Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कला

अमेरिका पुगेर आमा बन्ने नायिका

By आयो रैबार संवाददाता२५ मंसिर २०८०, सोमबार ०२:१६
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडाैं।अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापा अहिले चर्चामा छिन्। सन्तान जन्माउने योजनासहित रेखा अमेरिका पुगिसकेकी छिन्। सात महिनाकी गर्भवती रेखाका साथमा गएका छन् श्रीमान् बलराम शाही पनि।

रेखा अमेरिका उडेको खबरसँगै यतिखेर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ। राष्ट्रवादका कुरा गर्ने नेतृ अमेरिकामा बच्चा जन्माउन लागेको भन्दै उनको आलोचना भइरहेको छ। यसअघिको चुनावमा रेखा प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिइन्।

हुन त रेखाले आफ्नो परिवार उतै भएकाले अमेरिकामा बच्चा जन्माउन लागेको बताइसकेकी छिन्। तर, धेरैले उतैको नागरिक बनाउन अमेरिकामा पुगेर सन्तानलाई जन्म दिन लागेको आरोप लगाइरहेका छन्।

अमेरिकामा जन्मिएको व्यक्ति त्यहाँको नागरिक हुने व्यवस्था छ। त्यसैले पनि अमेरिका पुगेर बच्चा जन्माउने प्रचलन बढेको हुनसक्छ।

नेपाली सिनेक्षेत्रमा विदेश गएर बच्चा जन्माउन लागेको पनि यो पहिलो घटना होइन। यसअघि पनि केही अभिनेत्री र गायिकाले अमेरिकामा गएर बच्चालाई जन्म दिइसकेका छन्। कोही नेपाल फर्केका छन् भने कोही अमेरिकामै बसिरहेका छन्।

यसअघि अभिनेत्री निशा अधिकारीले पनि अमेरिका सन्तान जन्माएकी थिइन्। २०७४ को असारमा क्रिकेटर शरद भेषावकरसँग बिहे गरेकी उनी आमा बन्ने भएपछि अमेरिकाका उडेकी थिइन्। पाँच वर्षअघि अमेरिकामा छोरो यूभानलाई जन्म दिएकी निशा नेपाल फर्किसकेकी छिन्। प्रेमविवाह गरेकी निशाको श्रीमान् शरदसँग डिभोर्स समेत भइसकेको छ।

‘पर्खी बसेँ’ फिल्मबाट डेब्यु गरेकी अभिनेत्री युना उप्रेतीले पनि अमेरिकामै सन्तान जन्माएकी थिइन्। अमेरिकामा बस्दै आएका विकास अधिकारीसँग बिहे गरेसँगै उनी नेपाली सिनेक्षेत्रबाट टाढा भइन्। र, अमेरिकानै उडिन्। पाँच वर्षअघि छोरीलाई जन्म दिएकी युना हाल अमेरिकामै बस्दै आएकी छिन्।

गायिका निशा सुनारले पनि आफ्नो सन्तानलाई अमेरिकामा जन्म दिएकी हुन्। नेपाली संगीत क्षेत्रका चर्चित मोडल तथा निर्देशक शंकर बिसीसँग बिहे गरेपछि निशा बच्चा जन्माउन अमेरिका पुगेकी थिइन्। पहिलो सन्तानको रुपमा छोरी पाएकी निशा हाल अमेरिकामै बसेकी छन्। शंकर भने श्रीमती र छोरीलाई भेट्न बेलाबेला अमेरिका पुग्छन्। हाल शंकर पनि अमेरिकामै छन्।

चर्चित अभिनेत्री जल शाहले पनि अमेरिकामा सन्तानलाई जन्म दिएकी थिइन्। ठूलदाइ, ‘बुहारी, आशीर्वाद, नेपाली बाबु, शंकर लगायतका हिट फिल्म दिइसकेकी उनले एनआरएन शरदकुमार रिमालसँग लगनगाँठो कसिन्। त्यसपछि जल अभिनय छाडेर अमेरिका उडेकी थिइन्। जहाँ उनले पहिलो सन्तानको रुपमा छोरी कलशलाई जन्म दिएकी थिइन्। उनकी छोरी कलश हाल १७ वर्षकी भइसकेकी छिन्। अमेरिकामै घर भएकी जल बेलाबेला नेपाल आउने गर्छिन्।

वि.सं २०६६ मंसिरमा अभिनेत्री ऋचा घिमिरे र निर्देशक शंकर घिमिरे वैवाहिक बन्धनमा बाँधिए। बिहेपछि ऋचाले ‘ब्रेकफेल’ र ‘तुलसी’ अभिनयसँगै लगानी समेत गरिन्। तर, ब्रेकफेल फ्लप हुँदा तुलसी नेपालमा प्रदर्शन हुन सकेन। त्यसपछि उनी श्रीमान् र छोरासहित क्यानडा हुँदै अमेरिका पसिन्। ऋचाले अमेरिकामा एक छोरा र एक छोरीलाई जन्म दिइन्। हाल ऋचा र शंकर तीन सन्तानका साथमा अमेरिकामै बसिरहेका छन्।

त्यसैगरी अभिनेत्री सांरगा श्रेष्ठले पनि अमेरिकामै बच्चालाई जन्म दिएकी थिइन्। ‘सुनचाँदी’, ‘अग्निपरीक्षा’, ‘सिन्दुर पोते’, ‘यो मायाको संसार’ लगायतका फिल्ममा अभिनय गरिसकेकी उनी अब्बल डान्सर समेत हुन्।

‘ए संगीता’ र ‘लौ लौ आयो लिलीलाई देखेर’ गीतमा कम्मर मर्काइसकेकी सांरगा राम्रो अवसरको खोजीमा अमेरिका पुगिन्। त्यतै घरजम गरेकी सांरगाले अमेरिकामा १० वर्षअघि छोरी जन्माएकी थिइन्। बेलाबखत नेपाल आउने उनी अमेरिकामा नै बसोबास गर्दै आएकी छिन्।

(नेपालखबर)

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’

१५ कार्तिक २०८२, शुक्रबार १०:४२

उ घर खोज्दै छ (कथा)

१२ कार्तिक २०८२, मंगलवार १५:३३

नाट्यग्रन्थ लाेकार्पण कार्यक्रममा चार स्रष्टा सम्मानित

३० आश्विन २०८२, बिहीबार १४:०६
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति