Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कला

भ्रष्टाचार, पक्षपात र अत्याचार विरुद्धको सशक्त गीत : ‘नेपाल आमाको पुकार’

By आयो रैबार संवाददाता२० माघ २०७७, मंगलवार १६:०७
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

जनगायक जीवन शर्माको स्वर र संगीतमा नयाँ राष्ट्रिय भावको गीत सार्वजनिक भएको छ –“ नेपाल आमाको पुकार ।” वरिष्ठ पत्रकार गोपाल थपलियाको शब्द रचनामा आएको यो गीत जीवन शर्माको युटुव च्यानलबाट २६ जनवरी २०२१ अर्थात् २०७७ माघ १३ गते सार्वजनिक भएको छ । गीतको संगीत संयोजन नारायण दंगालले गरेका छन् भने भिडियोको सम्पादन तुलसी बास्कोटाले गरेका छन् । गीतले हाम्रो देशका मनोरम प्राकृतिक सम्पदाहरुको वर्णन गर्दै स्वर्ग वास्तवमा यही रहेको प्रष्ट पारेको छ । देशलाई साँचो अर्थमा स्वर्ग जस्तो सुन्दर बनाउन के के गर्नुपर्छ ? गीतले त्यो जुक्ति सिकाएका छ ः
नेपालको माया बोक्ने नेपाली छाती विशाल
न्यायका मूर्ति हाम्रा रक्षक छन् सयौं हिमाल
अत्याचार हटाऊ स्वर्ग यही छ
नेपाल आमाको पुकार यही छ
अत्याचार हटाऊ स्वर्ग यही छ……

हाम्रो देश प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । संसारकै सबैभन्दा अग्लो ८ हजार ८ सय ४८ दशमलव ४६ मिटर अग्लो सगरमाथा हाम्रै देशमा छ । सयौं सुन्दर तालतलैया र झरनाहरु छन् । जडिबुटीहरुको खानी छ । हिमाल, पहाड र तराई तिनै भूगोलहरुको सुन्दर भौगोलिक समिश्रण छ । जलसम्पदामा विश्वको दोस्रो ठूलो देश मानिने हाम्रो देश नेपालमा कला, संस्कृति र सभ्यताका अनुपम खानीहरु छन् । हामीसँग के छैन ? प्रकृतिले सित्तैमा दिएका धेरै चीजहरु छन् । तर भएर के गर्नु ? तिनलाई उपयोग गरेर विकासको लहर फैलाउने कौशलता बोकेको सक्षम शासक देशको अझै पाउन सकेको छैन । प्राकृतिक सुन्दरताले मात्र देश सुन्दर र विकसित बन्न नसक्दो रहेछ । प्राकृतिक र सांस्कृतिक रुपमा सुन्दर समाजमा मान्छे–मान्छेका बीचमा गरिने भेदभाव, विभेद र अन्याय, अत्याचारले समाजको स्वरुपलाई कुरुप पारिरहेको हुँदोरहेछ । देशलाई सुन्दर बनाउने भाषणबाजि धेरैले गर्छन् तर समाजमा जरा गाडेर बसेको विभेदकारी संस्कार र प्रवृत्तिलाई मिल्काउन प्रयास गर्नेहरु भने भेट्न मुस्किल पर्दो रहेछ । त्यस्ता मान्छे भएपनी धेरै सानो संख्यामा रहेका छन् । देशको माटोलाई माया गर्ने विशाल छाती धेरै कमको मात्र हुँदोरहेछ । न्यायका मूर्ति हाम्रा सयौं हिमालहरु त अटल छन् यहाँ, तर मानवीय न्याय र संवेदना दिनदिनै मरेर गैरहेको पतित हुँदैछ यहाँ । जनतालाई सुख र सम्बृद्धिको सपना यहाँ धेरैले बाँडे र सत्तासिन बने । तर जब उनीहरु सत्तामा पुगे तब फेरि उही लुटतन्त्रमा रमाउन थाले । भ्रष्टाचार , डण्डहिनता , अराजकता दिनप्रतिदिन मौलाउदै जान थाल्यो । जनतालाई साँचो अर्थमा सुख र सम्बृद्धिको यात्रामा लैजाने हो भने सबैभन्दा पहिले समाजमा विद्यमान अन्याय र अत्याचारलाई हटाउनु पर्दछ । न्यायप्रणालीलाई सफा , बिश्वसनिय र विभेदयुक्त बनाइनु पर्दछ । अनि मात्र यो देश स्वर्ग जस्तो बन्न सक्नेछ ।
कोही व्यक्ति धनी हुँदैमा यो देश धनी हुँदैन
शोषणको जालो हटे कोही पनि गरिब हुँदैन
भ्रष्टाचार हटाऊ स्वर्ग यही छ
नेपाल आमाको पुकार यही छ
भ्रष्टाचार हटाऊ स्वर्ग यही छ
अन्त कतै छैन त्यो स्वर्ग यही छ…..

हामीकहाँ एउटा उखान छ – ” मरेपछि मात्र स्वर्ग देख्न पाइन्छ ।” तर सत्यता त्यस्तो पटक्कै होइन । स्वर्ग भनेको सुख र समृद्धिले सम्पन्न समाज हो । हामीले राम्रो कर्म गर्दै गयौ भने त्यस्तो समाज यहि लोकमा स्थापित गर्न सकिन्छ । स्वर्ग देख्नकालागी मर्नै पर्छ भन्ने त्यो एउटा भ्रम मात्र हो । यो संसार भन्दा बेग्लै त्यस्तो कुनै छुट्टै ठाउमा स्वर्ग अवस्थित छैन । स्वर्ग जस्तो समाज हामी आफै निर्माण गर्न सक्छौ । त्यसकालागी हामिले बोलिमा मात्र होइन ब्यवहारमै सुबिचार र असल आचरण अपनाउन सक्नु पर्दछ । समाजमा ब्याप्त कुविचार र भ्रष्टाचारलाई प्रत्येक नागरिकको दिल दिमाग बाट ध्वस्त पार्न सक्नु पर्दछ । समाजमा शोषणको जालो कायम रहदा सम्म गरिब र धनी , पिडित र पिडक , शोषक र शासित दुई थरी वर्ग यथावतनै रहन्छ्न । समाज बाट गरिबी हटाउनका निम्ति मुलकुरा शोषणको जालो हटाउन सक्नु पर्दछ । रातदिन पसिना बगाउने श्रमजीवी वर्ग झन पछि झन गरिब हुँदै जाने , एकथोपा पनि पसिना नबगाइकन तिनै श्रमजीवीहरुको पसिना माथी रजाइ गर्दै बसि बसि खानेहरु झन झन धनी हुँदै जाने – अहिले पनि हाम्रो देशको अवस्था यस्तै छ । केही ब्यक्ति मात्र धनी हुदैमा बास्तबमा देश धनी भएको हुदैन । देशका सबै जनता समान त्यो बेला मात्र हुन सक्छ्न जुन बेला श्रमिकले श्रमको उचित मूल्य पाउन सक्छ । जुन बेला समाजलाइ कुरुप पारिरहेको कुसंस्कार ,कुविचार ,बिभेदकारी नीति नियम , काला कानुनहरु र शोषणको जालोलाइ ध्वस्त नपारे सम्म देशका सबै जनता समान हुन सक्ने छैनन । प्रत्येक ब्यक्तिले आफ्नो क्षमता अनुसारको काम गर्ने र आवश्यकता पुर्ती हुनेगरी उसले पारिश्रमिक पाउने थिती देशमा नबस्दा सम्म समाजमा हुनेखाने र हुदा खाने दुइथरी वर्ग कायमनै रहन्छ्न । आफू धनी बन्नकालागी अरुको शोषण गर्ने प्रवृत्ति , नियम कानुन छलेर घुसखोरी र भ्रस्टाचार बाट कालो धन थुपार्ने लोभी प्रवृत्ति , त्यस्ता प्रवृत्ति र सस्कारहरु रहेसम्म समाजले कहिल्यै पनि बिकासको गतिमा फड्को मार्न सक्दैन । हाम्रो देश पछाडी पर्नु र बिकासले गति लिन नसक्नुको अर्को मुलकारण घुसखोरी र भ्रष्ट प्रवृत्तिनै हो । माथी देखि तलसम्म जताततै अनियमितता भ्रष्टाचार ब्याप्त देखिन्छ । नितिहरुको नि मुलनिती राजनैतिक तहनै भ्रस्टाचारको आहालमा चुर्लुम्म डुबेको पाइन्छ । कर्मचारीतन्त्र , प्रशासनिक क्षेत्र ,स्वास्थ क्षेत्र, शैशिक क्षेत्र , कहाँ छैन भ्रष्टाचार ? जताततै ब्याप्त छ । गितले त्यही भाव बोलेको छ – समाजको भित्री तह सम्म जरा गाडेर बसेको भ्रष्ट प्रवृत्तिलाई हटाउन सकियो भने मात्र हाम्रो देश सुन्दर र समुन्नत बन्न सक्नेछ । अनियमितता , भ्रस्टाचार, अत्याचार र भेदभाव हटाउन सकियो भने यहि समाज स्वर्ग सरि बन्न सक्नेछ ।
सत्यको ज्योति बाले झुठ आफै नष्ट हुनेछ
बादल हटेपछि आकाश सफा हुनेछ
अन्याय हटाउ स्वर्ग यहि छ
नेपाल आमाको पुकार यहि छ
शोषण दमन हटाउ स्वर्ग यहि छ
अन्तकतै छैन त्यो स्वर्ग यहि छ ,,,,

यो प्रकृतिको नियम नै हो– हरेक रात पछि सुन्दर विहानीको उदय हुन्छ । झुठलाई निर्मूल पार्नका निम्ती हामीले सत्यको ज्योति बाल्नै पर्दछ । बादलले आकासलाई सधैभरी छोपिरहन सक्दैन । हावा हुण्डरीको बेग सँगै आकासको बादल फार्न बाध्य हुन्छ । बादल हटेपछि आकास सफा र सुन्दर देखिने गर्छ । समाजमा पनि परिवर्तनको त्यही नियम लागु हुन्छ । शोषण, दमन, अन्याय, अत्याचार, भेदभाव र विभेदका काला बादलहरु समाजमा सधैभरी कायम टिकिरहन सम्भव हुँदैन । जब जनतामा चेतनाको जागृति आउँछ र उनीहरुले संघर्षको आँधीबेहरी सिर्जना गर्छन्, तब शोषण दमन र बेथितिका काला बादलहरु फार्न बाध्य हुन्छन् । अँध्यारो औशीको रात पछि हट्न बाध्य हुन्छ र समतामूलक शोषणहिन सामाजिक व्यवस्थाको सुनौलो विहानी उदय हुन पुग्छ । सत्य, न्याय र समानतामा आधारित समुन्नत समाज नै वास्तविक स्वर्ग हो । त्यस्तो समाज निर्माणको दिशा तर्फ हामी अघि बढ्नु पर्दछ । “नेपाल आमाको पुकार” गीतले मूलतः त्यही भाव बोकेको देखिन्छ ।
गीतका शब्दहरुले देश प्रेम र समानताको भाव बोकेका छन् । शोषणरहित समाज निर्माणको महाअभियानमा लागेका प्रत्येक अभियात्रीहरुलाई उर्जा प्रदान गर्ने खालको भाव गीतले समेटेको छ । सबैले प्रष्टसँग बुझ्न सक्ने सरल शब्दहरुलाई कुशलतापुर्वक समायोजन गरेर राष्ट्रिय भावको एक उत्कृष्ट गीत सिर्जना गरेका छन् यहाँ सर्जकले । गीतको शब्दभाव अनुरुप संगीत पनि उस्तै कर्णप्रिय बनेको छ । गीतका शब्द र संगीतको भावलाई पूर्ण न्याय हुने गरी संगीत संयोजन गरिएको छ । जनप्रिय जनगायक जीवन शर्मा स्वयंको स्वरले गीतलाई अझ ओझिलो र सुन्दर बनाएको छ । मुख्य कुरा गीतले जुन भाव बोकेको छ त्यो चेतनामूलक छ । सन्देशमूलक छ । नेपाल आमाको वास्तविक पुकार गीतले बोलेको छ ।
गीतका सर्जक गोपाल थपलिया नेपाली पत्रकारिता जगतमा लामो समयदेखि अमूल्य योगदान पुर्याउँदै आएका एक वरिष्ठ पत्रकार हुन् । जनपक्षीय पत्रकारितामा कलम चलाउँदै आएका सर्जक थपलिया स्वयं लामो समयदेखि विरामी अवस्थामा रहेका छन् । तर उनलाई आफ्नो रोगको पीडा भन्दा पनि देशको पीडाले बढी पोल्ने गरेको यही गीतका शब्द हेर्दा पनि प्रष्ट हुन्छ । यस अघि “नेपाली हामी” र “युवायुवती” बोलका लगायत थुप्रै सन्देशमूलक गीतहरुको सिर्जना उनले गरिसकेका छन् । उनका यस्तै चेतनामूलक नया दश गीतहरु प्रकाशनको सम्मुखमा रहेका छन् । साहित्य सिर्जनामा पनि उत्तिकै अभिरुचि राख्ने वरिष्ठ पत्रकार गोपाल थपलियाले देशको परिस्थिति र राजनेताहरुले बेला बेलामा दिदै आउने गरेको ” गफास्टिक ” अभिव्यक्तिलाई मध्यनजर राख्दै आजभन्दा छ महिना अगाडि अर्थात् २०७७ भदौ महिनातिर यो गीतको रचना गरेका थिए । “नेताहरुले सुख र सम्बृद्धिको नारा निकै फलाक्ने गर्छन् । तर जबसम्म समाजमा अन्याय, अत्याचार, विभेद, भ्रष्टाचार र शोषण कायम रहन्छ तबसम्म देशमा सुख र सम्बृद्धि स्थापित हुन सक्दैन ।”–सर्जक थपलिया भन्छन्–“मैले त निरंकुश पंचायती व्यवस्था र अहिलेको गणतान्त्रिक व्यवस्थामा नेताहरुको प्रवृत्ति र आचारण उस्तै देख्छु । देशबाट पंचायती व्यवस्था गए पनि नेताहरुको दिल दिमाग र व्यवहारमा त्यो पंचायती ढर्रा परिवर्तन भएको देखिदैन ।” उनले राजनेताहरुको त्यही बोली र व्यवहार देखेर आफूले यो गीत लेखेको प्रष्ट पारे । “मुखले सुख समृद्धिको कुरा गरेर भएन , व्यवहारमा, अन्याय, अत्याचार भ्रष्टाचार र विभेद हटाउन पर्यो , अनि मात्र देश स्वर्ग जस्तो बन्ने छ–यो गीतले दिन खोजेको सन्देश त्यही हो ।” गीतको संगीत र स्वरका लागि जीवन शर्मालाई नै किन दिइयो त ? गीत जुन रुपमा प्रकाशित भएको छ त्यसबाट तपाई कत्तिको सन्तुष्ट हुनुहुन्छ ? हाम्रो प्रश्नमा सर्जक थपलिया भन्छन्–“गीत सुन्दा मलाई त एकदम गज्जव लाग्यो । गीतले पाएको संगीत र स्वरबाट म निकै खुशी छु । जीवनजी त जनताको खाँटी मान्छे जनगायक हो नि , त्यही भएर त उहाँलाई दिएको यो गीत ।” उनले आफ्ना आगामी अन्य चेतनामूलक गीतहरुमा पनि जनगायक शर्माले संगीत र स्वर दिनेमा आफू आशावादी रहेको बताए ।
गीतले समानतामूलक समाज निर्माणको यात्रामा हिंडेका यात्रीहरुलाई उर्जा प्रदान गर्ने विश्वास जनगायक जीवन शर्माले व्यक्त गरे । “सांस्कृतिक रुपले सुन्दर समाजमा अन्याय, अत्याचार, पक्षपात, विभेद आदि कहरका सम्भावना हुँदैनन् ।”–गीतका संगीतकार तथा गायक शर्मा भन्छन्–“हामी सत्य न्याय र समानतामा आधारित समुन्नत समाज स्थापनाका लागि झनै दृढताका साथ उचाइतिर लम्कनु जरुरी छ । “नेपाल आमाको पुकार” गीतले मूलत दिन खोजेको सन्देस त्यही हो ।”
जीवन शर्माको नयाँ गीत पाठक स्रोताहरुले खोजिरहेका बेला “नेपाल आमाको पुकार” आएको छ । गीतको भिडियो पनि राम्रो बनेको छ । गितको भिडियोमा देशका प्राकृतिक मनोरम दृष्यहरु समेटिएको छ । मुख्य कुरा गीतले दिन खोजेको सन्देश निकै राम्रो छ । भ्रष्टाचार, पक्षपात, विभेद, शोषण र दमनका विरुद्धको एक सशक्त सृजनाका रुपमा “नेपाल आमाको पुकार” गीतलाई लिन सकिन्छ । गीतले नेपाल आमाको वास्तविक पुकार बोलेको छ । अन्धविश्वास र कुरितीका विरुद्धमा रहेको छ गीत । सभ्य र न्यायपूर्ण समतामूलक समाज निर्माणको महाअभियानमा हिंड्न यो गीतले प्रत्येक नागरिकलाई अभिप्रेरित गर्नेछ भन्ने अपेक्षा राख्न सकिन्छ ।
यस्तो चेतनामूलक गीत सिर्जनाका लागि गायक सर्जक, संगीतकार, संगीत संयोजक, भिडियो सम्पादक लगायत यो गीत निर्माण युनिटका सबै सदस्यहरुलाई हार्दिक धन्यवाद नदिइरहन सकिंदैन । साथै यो गीत सफलताको हार्दिक शुभकामना पनि !
अब सुनौं र हेरौ यो भिडियोमा गित –
“नेपाल आमाको पुकार”……

Author

  • आयो रैबार संवाददाता

    View all posts

समीक्षा
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’

१५ कार्तिक २०८२, शुक्रबार १०:४२

उ घर खोज्दै छ (कथा)

१२ कार्तिक २०८२, मंगलवार १५:३३

नाट्यग्रन्थ लाेकार्पण कार्यक्रममा चार स्रष्टा सम्मानित

३० आश्विन २०८२, बिहीबार १४:०६
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति