Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
विचार/ब्लग

विद्यार्थी वर्गबाट उत्पादन हुने कार्यकर्ताहरू कम्युनिस्ट पार्टीका नटबोल्ट हुन्

By आयो रैबार संवाददाता१६ बैशाख २०७८, बिहीबार ११:०१
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

एउटा कम्युनिस्ट पार्टीका लागि आफ्नो क्रान्तिकारी उद्देश्य पूरा गर्नका लागि विभिन्न माध्यमबाट आफूलाई सुसज्जित पार्न सक्नुपर्दछ । जुनसुकै कम्युनिस्ट पार्टीका लागि मुख्य कुरा उसको सिद्धान्त हो, त्यसपछि क्रमशः नेतृत्व, कार्यकर्ता र उसले अपनाएका माक्र्सवादी–लेनिनवादी र माओ विचारलाई आफ्नो पथप्रदर्शक बनाई सही प्रयोग गर्नु नै हो ।

कम्युनिस्ट पार्टीमा विभिन्न वर्गबाट पार्टी सदस्यको आगमन हुने गर्दछ, जसमध्ये मजदुर, किसान, महिला, पुरुष, जनजाति, अल्पसङ्ख्यक, शिक्षक, कर्मचारी, बुद्धिजीवी र युवा तथा विद्यार्थीबाट निरन्तर पार्टीमा नयाँ नयाँ कार्यकर्ताको आगमन भइराखेका हुन्छन् । यिनीहरूको बिचमा पार्टीले आफ्नो कार्यकर्ता तथा नेताको पङ्क्ति बनाएको हुन्छ । यिनै वर्गहरूको उत्पीडित आवाज, मागलाई कम्युनिस्ट आन्दोलनसँग जोड्दै पार्टीले लगेको हुन्छ । यस लेखमा विभिन्न वर्गको बारेमा भन्दा पनि खासगरी विद्यार्थीको वर्गीय चरित्र र त्यसले विद्यार्थी आन्दोलन र कम्युनिस्ट आन्दोलनमा पार्ने प्रभावको बारेमा उल्लेख गर्ने कोसिस गरिएको छ ।

वास्तवमा विद्यार्थीलाई कुनै वर्गको रूपमा नलिँदा पनि खासै फरक त पर्दैन, तैपनि यो एउटा ठुलो समूह भएकाले यसको भूमिकाले विश्वमा ठुला ठुला राजनीतिक, शैक्षिक, समाजिक परिवर्तन हुनुका साथै राष्ट्रिय मुक्ति आन्दोलन हुनुमा सहयोग पुर्याउने काम गरेको छ ।

कुनै पनि राजनीतिक क्रान्ति वा परिवर्तनको निर्णायक शक्ति नहुँदा–नहुँदै पनि यो समूह अर्थात् वर्ग बिना कुनै पनि उथलपुथलका घटनाले गति लिन नसक्ने कुरा निश्चित नै रहेको छ । विद्यार्थीहरू स्वाभाविक रूपमा कुनै पनि रूपमा निश्चित ठाउँमा जस्तै– विद्यालय, कलेज, विश्वविद्यालयमा सञ्चित रूपमा रहेको शक्ति हो र यिनीहरूलाई सही प्रकारले प्रयोग गर्न सकेको खण्डमा कुनै पनि आन्दोलनले छिटो परिणाम लिन सक्दछ । यिनीहरूलाई सङ्गठित गर्ने प्रयत्न सबै प्रकारका उद्देश्य बोकेका शक्तिले गरी नै रहेका हुन्छन् । विद्यार्थी तत्कालका लागि सबैको साझेदारी मित्रशक्ति भएता पनि भविष्यका लागि देश, समाज, पार्टी, सङ्घसंस्थाको लागि उत्तराधिकारी हुन् । तसर्थ यो शक्तिलाई, जसले आफ्नो प्रभावमा पार्न सक्यो, उसैका स्वार्थअनुकूलको उद्देश्य हासिल गर्न मद्दत पुग्दछ ।

सामान्य अर्थमा विद्यार्थीको मुख्य काम ज्ञान हासिल गर्नु हो, पढेर ठुलो मानिस बनेर आफ्नो भविष्य सुन्दर बनाउने, आमाबाबुको सपना पूरा गर्ने हो । तर पनि आज हाम्रो समाजमा रहेका विद्यार्थीले केवल यति मात्र उद्देश्य राखेर हुँदैन । विद्यार्थीले पनि आफूले पढेको विषयको बारेमा त्यसले समाजमा पार्ने प्रभाव, शिक्षा प्राप्त गर्न पाउने अधिकार, समान शिक्षा, निःशुल्क शिक्षा, वैज्ञानिक र व्यावहारिक शिक्षा आर्जन गर्ने उचित वातावरण, देशलाई पुर्याउने टेवा, नैतिकवान नागरिक बन्ने शिक्षा, मातृभाषामा पढ्न पाउने अधिकार, प्रविधिमूलक, रोजगारमूलक शिक्षानीति, शिक्षामा समानता र हिजो र आजको शिक्षामा आएको फरक आदिजस्ता विभिन्न शैक्षिक गतिविधिको बारेमा पनि ध्यान जान जरुरी छ ।

कुनै पनि देशको शिक्षानीति त्यस देशको शासन व्यवस्थामा आधारित रहेको हुन्छ । समाजवादी देशको शिक्षानीति समाजवादी नै हुन्छ भने पुँजीवादी देशको शिक्षानीति बुर्जुवा हुने गर्दछ । त्यसैले कुनै देशमा अति धार्मिक कटुतावादी छ भने त्यहाँ त्यस्तै सामन्तवादी र निरङ्कुश शासन प्रणाली भएको देशमा त्यही प्रकारको शिक्षानीति हुन्छ ।

विद्यार्थीहरू चेतनाको स्तर हेर्दा निम्न पुँजीवादी चिन्तन बोकेको समूह हो । यो वर्ग खासमा प्रगतिशील वामपन्थी, देशभक्त, जनतान्त्रिक हुँदाहुँदै पनि यस वर्गका सम्झौतापरस्त चरित्र हुने गर्दछ । सम्झौतापरस्त चरित्र किन हो भने यसले आफ्नो शैक्षिक माग, जनजीविका र राष्ट्रिय हितको बारेमा आवाज उठाउन कहिलेकाहीँ दृढताभाव व्यक्त गर्दैन । यो वर्गलाई सधैँभरि आफ्नो भविष्य, परीक्षा, पढाइ र शैक्षिकक्षेत्रका नियमले मर्यादित बनाइराखेको हुन्छ । तसर्थ यो वर्गलाई कम्युनिस्ट पार्टीले सङ्गठित गर्दै सैद्धान्तिक–राजनीतिक र विभिन्न शैक्षिक मागको बारेमा जानकारी गराउँदै सङ्गठित बनाउन हिम्मत दिने काम गर्नुपर्दछ ।

विद्यार्थीमाझ थुप्रै रणनीतिक उद्देश्य बोकेका पार्टीले आफ्नो सङ्गठन बनाउने काम गरिरहेका हुन्छन् । उनीहरूको विचारलाई चिर्दै वामपन्थी, देशभक्त, प्रगतिशील र जनपक्षीय आवाज बोकेका विद्यार्थीलाई आफ्नो प्रभावमा पार्दै सङ्गठित गर्नुपर्दछ ।

अहिले संसारभरिका शैक्षिक केन्द्रहरू सामन्ती, पुँजीवादी चिन्तनको विकास गर्ने केन्द्रका रूपमा विकास गरिएका छन् । त्यहाँ प्रदान गर्ने शैक्षिक ज्ञान, पढाइने पाठ्यक्रम, सबै त्यसैअनुकूल निर्माण गरिएका छन् । त्यहाँ अध्ययन गर्ने विद्यार्थी र त्यहाँबाट उत्पादन हुने जनशक्ति पनि निम्न पुँजीवादी चरित्र र चिन्तनबाट ग्रसित बनाइएका हुन्छन्, अर्थात्, उनीहरूमा निम्न पुँजीवादी चरित्र निर्माण गर्नका लागि स्कुल, कलेज पढ्ने बेलादेखि नै जोड भइरहेको हुन्छ, जसको प्रभाव व्यक्ति, परिवार, समाज, देश र सारा विश्वमा सर्वव्यापी रूपमा यस विचारले सबैलाई गाँज्न पुगेको छ । तसर्थ यसबाट टाढा रहनुपर्ने आवश्यकता आफूलाई सच्चा कम्युनिस्ट पार्टी भन्ने त्यसका कार्यकर्तामा पनि परिरहेको छ । यो यथार्थ हाम्रो अगाडि सधैँभरि चुनौतीको रूपमा रहिरहेको छ । कुनै कम्युनिस्ट पार्टी, नेतृत्व, कार्यकर्ताहरू कसैले चाहेर पनि यसबाट छुटकारा पाउन सकिरहेका छैनन्, जसको कारण कम्युनिस्ट आन्दोलनमा विभिन्न दक्षिणपन्थी भड्काव, अवसरवाद, विसर्जनवादको बाटो समाउँदै पतन हुँदै गइरहेका छन् ।

निम्न पुँजीवादी विचारधाराको विरुद्धमा सर्वहारा विचारधाराले निरन्तर सङ्घर्ष गर्दै आइरहेको छ । तर पनि सर्वहारा विचारधाराको विरुद्ध पुँजीवादी विचारधारालाई पँुजीपतिले आफ्नोअनुकूल कहिले दृढ प्रकारले त कहिले खुल्लमखुला प्रकारले योजनाबद्ध रूपमा प्रयोग गर्दै हाम्रा शैक्षिक केन्द्रहरू, समाज, परिवार, पार्टी जताततै पुँजीवादी विचारलाई पुँजीपति वर्गले मिश्रित रूपमा मन्द विष झैँ घुसाइरहेका छन् । समाजमा रहेका क्रान्तिकारी वर्गलाई पनि पुँजीवादी विचारधाराको विषले नराम्ररी प्रभाव पारेका कारण सर्वहारा वर्ग, मिहिनेत गर्ने श्रमजीवी जनता र सबै शोषित–पीडित वर्गको उत्थान हुन सकिरहेको छैन, श्रमजीवी वर्गलाई मजबुत रूपमा उठाउन सकिरहेका छैनन् ।

एउटा क्रान्तिकारी पार्टीले निरन्तर रूपमा आफ्ना पार्टीका नेता, कार्यकर्ता, जनवर्गीय सङ्गठन, आफूसँग नजिक रहेका जनतामा निम्न पुँजीवादी चिन्तन विचारको सिकार हुन नदिनका लागि वैचारिक सङ्घर्ष चलाउनुको विकल्प छैन । आफ्नो पार्टीको भविष्यका उत्तराधिकारीको रूपमा उपलब्ध हुन आउने शैक्षिक क्षेत्रका विद्यार्थीमा सर्वहारा विश्वदृष्टिकोण निर्माण गर्नका लागि निरन्तर रूपमा वैचारिक, सैद्धान्तिक प्रशिक्षण चलाई नै रहनुपर्दछ । यसो गर्न नसकिएमा क्रान्तिकारी चरित्र बोकेका विद्यार्थीहरूको ठुलो तप्का पुँजीवादी व्यवस्थाको षड्यन्त्रको सिकार हुन पुग्दछन् । साथै आफ्नो विद्यार्थी मोर्चाका विद्यार्थीहरूलाई पनि निम्न पुँजीवादी चिन्तनबाट मुक्त पार्न सकिँदैन, जसको परिणाम भविष्यमा तिनै विद्यार्थी मोर्चाका कार्यकर्ताहरूले एउटा क्रान्तिकारी स्प्रिट बोकेको पार्टीलाई नै पुँजीवादी पार्टी बनाउन पुग्नेछन्। जसको परिणाम एउटा कम्युनिस्ट आन्दोलनले विभिन्न भड्कावको सामना गर्दै विसर्जनको बाटो समाउने छ । तसर्थ, विद्यार्थी जीवनबाट नै पुँजीवादी विचारको वृक्षलाई हुर्कन नदिनका लागि निरन्तर रूपमा सर्वहारा विचारधाराको सैद्धान्तिक मलजल, गोडमेल र काटछाँटको काम गरिरहनुपर्दछ ।

विश्वभरिको कम्युनिस्ट आन्दोलनमा आएको विचलन र सुरधारवादी र अन्य पुँजीवादीको विजयको एउटै मात्र कारण हो– कम्युनिस्ट पार्टीभित्र देखा पर्ने निम्न पुँजीवादी चिन्तन, जुन सुसुप्त अवस्थामा रहेको हुन्छ, जुन अवसर पाएको खण्डमा त्यसले पुँजीवादी विचारमा परिणत भई भित्रभित्रबाट सर्वहारा विचारधारालाई परास्त गरी पार्टीको सिद्धान्त, नेतृत्व, पार्टी र कार्यकर्तामाथि हावी हुन पुग्दछ । कम्युनिस्ट पार्टीका कार्यकर्ता, नेतृत्वमा कहिले सर्वहारा विचारधारा हावी त, कहिले पुँजीवादी विचारधारा हावी हुने सङ्घर्ष निरन्तर चली नै रहन्छ । तसर्थ एक पटक एउटाको आधिपत्य भयो भने त्यो सधैँका लागि भइरहँदैन । यसलाई त केही समय टिकाइराख्न मात्र सकिन्छ ।

तसर्थ सबै वर्गहरू विशेष गरी विद्यार्थी वर्गलाई पुँजीवादी झुकावतिर बहकिन नदिनका लागि लगातार माक्र्सवादी प्रशिक्षण, माक्र्स, लेनिन, स्टालिन र माओको विचारको अनुयायी बनाउने, उनीहरूको जीवनबाट पाठ सिकाउने र निरन्तर पार्टीको उद्देश्य प्राप्तिका लागि सङ्घर्ष गराउने, कम्युनिस्ट आचरण निर्माण गर्ने साहित्य, पुस्तक पढाउने, मानसिक श्रम र शारीरिक श्रमको एकरूपता, जनवादी शिक्षा प्राप्तिप्रति लक्षित गराउनुपर्दछ । मिहिनेतकस जनता र विद्यार्थीबिच घुलमेललाई जोड दिनुपर्दछ, कम्युनिस्ट आचरणका ज्ञानहरू प्रदान गर्ने, मित्रशक्ति र दुस्मनशक्तिको ज्ञान गराउने, दुस्मनशक्तिको पहिचान, निरन्तर सङ्घर्ष गराउने, विभिन्न रूपबाट देखा पर्ने व्यक्तिवादी प्रवृत्ति, अहमतावादी चिन्तन, आफूभित्र देखा पर्ने गलत विचार, कमी–कमजोरी सच्याउनका लागि आत्मालोचना, आलोचनाको चेतको विकास गराउने, विभिन्न खाले अराजक विचार विरुद्ध सङ्घर्ष गर्न सिकाउने काम गर्नुपर्दछ ।

विद्यार्थी वर्गबाट उत्पादन हुने कार्यकर्ताहरू एउटा कम्युनिस्ट पार्टीका विभिन्न जनवर्गीय सङ्गठनका पाटपुर्जामा फिट हुने नटबोल्ट हुन् । यिनीहरूको प्रयोगले नै जनवर्गीय सङ्गठन चलायमान हुनुका साथै गतिविधि प्रभावकारी बनाउन पुग्दछन् । यसको साथै विद्यार्थीमा कम्युनिस्ट पार्टीका भविष्यका उत्तराधिकारी पनि भएकाले यो वर्ग÷मोर्चालाई विशेष गरी सामन्ती, पुँजीवादी चिन्तनबाट मुक्त पार्न, जनताका बिचको नेतृत्व बनाउन, पार्टीको कार्यनीति र रणनीतिक उद्देश्य प्राप्त गराउनका लागि र सधैँभरी प्रतिद्वन्द्वीको रूपमा देखा पर्ने पुँजीवादी विचारधाराको प्रतिवादमा सर्वहारा विचारधाराको झण्डालाई माथि उठाउने अनुशासित, मिहिनेत र क्रान्तिकारी उद्देश्य प्राप्त गर्न सधैँ तत्पर रहने जुझारु योद्धा बनाउन माक्र्सवादी वैचारिक स्तर उकास्न र प्रशिक्षित बनाउनको लागि कम्युनिस्ट पार्टीले विद्यार्थी वर्गमा सधैँ वैचारिक सङ्घर्ष चलाउनुपर्दछ ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

उ घर खोज्दै छ (कथा)

१२ कार्तिक २०८२, मंगलवार १५:३३

अन्तरविद्यालय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सम्पन्न

१२ श्रावण २०८२, आईतवार १४:४५

एसईई नतिजा : विद्यार्थीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई

१३ असार २०८२, शुक्रबार २०:४६
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति