Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कला

क्रान्तिका यात्रीहरुलाई निरन्तर उर्जा दिइरहने गीत : साक्षी छ हाम्रो इतिहास

By आयो रैबार संवाददाता५ माघ २०७७, सोमबार १०:५२
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

“..‍‍‍पिलो निचोरेर फयाँक्दैमा ओजन घटेको हुन्न.,”
सत्तारुढ नेकपामा विभाजन आएसँगै आफू नेतृत्वको नेकपा केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पौष ७ गते बोलेको एक वाक्य थियो त्यो । जनगायक जीवन शर्माको संगीत र स्वरमा रहेको “साक्षी छ हाम्रो इतिहास” बोलको गीत भित्रको उक्त टुक्कालाई प्रधानमन्त्री ओलीले पौष ७ यताका देशका विभिन्न भागमा भएका प्रशिक्षण तथा सभाहरुमा प्रायः प्रयोग गर्दै आउनु भएको छ । ओलीले मात्र होइन, अर्को समूहका नेताहरुले पनि आफ्नो सार्वजनिक भाषणमै यो गीतको प्रसंग जोड्दै आएका छन् । यी त अहिलेका एक दुई ताजा उदाहरणहरु मात्र हुन् । इतिहास खोतल्दै जाने हो भने उक्त गीतको प्रसंग वाम घटकका विभिन्न समूहहरुले आफ्ना आन्तरिक प्रशिक्षणहरुमा धेरै ठाउँमा धेरै पटक प्रयोग गर्दै आएका छन् । रक्तिम सांस्कृतिक अभियानले विगतमा संचालन गरेका कैयौं अभियानहरुमा यो गीत प्रस्तुत गरिदै आइएको छ । रक्तिमको कालजयी त्यही सदवहार गीत “साक्षी छ हाम्रो इतिहास” अहिले फेरि नयाँ भिजुअल सहित जनगायक जीवन शर्माको युटुव च्यानलबाट राष्ट्रिय एकता दिवश अर्थात् २०७७ पौष २७ गतेका दिनदेखि दर्शक श्रोता सामु आएको छ । आखिर कस्तो छ त गीत “साक्षी छ हाम्रो इतिहास ” ? , गीतले बोकेको शब्दभाव कस्तो छ ? किन यसलाई विभिन्न राजनेताहरुले आफ्ना पार्टी प्रशिक्षण तथा सभाहरुमा प्रयोग गरिरहन्छन् ? यो गीतको रचनाकालको पृष्ठभूमि के हो ? कस्तो बनेको छ त गीतको नयाँ भिजुअल ? यो समिक्षात्मक लेखमा यिनै प्रश्नहरुको उत्तर खोज्ने प्रयास गरिने छ ।

गीतले बोकेको शब्दभाव:
गीतले बोकेको शब्दभावलाई बुझ्न र अथ्र्याउन सर्वप्रथम हामीले गीतका पूरा शब्दहरुलाई हेर्नु र पढ्नु आवश्यक हुन्छ । हेरौं “साक्षी छ हाम्रो इतिहास” गीतका शब्दहरु ः
साक्षी छ हाम्रो इतिहासमुक्ति कहि डुबेन
ठोकेर भन्न मिल्छ हार हुँदै हुँदैन

मोर्चाहरुको हारले युद्धको हार हुन्न
शहिदहरु बढेर हिम्मत खसेको हुन्न
उठ्छन चन्द्र सूर्य कालो निशा चिरेर
उज्याउ मुठ्ठीहरु छेकेर छेकिंदैन
ठोकेर भन्न मिल्छ हार हुँदै हुँदैन
साक्षी छ हाम्रो………………..

गाली ढिपी कसेर के पो लछार्न सक्थ्यो
पत्करहरु खसेर कोशी कहाँ रुकेथ्यो
कायरहरु हटेर शक्ति घटेको हुन्न
पिलो निचोरि फ्याँक्दा ओजन घटेको हुन्न
भत्काउन उसका किल्ला रोकेर रोकिंदैन
ठोकेर भन्न मिल्छ हार हुँदै हुँदैन
साक्षी छ हाम्रो इतिहास मुक्ति कही डुबेन
ठोकेर भन्न मिल्छ हार हुँदै हुँदैन

श्रमजीवी जनताको मुक्ति अभियान, शोषणरहित समाज निर्माणको महाअभियान अर्थात् क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको सफलता अवश्यमभावी छ । कम्युनिस्ट आर्दशका सही नीति, सिद्धान्त र व्यवहार अपनाउँदै अघि बढेको कम्युनिस्ट आन्दोलन विश्वका धेरै देशहरुमा सफल भैसकेको पनि छ । भलै, कम्युनिस्ट आदर्शमा अडिक रहन नसक्दा स्थापित ती समाजवादी सत्ताहरु अहिले धेरै ठाउँमा जीवित रहेका छैनन् । तर पनि त्यो इतिहासलाई हेरेर हामी दावीका साथ भन्न सक्छौं–श्रमजीवी जनताको मुक्ति अवश्यमभावी छ । जनताका दुश्मनहरु जतिसुकै शक्तिशाली किन नदेखिउन, उनीहरुको त्यो शक्ति क्षणिक हो, अस्थायी हो । अन्ततः जीत सत्य कै हुन्छ, जनताकै हुन्छ ।
जनताको आन्दोलनलाई शिखर चुम्न नदिनका लागि प्रतिक्रियावादी, जनदुश्मनहरुले अनेकन षडयन्त्रहरु रचेका हुन्छन् । साम, दाम दण्ड भेदको नीति उनीहरुले अपनाइरहेका हुन्छन् । श्रमजीवी जनतामाथि चर्को शोषण र दमन गरिरहेका हुन्छन् । तर सही नीति र सिद्धान्त बोकेको कम्युनिस्ट पार्टीले ती दमनहरुको ससक्त प्रतिकार गर्दै जनमुक्ति अभियान अगाडि बढाइरहेको हुन्छ । आन्दोलनको बाटो, क्रान्तिको बाटो सोंचे जस्तो सरल हुँदैन । क्रान्तिका लागि रगतको आहुति अनिवार्य हुन्छ । आन्दोलनका क्रममा कैयौं आमाहरुका कोख रित्तिन सक्छन् । कैयौं चेलीहरुका सिन्दुर पुछिन सक्छन्, कैयौं बालबच्चाहरु अनाथ बन्न सक्छन् । तर देश र जनताको मुक्तिका लागि हाँसी हाँसी आफ्नो प्राणको आहुति दिने ती विर शहिदहरु जनमुक्ति अभियानका लागि सधै प्रेरणाका मुख्य स्रोत हुन्छन् । शहिदहरुको संख्या बढेर क्रान्तिकारीहरुको हिम्मत घटेको हुँदैन, बरु झनै बढेर गएको हुन्छ । रुस, चीन, भियतनाम लगायतका देशमा भएका ती क्रान्तिहरुले हामीलाई त्यही पाठ सिकाएका छन् । हाम्रै देशको सन्दर्भमा पनि त्यही कुरा सत्य हो । देशमा जहाँनिया राणाहरुको बर्बर तानाशाही शासन चलेका बेला दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठलाई फाँसीमा झुण्डाइयो । तर उनीहरुको शाहदतबाट राणा विरोधी आन्दोलन दविएन, बरु झनै सशक्त बन्दै गयो । ती महान् शहिदहरुको तस्वीर आजसम्म पनि नेपाली जनताको मनमस्तिष्कमा अमिट छापले कोरिएको छ । पंचायतीकालरात्रीका बेला तत्कालिन शासकले शहिदहरुको संख्यामा झनै बृद्धि गरे । जनव्रिदोहको नेतृत्व गरिरहेका रामनाथ दाहाल, नेत्र घिमिरे, विरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइकेललाई झापाको चन्द्रगढी बाट इलाम जेल सार्ने बहानामा इलामको सुख्खानी जंगलमा लगेर २०२९ फागुन २१ गते गोली हानी निर्ममतापूर्वक हत्या गरियो । पंचायती कालरात्रीमै छिन्ताङ काण्ड र पिस्कर काण्ड लगायतका काण्डहरुमा दर्जनौं शहिद भए । क्याप्टेन यज्ञबहादुर थापा, टंक भूसाल, सरोज शर्मा, मित्रमणि आचार्य लगायतका दर्जनौंलाई तानाशाही पंचायती व्यवस्थाले शहिद बनायो । तर निरंकुश पंचायती व्यवस्था विरुद्धको आन्दोलन झनै चकिंदै गयो र अन्ततः पन्चायती ब्यवस्था ढल्यो । त्यसैबाट नि प्रष्ट हुन्छ–शहिदहरुको संख्या बढ्दैमा क्रान्तिकारीहरुको हिम्मत घटेको हुन्न । शहिदहरुको शाहदतले जनताको आन्दोलनमा उर्जा थपिरहेको हुन्छ । जनदुश्मनका विरुद्धमा सचेत वस्तीहरु फेरी नयाँ तरिकाबाट संगठित हुँदै उठ्छन् र आन्दोलन अघि बढ्छ । जब जनता आँधीबेहरी बनेर संघर्षको मैदानमा उत्रिन्छन् तव त्यसलाई छेक्न सक्ने तागत कुनै प्रतिक्रियावादी शक्तिसँग रहँदैन । विश्वका विभिन्न देशका क्रान्तिहरु र हाम्रै देशमा पनि विभिन्न कालखण्डमा भएका राजनैतिक आन्दोलन र सशत्र विद्रोहहरुले त्यो कुरालाई सिद्ध गरिसकेका छन् । गीत “साक्षी छ हाम्रो इतिहास” का शब्दहरुले त्यही यथार्थभाव बोकेका छन् ।

श्रमजीवी जनताको आफ्नै राज्यसत्ता स्थापना गर्ने अभियान एक जटिल र दीर्घकालीन मार्गको अभियान हो । यो लामो यात्रामा हिंड्दा कोही मान्छे थाक्न सक्छन्, गल्न सक्छन्, ढल्न सक्छन् । जनताको आन्दोलनको नेतृत्व गरिरहेको पंक्तिलाई छिन्नभिन्न पार्न प्रतिक्रियावादीहरुले अनेक किसिमका षडयन्त्रका तानावाना बुनिरहेका हुन्छन् । आफ्ना एजेण्टहरुलाई त्यो आन्दोलनभित्र घुसाएर आन्दोलनलाई गलत दिशातर्फ मोड्न खोज्छन् । नक्कली क्रान्तिकारी र नक्कली राष्ट्रवादीपन देखाएर आन्दोलनको बागडोर आफ्नो हातमा लिने र त्यो आन्दोलनलाई सही गन्तव्यमा पुग्न नदिई दिग्भ्रमित पार्ने यस्ता अनेक किसिमका प्रपन्चहरु जनदुश्मनहरुले रचेका हुन सक्छन् । जनताले यस्ता प्रवृत्तिहरुलाई बेलैमा चिन्न सक्नु पर्दछ । कोही मान्छे थाक्दैमा, कोही नेता विक्दैमा जनताको आन्दोलन कमजोर हुँदैन । खराब प्रवृत्ति बोकेका नेता, शरीरमा निस्कने पिलो जस्तै हुन् । जसरी पिलोलाई निचोरेर त्यसको खिल फालेपछि शरीर झनै स्वस्थ हुन्छ त्यसरी नै खराब प्रवृत्ति बोकेका नेता÷कार्यकर्ता संगठन र आन्दोलनबाट बाहिरिंदा संगठन र आन्दोलन झनै मजबुत बन्ने गर्दछ । ती केही व्यक्तिहरु संगठन वा आन्दोलनबाट बाहिरिदा संगठनको शक्ति घटेको हुन्न । खराब नियत र प्रवृत्ति बोकेका नेता कार्यकर्ताहरु संगठनमा रहँदासम्म आन्दोलनले सही गति लिन सक्दैन । भाषण र लेखनमा त सबैले आफूलाई नै सही दावी गर्न गर्दछन् तर उनीहरु कति सही छन् भन्ने कुरा तिनले अपनाउने व्यवहारबाट छुट्टाउनु पर्दछ । खराब मान्छेले सही र इमान्दारहरुलाई अनेक किसिमका लान्छानाहरु लगाउन सक्छन् । जब मान्छे नीति, सिद्धान्तबाट च्यूत हुन्छ तब उसले गर्ने भनेकै व्यक्तिगत गाली गलौज हो । तर आफू वास्तवमै सही छ भने त्यस्ता गलत नियत र प्रवृत्ति बोकेकाहरुले जतिसुकै गाली गलौज गरे पनि त्यसले केही लछार्न सक्दैन । झुट धेरै दिनसम्म टिक्न सक्दैन । वास्तवमा कुनै पनि चीजको विनासको कारण त्यसैभित्र अन्तरनिहित हुन्छ । यदि कुनै संगठनले खराब नीति र सिद्धान्त अपनाएको छ भने अन्ततः त्यही कारणबाट उसको एकदिन पतन निश्चित हुन्छ । सही नीति, सिद्धान्त र व्यवहार अपनाइरहेको संगठनलाई अरुले जतिसुकै लान्छना वा आरोपहरु लगाएर भट्टे सराप गरे पनि अन्ततः ती सबै व्यर्थ जान्छन् । जनताको आन्दोलनको नेतृत्व गर्ने नेताहरुलाई बदनाम गर्न अनेक प्रकारका आरोपहरु लगाइएका धेरै दृष्टान्तहरु छन् । इतिहास साक्षी छ – मार्क्स , लेनिन, स्टालिन, माओ, होचिमिन्ह, महात्मा गान्धी, नेल्सन मण्डेला लगायतका विश्वका धेरै दार्शनिक तथा राजनेताहरुले आफ्नो कार्यकालमा त्यस्ता धेरै आरोपहरुको सामना गर्नु परेको थियो । तर ती गाली ढिपीले उनीहरुलाई केही लछार्न सकेन । यदि आफूसँग सही नीति र सिद्धान्त छ भने अन्ततः जनता त्यही संगठनमा गोलबन्द हुँदै आन्दोलनको मैदानमा उत्रनेछन् र त्यो आन्दोलनले नै विजयको शिखर चुम्नेछ भन्ने तथ्यलाई उनीहरुले आफ्नो जीवनकालमा प्रमाणित गरेर देखाएका छन् । त्यही कुरा हाम्रो देशको सन्दर्भमा पनि सत्य हो । नेपालका सन्दर्भमा पनि दावीका साथ भन्न सकिन्छ – जनताको राज ल्याउने अभियान, सारा बाधा र व्यवधानहरुलाई पन्छाउँदै एक दिन अवश्य सफल हुनेछ । कालो निष्लट अँध्यारो रातलाई चिरेर सुख र समृद्धिको सुनौलो विहान अवश्य उदाउनेछ । चन्द्र र सूर्य अंकित झण्डा नयाँ गगनमा फरफराउने छ । “साक्षी छ हाम्रो इतिहास” बोलको गीतले बोकेको मूलभाव त्यही हो ।

गित बारे सर्जक र गायक :
धेरैलाई थाहा नहुन सक्छ–यो गीतको शब्द सिर्जना गर्ने पार्थ क्षेत्री अर्थात् राम कार्की हुनुहुन्छ । पूर्व सूचना तथा संचारमन्त्री समेत रहिसक्नु भएका सर्जक कार्की नेपाली कम्युनिस्ट आन्दोलनमा एक सुपरिचित नेता मानिनु हुन्छ । मार्क्सवादी कला , साहित्य र दर्शनमा विशेष दख्खल राख्नु हुने नेता कार्कीको भाषणकला निकै सम्मोहित खालको हुने गर्छ । गीतका शब्द रचनाकालको पृष्ठभूमि सम्झँदै उनै सर्जक राम कार्की भन्नुहुन्छ –“चालिसको दशकको प्रारम्भमा पार्टीहरुभित्र टुटफुटको श्रृंखला चलेको थियो । त्यही परिवेशमा यो त्यस्तै २०४२ /४३ तिर लेखिएको गीत हो ।”

आजभन्दा ३५ वर्ष अगाडि लेखिएको यो गीत आज पनि उत्तिकै सान्दर्भिक लाग्छ । कम्युनिस्ट पार्टीहरु जुट्ने र फुट्ने सिलसिला अहिले पनि जारी छ । “कुनै पनि कम्युनिस्ट नेता र कार्यकर्ता मुख्य कुरा वर्ग सिद्धान्त र आदर्श प्रति प्रतिबद्ध हुनुपर्छ ।” गीतले बोकेको सन्देशका बारेमा सर्जक राम कार्की भन्नुहुन्छ–“वर्ग सिद्धान्त र आदर्शबाट च्यूत हुनेहरु जतिसुकै संख्यामा भए पनि उनीहरुले क्रान्ति गर्न सक्दैनन् –यो गीतले दिन खोजेको मुख्य सन्देश यही हो ।” गीतलाई नयाँ प्रकारले भिडियाे गरेर युटु्वमा ल्याइएकोमा आफूलाई निकै खुशी लागेको उहाँले बताउनु भयो । श्रमजीवी जनताका सर्वप्रिय कलाकार जनगायक जीवन शर्माले संगीतबद्ध गरेर यो गीत गाउँदै हिंड्दा आफूले गौरवान्वित महशुस गरेको सर्जक कार्कीले बताउनुभयो । “जीवनजीले प्रगतिशील गीत संगीतको क्षेत्रबाट आमरुपमा सबैको सेवा गर्नु भएको छ । उहाँसँग हामी २०४७ सालसम्म सांगठनिक रुपमा पनि सँगै थियौं ।” जनगायक जीवन शर्माबारे सर्जक तथा नेता कार्कीले स्मरण गर्दै भन्नुभयो –“शब्द सिर्जना, संगीत र स्वर तिनै कलाका धनी जीवन शर्मालाई जनताका आँशु कवि भन्न रुचाउँछु म । कुनै समय दिल्लीका झुपडीहरुमा हामी रातीसँगै बस्थ्यौं । विहान उठ्दा उहाँले गीत तयार पारी सक्नु हुन्थ्यो । सर्वहारा वर्गीय आदर्शप्रति प्रतिबद्ध व्यक्ति हो जीवन शर्मा । जनयुद्धका बेलामा पनि हामी उहाँकै गीत सुन्थ्यौं । त्यस्तो आदर्शवान जनताका कलाकारले मेरा शब्दहरुमा संगीत भरेर यसरी गाएकोमा गौरवान्वित भएको छु म ।” जनगायक जीवन शर्मा संगको सम्बन्ध पहिले जस्तो अहिले पनि उस्तै प्रगाढ रहेको समेत उहाँले स्पष्ट पार्नुभयो ।

अहिले सत्तारुढ नेकपामा विभाजन आएको छ । विभाजन पछि दुवै समूहले आफू नै सही भएको दावी गरिरहेका छन् । दुवै समूहका नेताहरुले आफ्ना पार्टी प्रशिक्षण तथा आमसभाहरुमा यही गीतमा उल्लेखित शब्दहरु प्रयोग गर्दैै एक अर्कालाई “पिलो र ‘पतकर’हरुको संज्ञा दिइरहेका छन् । ठिक यही बेला नयाँ प्रकारको भिजुअल सहित “साक्षी छ हाम्रो इतिहास” गीत आएको छ । तर यसरी यही बेला यो गीत आउनुलाई संयोग मात्र मान्नु हुन्छ जनगायक जीवन शर्मा । “पुराना गीतहरुलाई युटुवमा अपलोट गर्दै जाने सिलसिलामा यसको पालो अहिले पर्यो । तर कुनै खास राजनैतिक घटनाक्रमलाई हेरर यो गीत ल्याएको होइन ।” – गीतमा संगित भर्दा र गाउँदै हिंड्दाको स्मरण गर्दै जनगायक शर्माले भन्नुभयो–“पंचायतकालमा भारतको डिल्लीमा पहिलो भेट हुदा राम कार्कीको डायरीमा देखेर मेरो डायरीमा सारेको थिएँ । तत्काल यसलाई संगीतबद्ध गरेर अभियानहरुमा गाउँदै हिंडियो । तर रिकर्ड गर्ने काम भने २०५४ सालतिर आएर मात्र सम्भव भयो ।” सर्जक राम कार्कीले जस्तो जनगायक जीवन शर्माले पनि नीति, सिद्धान्त र मूल्य मान्यताको राजनीति गरिरहेका जनमुक्ति अभियानका हरेक यात्रीहरुलाई यो गीतले उर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नु भयो । जनगायक जीवन शर्माले भन्नुभयो–“क्रान्तिकारी आन्दोलन निरन्तर अगाडि बढिरहन्छ । कसैले छेकेर छेकिंदैन । रोकेर रोकिंदैन । यो गीतले दिने मुख्य सन्देश यही हो ।”

गीतको भाव अनुरुप भिडियाे :
गीतका शब्दहरुले जुन प्रकारको उच्च क्रान्तिकारी भाव बोकेका छन् , त्यसप्रति पूर्ण न्याय हुने खालको संगीत र स्वर यो गीतले पाएको छ । अल्फा डिजिटल ताहचल छाउनीमा २०५४ सालमा रिकर्ड गरिएको यो गीत “शहिद गाथा” एल्बम भित्र समाविष्ट रहेको छ । जनगायक जीवन शर्माले माथि बताइसक्नु भएको छ– पंचायतकालका र २०४६ पछिको बहुदलीय कालका पनि धेरै सास्कृतिक अभियानहरुमा यो गीत उहाँले गाउँदै हिंड्नु भएको छ । जनआन्दोलन २०६२/६३ को पूर्व सन्ध्यामा रक्तिमले संचालन गरेको मेची–महाकाली सांस्कृतिक अभियानका क्रममा यस गीतलाई हामीले प्राथमिकताका साथ ठाउँठाउँका कार्यक्रमहरुमा प्रस्तुत गरेका थियौं । देशमा दोस्रो पटक संविधानसभाको निर्वाचन भैसकेपछि प्रमुख भनिने दलहरुले संविधान निर्माणमा आलस्यता देखाइरहेका बेला रक्तिम सांस्कृतिक अभियानले “समयमै लोकतान्त्रिक संविधान निर्माण गर” भन्दै २०७१ फागुन १३ देखि चैत्र ९ गतेसम्म देशव्यापी रुपमा “रक्तिम विविध सांस्कृतिक कार्यक्रम” संचालन गरेको थियो । त्यो कार्यक्रममा हामीले यस गीतलाई प्राथमिकताका साथ प्रस्तुत गरेका थियौं । यो गीतमा कलाकारहरु नवलपरासीका सुमन रोकामगर र गुल्मीका ओम श्रीसले अपेरा नृत्य प्रस्तुत गरेका थिए । त्यो प्रस्तुति यति सशक्त थियो कि त्यसलाई हेरिसकेपछि प्रायः ठाउँका दर्शकहरुले भन्ने गर्थे –“ओ हो…. कलाकारहरु त चीनबाटै ट्रेनिङ दिएर ल्याए जस्तो छ ।” त्यो गीत र नृत्यले हरेक ठाउँमा प्रभाव पारेको थियो । हरेक सालका देउसी – भैलो कार्यक्रमका सिलसिलामा राजनीतिज्ञ, समाजसेवी र सचेतजन विशेषका घरमा कार्यमक्रम प्रस्तुत गर्दा हामीले प्रायः यो गीत छुटाउँदैन थियौं । नेता राम कार्की सूचना तथा संचारमन्त्री भएका बेला जुनबेला जनार्दन शर्मा उर्जामन्त्री हुनुहुन्थ्यो –यो शायद २०७२ सालको देउसी भैलोको बेलाको कुरा हो । जीवन शर्मा सहितको हाम्रो टोलीले पुल्चोक ललितपुर पुगेर उहाँँहरु दुवै जना मन्त्रीको निवास अगाडि कार्यक्रम प्रस्तुत गरेको थियो । त्यहाँ पनि हामीले यो गीत प्रस्तुत गरेका थियौं । कलाकार भाई सुमन रोकाले यो गीतमा निकै सुन्दर अपेरा नृत्य प्रस्तुत गरेका थिए । त्यही बेला हो टोलीमा रहेका प्रायः रक्तिम कलाकारहरुलाई पहिलो पटक यस गीतका सर्जकको नाम थाहा लागेको । हाम्रो कार्यक्रम पछि हामीलाई धन्यवाद दिंदै मन्त्री कार्कीले मन्तव्य राख्नु भएको थियो । मन्तव्यको क्रममा उक्त गीत रचनाको पृष्ठभूमि स्पष्ट पार्दै सर्वहारा वर्गीय सिद्धान्त र आदर्शप्रति अविचलित रुपमा निरन्तर अघि बढ्न उहाँले दिनुभएको त्यो सुझाव अहिले पनि हाम्रो मानसपटलमा सजिएर बसेको छ ।

अहिले युटुवबाट नयाँ प्रकारको भिजुअल सहित आउँदा झनै उच्च क्रान्तिकारी भाव झल्कने दृश्यहरु सहित आएको छ यो गित । भिजुअलमा रुसको अक्टोबर क्रान्ति, चीनको जनवादी क्रान्ति, कार्लमार्क्सको जन्मघर , माओको जन्मघर , विभिन्न देशहरुमा र नेपालमै पनि विभिन्न कालखण्डमा भएका विशाल जनप्रदर्शनका फोटाहरुलाई निकै कलात्मक ढंगले मिलाएर राखिएको छ । कुनै पनि गीतको भिजुअल निर्माण गर्दा त्यो गीतले बोकेको मुख्य सन्देशलाई सरल रुपमा दर्शक श्रोताले बुझ्ने गरी गरिनुपर्दछ । गीत “साक्षी छ हाम्रो इतिहास” को भिजुअलमा त्यही गरिएको छ । गीतको भिडियोलाई तुलसी बास्कोटाले सम्पादन गरेका छन । गीतको भिजुअल हेरिसकेपछि ती तस्वीरहरुका स्थानमा रुस, चीन, जर्मन लगायतका ती देश र नेपालकै पनि जनआन्दोलनका संक्षिप्त भिडियो फुटेज नै राखेको भए अझ सुनमा सुगन्ध हुने थियो भन्ने जोकोहीलाई पनि लाग्न सक्छ । तर पनि गीतको भिजुअलमा जति फोटो दृश्यहरु समेटिएको छ, ती गीतको मूलभाव अनुवरुपका नै छन् ।

हरेक क्रान्तिकारीलाई उर्जावान सन्देशः
गीत “साक्षी छ हाम्रो इतिहास” ले देश र जनताको मुहान बदल्ने अभियानमा लागेका हरेक अभियात्रीहरुलाई निकै उर्जाशील सन्देश दिएको छ । क्रान्ति अर्थात् परिवर्तन चाहाने प्रत्येक क्रान्तिकारीहरु यो गीत सुनेर उत्साहित हुँदै क्रान्ति यात्रामा अघि लम्कन सक्छन् । टुटफुटको श्रृंखला पार्टी संगठनहरुमा चलिरहन्छ । मुख्य कुरा नीति हो, सिद्धान्त हो र विचार हो । हामी सधै सही नीति सिद्धान्त र विचारको पक्षमा लाग्नु पर्दछ । केही व्यक्ति पार्टी संगठनबाट बाहिरिंदैमा वास्तवमा कोही पनि आत्तिनु जरुरी हुँदैन । मुख्य कुरा आफूले लिएको नीति, सिद्धान्त र विचार सही छ भने अन्ततः जीत त्यही सही विचारको नै हुन्छ । जनताको क्रान्तिकारी आन्दोलन निरन्तर अगाडि बढिरहन्छ –यो कसैले छेकेर छेकिंदैन रोकेर रोकिंदैन । एक दुई वटा मोर्चामा हार हुँदैमा क्रान्तिकारीहरु आत्तिनु हुँदैन । किनकि मोर्चाहरुको हारले समग्र जनमुक्ति अभियानकै हार भएको हुँदैन । इतिहासका ती घटनाक्रमहरुबाट पाठ सिक्दै हरेक क्रान्तिकारीहरु अघि बढ्नु पर्छ । अन्ततः जीत सत्य कै हुन्छ, जनताकै हुन्छ । गीत “साक्षी छ हाम्रो इतिहास” ले मूल रुपमा त्यही सन्देश दिएको छ । यो गीत सुनेपछि हरेक पार्टी संगठनमा लागेका नेता-कार्यकर्तालाई देश, जनता र पार्टी संगठनको काममा खट्न झनै उर्जा प्राप्त हुनेछ भन्ने अपेक्षा राख्न सकिन्छ । हरेक क्रान्तिकारीहरुमा उर्जा भर्ने यस्तो जोशिलो गीत युटुव मार्फत् पुनः जनसमक्ष ल्याएकोमा गीतका सर्जक रामकार्की र जनगायक जीवन शर्मालाई कोटी कोटी नमन । साथै, यो गीत र जनगायक जीवन शर्माको समग्र जनगीति यात्राको उच्च सफलताको कामना पनि ।

आखिर कस्तो छ त गीत – “साक्षी छ हाम्रो इतिहास” ? अब सुनौं र हेरौं यो भिडियोमा ….

Author

  • आयो रैबार संवाददाता

    View all posts

समीक्षा
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

‘भ्वाइस किड्स’ चौंथो सिजन आजदेखि, शीर्ष प्रायोजकमा ‘वात्सल्य’

३१ जेष्ठ २०८२, शुक्रबार १४:२९

दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ वाट पनि

२६ जेष्ठ २०८२, आईतवार ०८:४७

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

२६ जेष्ठ २०८२, आईतवार ०८:४३
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति