रमशः उदार, व्यापार व्यवसाय एवं निजी क्षेत्र मैत्री आर्थिक व्यवस्थातिर लगेका हुन्। आजको चीनले आफूलाई विश्वको दोस्रो अर्थतन्त्र ( १९ ट्रिलियन डलरको कुल ग्रार्हस्थ्य उत्पादन) बनाएको छ। एक अर्ब ४० करोड बढी चिनियाँ जनताको प्रतिव्यक्ति आय आज १३ हजार ७०० डलर पुगिसकेको छ। त्यो सबै कुरा स्वदेश बनाउन नै युवाहरु लागिपरेबाट सम्भव भएको हो। आजका दिनमा चिनियाँहरु स्वदेशमै बस्न रुचाउँछन्। स्वदेशमै अनेक अवसर खोज्छन्।

व्यापारमार्फत विश्वव्यापी पहुँच र प्रभाव बढाएका छन्। तर नेपाली युवाहरु भने अनेक बहानामा विदेश नै पलायन हुन लालायित छन्। पलायन यसरी बढ्दो छ कि धेरै त नर्फकिने मनसायले विदेश गइरहेका छन्। उतै घरजम गर्ने सपना देखिन्छन्। जुन नेपाली समाजको अहिलेको विकराल पीडा हो। तसर्थ, नेपाली युवायुवतीको सोच र सपना बदल्नुपर्ने बेला आएको छ। उनीहरुले आफ्ना शिक्षादीक्षा र पाखुरा स्वदेशकै लागि समर्पण गर्ने बेला आएको छ।

विक्रम संवत् २०७८ को जनगणना र मध्यपहाडी लोकमार्ग भएर अघिल्लो वर्ष नेकपा (एमाले)ले गरेको पैदल यात्रामा पहाडबाट बसाइँसराइ अत्यधिक बढेको कुरा आएको थियो। फलस्वरुप नेपाली मिडियामा बसाइँसराइ विशेष सघन बहसहरु भए। विकासको सन्तुलन र जनताको आकाङ्क्षा बुझन् सो बहस सान्दर्भिक हो। तर समकालीन नेपालमा बसाइँसराइभन्दा बढी देशै छोडेर विदेसिनेहरुले पीडा दिएको समय हो।

देशमा रोजगारी छैन। कानुनको सर्वोपरि कार्यान्वयन पनि छैन। सिस्टम बसेको छैन। झमेलाहरु छन्। हो सबै छन्। तर उद्यम व्यवसाय गर्न, आफ्नो सोचको कार्यान्वयन गर्न र राज्यलाई त्यसतर्फ घच्घच्याउन त हाम्रो कानुनहरु बाधक छैन। सबैले उद्यम व्यवसाय गर्न पाउने, लेख्न बोल्न पाउने, आफ्ना आवश्यकता र माग राज्यसँग राख्न पाउने अधिकार युवाहरुसँग छन्। नमिलेका कुराहरु मिलाउन सकिन्छ। युवाहरुका चाहना र आवश्यकताअनुसारका कानुन बनाउन सकिन्छ। बजेटमार्फत युवामैत्री कार्यक्रमहरु ल्याउन सकिन्छ। तर यी सबै विकल्पहरु त्यागेर विदेशको सुखलाई सपना बनाउनु राम्रो हँुदै होइन।

वास्तवमा अहिले त्यसरी विदेसिएकाहरुमध्ये युरोप, अमेरिका र अष्ट्रेलिया गएकाहरु सदाका लागि उतै बसोबास गर्ने गरी अन्तरदेशीय अघोषित बसाँइसराइ गरिरहेका देखिन्छन्। देशभित्रैबाट अर्को कुनै ठाउँमा बसाइँसराइ बढ्नु आजको आधुनिक समयमा सामान्य हो तर विदेशमा पलायन हुनुले दीर्घकालीन असर पार्दछ। यो सब अवस्था कसले निम्त्यायो ? विकासमा हामी किन पछि पर्‍यौँ ? रोजगारी सिर्जनामा हामी किन पछि पर्‍यौँ ? हामीलाई कसले रोक्यो ती काम गर्न ? अब ती कुरामा पनि बहसको खाँचो त छ। अन्यथा आगामी दिनहरुमा हाम्रा सारा युवाहरु विदेसिने छन्, जसलाई रोक्न सकिने छैन।

अनि युवाहरु नै नभएपछि हुन्छ विकास कसरी ? फेरि त्यो विकास कसका लागि ? युवाहरु नै नभएपछि उपभोक्तामा माग कसरी बढ्छ ? बजार कसरी चलायमान हुन्छ ? अर्थतन्त्र कसरी चलायमान हुन्छ ? सबै कुरा जनसङ्ख्याले, उपभोग बढाउने उमेरले निर्धारण गर्ने हो। बुढ्यौली भनेको जीवन बिसाउने तयारीको उमेर हो। बालबच्चाहरु भनेका शारीरिक रुपमा परिपक्व नभएका काँचा माटो सरह हुन्। त्यसकारण देशको विकासका लागि पढेलेखेका, सीप र दक्षताले योग्य, प्राविधिक युवाहरुबाट हुने हो। तिनै बाहिरिएपछि देशको आकर्षण हराउनु स्वाभाविक हो।

हरेक वर्ष नेपालको श्रम बजारमा करिब पाँच लाख युवा आइरहेका हुन्छन्। तीमध्ये साढे तीन लाखजसो बर्सेनि बाहिरिँदै गरेको नमीठो तथ्याङ्क पनि आउने गर्छ। अर्थात् श्रम बजारमा आउने सबैजसो युवाहरुले नेपालमा भविष्य देखिरहेका छैनन्। सरकारले आवश्यक चिन्ता प्रकट गरेर युवा पलायन रोक्ने कार्यक्रम र अभियान चलाउन सकेको छैन। आम युवाहरु देशमा केही नदेख्ने तर विदेशमा सबै देख्ने अवस्था राजनीतिक दलहरुका नेताहरुको अदूरर्शिताले सिर्जना गरेको हो।

अष्टे«लिया, बेलायत, अमेरिकाजस्ता विकसित देशहरुमा पढ्न जाने विद्यार्थीहरुमा सङ्ख्यात्मक रुपमा नेपालीहरु भारत र चीनपछि तेस्रो–चौथो नम्बरमा आउन थालेका छन्। संसारभरका १०६ वटा देशका साढे १० हजार शिक्षण संस्थामा नेपाली विद्यार्थीलाई अध्ययन गर्न शिक्षा मन्त्रालयले अनुमति दिइसकेको अवस्था छ। पढ्नका लागि मात्रै अरबौँ पैसा बर्सेनि बाहिरिरहेको अवस्था छ।

पढ्नका लागि होस् वा पढ्ने बहानामा कमाउनका लागि होस् युवायुवतीहरु अहिले अमेरिका, अष्टे«लिया, बेलायत, युरोप, जपान, कोरिया र खाडी मुलुकहरुलगायत संसारभर पुगिसकेका छन्। यसरी संसारभर काम र दाम, सुखभोगको खोजीमा निस्किएका युवायुवतीले स्वदेशलाई नै अँध्यारो बनाएका छन्। मुलुकमा करिब काम गर्नसक्ने सार्मथ्य राख्ने युवाहरु रिक्तिएको अवस्था छ। तर सरकारसँग युवाहरुको पलायन रोक्ने कार्यक्रमहरु छैनन्।

त्यसकारण आउँदै गरेको आर्थिक वर्ष २०८२/८३ को बजटे युवामैत्री हुनुपर्छ। त्यसले युवाहरुको रोजगारी र उद्यम व्यवसाय गर्ने वातावरण बनाइदिनुपर्छ। अर्थात् आगामी बजेट विकासका ठूलाठूला परियोजनाहरुलाई भन्दा युवा जनशक्ति व्यवस्थापनमा बढी खर्च गर्नेगरी ल्याइँदा राम्रो हुन्छ।

अन्यथा भएभरका युवायुवतीहरु विदेश पलायन भइरहँदा नेपालको आधुनिक विकास ‘आकासको फल आँखा तरी मर’ भन्ने जस्तो हुन्छ। पछिल्लो २०७८ सालको जनगणनाअनुसार नेपालमा अहिले सबैभन्दा बढी काम गर्नसक्ने युवाहरुको जनसङ्ख्या छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गरेको २०७८ सालको जनगणना विवरणअनुसार मुलुकमा अहिले ६१.९६ प्रतिशत १५ देखि ५९ वर्ष उमेरका मानिसको जनघनत्व रहेको छ। त्यो समूह भनेको काम गर्नसक्ने युवा बाहुल्य उमेर समूह हो।

तर विडम्बना त्यही उमेर समूहभित्रका धेरैजसो विदेसिएको अवस्था छ। त्यसकारण सरकारले देश नबन्नुका कारण युवा शक्ति बाहिरिनुले पनि हो भन्ने तथ्य राम्ररी बुझन् जरुरी छ। यो देश बन्न र बनाउनका लागि काम गर्न सक्ने जल्दाबल्दा युवाशक्ति र पुँजीको अपरिहार्यता छ। त्यसपछि आवश्यक योजना, प्रविधि र सीप तथा स्रोतको आवश्यक हो। उनीहरुलाई कसरी देशमै अड्याउने, कसरी काम दिने, कसरी रोजगार एवं सीपमूलक बनाउने सम्बन्धमा ठोस योजनासहितको कार्यक्रम तथा बजेट सरकारले ल्याउन जरुरी छ।

अबको ३२ वर्ष नेपालको जानसाङ्ख्यिक अवस्थाबाट देशले अत्यन्तै लाभ लिन सकिने अवस्था छ। वयस्कहरुको बर्चस्वको अवस्था देशका लागि लाभप्रद हुनसक्छ। राजनीति गर्नेहरुले युवा शक्तिको मर्म अहिले पनि बुझेनन् भने अब ३२ वर्षपछि नेपालको जनसङ्ख्याको घनत्व बुढाहरुले हड्प्नेछन्। अनि त नेपाल विकास नभई बुढो हुनेछ। त्यसैले अहिले नै दीर्घकालीन सोच राख्न जरुरी छ। -रासस

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

उ घर खोज्दै छ (कथा)

१२ कार्तिक २०८२, मंगलवार १५:३३

व्यवस्था ठीक छ, अब नेताहरूको आचरण ठीक हुनुपर्‍यो : डा. शशांक कोइराला [अन्तर्वार्ता]

१३ असार २०८२, शुक्रबार १२:००

प्यालेस्टाइनी जनता माथिकाे इजरायली दमन घोर अमानवीय छः मोहनविक्रम सिंह

११ असार २०८२, बुधबार १६:४६
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति