काठमाडौं । अभिनेत्री रेखा थापाले ‘बेबी बम्प’का तस्वीरहरू सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जालमा मंगलबार तस्वीरहरू सार्वजनिक गरेकी हुन् । काठमाडौंबाट बुधबार राती अमेरिकातर्फ उड्नुअघि रेखा र बलरामले ‘प्रेगनेन्सी फोटोसुट’ पनि गरेका थिए ।अमेरिकामा सन्तान जन्माउने योजनासहित अभिनेत्री रेखा थापा पति बलराम शाहीसहित उनी शुक्रबार अमेरिका पुगिसकेकी छिन् ।











